Posts

कांग्रेस इतर : राष्ट्रिय भेला वा शक्ति प्रदर्शन

नेपाली कांग्रेस नेतृत्वको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको २०८३  वैशाख ४ को फैसला ले सभापति गगन थापा नेतृत्व लाई आधिकारिकता प्रदान गरि नै सक्यो।तथापि निवर्तमान सभापति देउवा पक्षधर कांग्रेस इतर ले पुनरावलोकन को लागि दिएको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकन को ढोका खोली दिएको मात्र हो।किनकी सर्वोच्चले आफ्नो पूर्व फैसला बदर गरेको, पुनरावलोकन बाट  फैसला नहुञ्जेल सम्म पूर्व फैसला कार्यान्वयन नहुने भनेको छैन्।याने गगन नेतृत्व को कांग्रेस नै आधिकारिक हो। कांग्रेस पूर्व महामन्त्री शशांक कोइराला को संयोजकत्वमा साउन २९ देखि ३१ सम्म सम्पन्न कांग्रेस इतर को तीन दिने राष्ट्रिय भेला ( सम्मेलन ) multi targeted  थियो।किनकी त्यो भेला असन्तुष्ट पक्षधर हरूको पार्टीगत शक्ति प्रदर्शन त थियो नै अझै महत्वपूर्ण कुरा त्यो भेला देउवाको सुरक्षित नेपाल प्रवेश को लागि गरिएको रणनीतिक शक्ति प्रदर्शन पनि थियो।धेरै दिन पहिले देखिन् देउवा नेपाल आउने ,एयरपोर्ट बाट नै दलबल लावालस्कर बाजागाजा जुलुस सहित भब्य स्वागत गर्ने ,राष्ट्रिय भेलामा प्रमुख आतिथ्य ग्रहण गर्ने व्या...

कांग्रेस : मरता क्या न करता

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र जनताको मौलिक अधिकार याने प्रजातान्त्रिक समाजवाद को प्रवर्तक, प्रवर्धक रक्षक नेपाली कांग्रेस आज पार्टी भित्र नेतृत्वको आधिकारिकता र हकदाबी मुद्दा मा अल्झिएको छ।अन्त्यहीन आन्तरिक खिचातानी को कारण कांग्रेस सरेआम बदचर्चा  को बिषय बनेको छ।आमसमर्थक गदगद होईन् हैरान छन्। संगठन आफै भाँडिदैन।संगठन भित्रका हरूको कारण भाँडिन्छ।बाँडिन्छ।छिन्नभिन्न हुन्छ।निन्दित हुन्छ।तिरष्कृत हुन्छ।र अन्ततः अस्तित्व को लागि भौँतारिन्छ। संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा निर्णयार्थ परस्पर मतभेद हुनु, विवाद हुनु स्वाभाविक हो।तर त्यसको पनि सिमा हुन्छ।सीमाको हेक्का राख्न जरूरी छ।अन्यथा संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा आफुहरूले नै निर्णय गर्नु पर्नेमा  अड्डा अदालत गुहार्नु पर्ने हुन्छ।अहिले नेपाली कांग्रेस जस्तो भद्र पार्टी को हालत त्यस्तै छ। नेपाली कांग्रेसमा वि पी कोइराला जस्तो केरिसमेटिक लिडर छैन्।वि पी को अनुयायीहरू हुनुहुन्छ।विचार सिद्धान्त उद्देश्य एउटै भएपनि way of action ,level of performance and behavior फरक फरक हुन्छ।त्यस...

सामाजिक सदभाव र राष्ट्रिय एकता

विविधता मा एकता हाम्रो विशेषता हो।सहअस्तित्व,सहिष्णुता,आत्मीयता, संयमता र लोक कल्याण हाम्रो मान्यता हो ।बाँच र बाँच्न देउ हाम्रो मूल मन्त्र हो। हाम्रो भूगोल सानो छ तापनि अनेकता मा एकता,सहअस्तित्व,सहिष्णुता , आत्मीयता, संयमता र लोक कल्याण, बाँच र बाँच्न देउ यी हाम्रो विशेषता, मान्यता र मूल मन्त्र को करण हाम्रो देश शान्त छ। सुन्दर छ।र प्राकृतिक सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत मूल्य मान्यता र आचार व्यवहार को दृष्टि ले विशाल पनि छ।हाम्रो शान्त, सुन्दर र विशालता लाई खण्डित पार्न क्षेत्रको नाम मा ,धर्मको नाम मा ,भाषा जातजाति पहिचानको  नाम मा राजनीतिक स्वार्थ पुरा गर्न बेलाबखत ताण्डव हुने, जनधन को क्षति हुने गरेको छ। ९० + प्रतिशत जनताको आस्था, विश्वास, धर्म, संस्कृति, परम्परा र भावना   लाई कुल्चदै स्वतन्त्रता को निहुँ मा केही ले गाई काटेर खान पाउनु पर्ने , गाई लाई राष्ट्रीय जनावरबाट हटाउनु पर्ने भन्दै उद्दण्ड अराजक गतिविधि गर्ने र त्यस्ता लाई मन्दिर प्रवेश गर्न नदिएको मा झनै छाडा ढङ्गमा प्रस्तुत भईरहेको अवस्था छ। साउन १० गते आइतवार सुनसरी देवानगञ्ज स्थित कप्तानगञ्जमा दुई समूह...

राजनीति- सिद्धान्तले वा सिद्धान्तको लागि

राजनीति सिद्धान्तले हुन्छ वा सिद्धान्तको लागि गरिन्छ।यी दुई भिन्न बिषयहरू हुन्।फरक सन्दर्भमा प्रयोग हुव्छ।तथापि यो अत्यन्त पेचिलो एवं संवेदनशील सवाल हो।बहुदलीय शासन पद्धतिमा यो सवाल सुरूवात मै उत्तरित हुनु पर्दछ।यदि यो प्रश्न अनुत्तरित रह्यो भने स्वार्थपूर्ण दलीय राजनीति मा देश जाकिन्छ।विद्वेष को अवस्था उत्पन्न हुन्छ।किनकी दलहरू सत्तामा पुगे पछी अन्ततोगत्वा आफ्नो दलीय चिन्तन र विकास को मोडल लाई प्राथमिकता दिन थाल्दछन्।हामीले दलीय स्वार्थको , दलीय भागवन्डा , गठबन्धनको राजनीति भोग्यौं।अवस्था बदलि सक्यो तापनि अझै विग्रहको अवस्था क्रमशः पैदा हुदै गरेको देख्दै छौ। नि:सन्देह राजनीति सिद्धान्तले हुनु पर्दछ।शासन सिद्धान्तले चल्नु पर्दछ।विकासको , परिवर्तन को , सु शासन को , पद्धति को , संविधान को ,कानुनको आ-आफ्नो सिद्धान्त हुन्छ।त्यसैमा अक्षरश: टेकेर शासन चल्नु पर्दछ ।त्यतिखेर मात्र पूर्णतः विधिको शासन कायम हुन्छ।सुशासन हुन्छ।सर्वत्र आवश्यकता बमोजिमको स्केलमा विकास हुन्छ परिवर्तन साकार हुन्छ।वर्तमान सरकार त्यस तर्फ अग्रसर छ। विगत लामो समय देखिन् सिद्धान्त को लागि दलीय राजनीति निरन्तर चलि नै रह्य...

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटनमा गगन

सामान्यतः भन्ने गरिन्छ बोल्न पाउनु नै प्रजातन्त्र हो। तर वास्तवमा बोल्न पाउनु मात्र प्रजातन्त्र होईन्।धीरता साथ श्रवण गर्नु , बुझनु , अध्ययन, विश्लेषण र मनन गर्नु त्यसपछी आफ्नो कुरो बोल्नु त्यो हो प्रजातन्त्र ।साथै त्यस अनुरूप अनवरत आचरण गर्नु प्रजातान्त्रिक संस्कार हो।त्यस बाट गलत बुझाई र गलत व्याख्यानको सम्भावना न्यून हुदै सकारात्मकता र सृजनात्मकता निरन्तर बढ्दै जान्छ। प्रजातन्त्रमा इतिहास मेटाइदैन्। ऐतिहासिक धरोहरहरू भत्काइदैन्। इतिहासको स्मरण गरिन्छ, सम्मान गरिन्छ र आवश्यक परेको बखत मार्गदर्शन को रूपमा प्रयोग गरिन्छ।ऐतिहासिक धरोहरहरू को संरक्षण संवर्धन गरिन्छ। प्रजातन्त्रको लागि विभिन्न कालखण्डमा विभिन्न दलहरू बाट गरिएको जनान्दोलन, क्रान्ति र आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरू लाई दलगत रूपमा वर्गीकरण गरिदैन्।ती सम्पूर्ण आन्दोलन क्रान्ति र सहिदहरू लाई देशको इतिहासमा अङ्कित गरिन्छ।सहिदहरूको कुर्बानी कै कारण  आज हामी प्रतिस्पर्धात्मक बहुदलीय प्रजातान्त्रिक पद्धति प्रजातान्त्रिक गणतन्त्रको निर्धक्क उपयोग गरिरहेका छौ।त्यसैले इतिहास र सहिदहरूको स्मरण गर्नु सम्मान गर्नु सबैको दायित्व हो...

संसदमा प्रधानमन्त्रीको जबाफ

 आफैँले समय मागेर अकस्मात् जेठ १७ गते संसद पुगेका प्रधानमन्त्री बालेन्द्रले  नेपाल भारत सीमा अतिक्रमण सम्बन्धी श्रम संस्कृति पार्टीको सांसदले सोधेको प्रश्नमा दिएको जबाफ विरूद्ध विपक्षी दलका सांसदहरू एकाएक बारूद झै पट्किन थाले।संसदमा उपस्थित भएर माफी माग्नु पर्ने ,राजीनामा दिनु पर्ने भन्दै प्रधानमन्त्री माथि देशद्रोही को आरोप पनि लगाऐ।स्मरण रहोस संसदीय पद्धतिमा आवेशको स्थान हुदैन्।संयमता, भद्रता ,विवेकी संवाद र समालोचनाको ठुलो महत्व हुन्छ।त्यसैले कम्तीमा पनि सत्तापक्ष र विपक्षी सांसदहरूको एउटा समिति बनाएर संवाद द्वारा अगाडि बढ्नु पर्ने हो। प्रधानमन्त्रीको जवाफमा त्यस्तो के रहे छ जसको कारण सांसदहरू  विरोधमा उत्रिय।प्रधानमन्त्रीले आफ्नो जबाफमा प्रयोग गरेको शब्द , वाक्य र वाक्यहरूको सिक्वेन्स लाई केलाएर सुनौ ।उहाँले भन्नु भयो " तपाईहरू लाई एउटा कुरा अचम्म लाग्छ होला।मैले पनि अस्ति प्रधानमन्त्री भए पछी थाहा पाऐ।भारतले नेपालको जग्गा मात्र होईन् नेपालले पनि भारतको जग्गा धेरै ठाँउमा मिचेको रहेछ।यो कुरा अस्ति भर्खरै थाहा भयो।प्रधानमन्त्रीले  जसरी जुन ढङ्गमा जवाफ दिनु भयो त्यस...

विधायिका विधायक र सुशासन

सुशासन को जग बसाउनु सहज छैन्। देश अहिले सुशासनको जग बसाल्न सङ्क्रमण कालको चरणमा छ।परिवर्तनको लागि नयाँ पिँढीहरू विभिन्न दलको नामले निर्वाचित भई संसदमा पुगेका छन्।परिवर्तनकारी नयाँ सोच भिजन जोशजाँगर र उत्साही नवनिर्वाचित युवा जनप्रतिनिधिहरूले संसद भरीएको छ।आशातीत युगान्तकारी परिवर्तन हुनेमा जनता उत्साहित छन्। नवनिर्वाचित सांसदहरूमा संसदीय पद्धति को सैद्धान्तिक ज्ञान अवश्य हुन सक्छ तैपनि अधिकांशमा अनुभवको कमी प्रष्ट देखिन्छ।विपक्षी वेञ्चमा रहदाको वखत के कसरी प्रस्तुत हुने आधारभूत मान्यता मर्यादा र आचरण विपक्षी वेञ्चमा रहेका नव निर्वाचित दलका नेताहरूमा पटक्कै  देखिएन्।संसदमा अनपेक्षित क्रियाकलाप को वर्चस्व रह्यो। संसद विधायिका नभएर माईतीघर मण्डला जस्तो देखियो।विधेयक पारित गर्ने थलो होईन् उक्साहत कै भरमा दिनहुँ रोष्टम घेराउ नाराबाजी र छातीमा पोस्टर टाँसी पुरानो शैलीमा उफ्रिने थलो बनेको छ।विपक्षी वेञ्चमा बस्नु भनेको सरकारले आँ उ जेगरे पनि विरोध गर्नु विपक्षीको राजनीतिक धर्म, कर्म ठान्ने सोच र प्रवृत्ति हावी रह्यो।त्यो भनेको नवविकृति हो।भड्किरहने मन माथी बुद्धिको लगाम खुकुलो हुनु प्रायश:...

नेपाली कांग्रेस: महाधिवेशन/ नेतृत्व परिवर्तन

अन्ततः नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचन अघि पुष २६-२८ गते नियमित महाधिवेशन गर्ने स्वागत योग्य निर्णय गर्यो।कुनैपनि बिषयमा  निर्णय गर्नु पर्दा आयोजित बैठक मन्थनमा केन्द्रित रहनु पर्दछ नकि विवादमा।किनकी मन्थन बाट  क्रियाशीलता बढ्छ।एकता मजबुत हुन्छ।तर विवादले भित्र भित्रै  कुहाउछ , र lobby गुट लाई सशक्त बनाउछ।जुन पार्टी  एकता र मजबुतीको लागि स्लो पोईजन हो। वास्तवमा वर्तमान राष्ट्रीय राजनीतिको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि वा पछी पार्टीको महाधिवेशन गर्ने निर्णय गर्नु अत्यन्त महत्वपूर्ण एवं संवेदनशील बिषय हो।त्यस बिषयमा गहन मन्थन हुनु पर्थ्यो तर केन्द्रीय समितिको बैठक मन्थनमा भन्दा पनि विवादमा केन्द्रित रह्यो।त्यसैले बैठक निकै लम्बियो। बैठकमा पार्टीको हित भन्दा पनि lobbyको हित हाबी रह्यो।दिग्गज  नेताहरू मार्ग दर्शकको होईन् lobbyist को भूमिकामा सक्रिय देखियो।भनौ वहाँहरूमा एक किसिमको sense of self importance , an attitude of being better than others, superior complex प्रशस्त देखियो। नियमित महाधिवेशन मात्र होईन् ५४% को हस्ताक्षरले मांग...

नेपाली कांग्रेस संस्थापन पक्ष VS विषेश महाधिवेशन

अन्ततः नेपाली कांग्रेस संस्थापन पक्षको मिचाइमा केन्द्रीय कार्य सम्पादन समितिले एकतर्फि ढङ्गमा महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्लाहलाई साधारण सदस्य समेत नरहने गरी ५ बर्षको लागि पार्टी बाट निष्कासन गरेर पार्टी लाई विभाजनको सङ्घारमा पुर्यायो। यो संस्थापन पक्षको गर्व र बहादुरी होईन् विवाद लाई प्रजातान्त्रिक मूल्य मान्यता र प्रक्रियागत रूपमा समय सापेक्ष टुङ्गोमा पुर्याउन नसक्ने कमजोरी हो।यो निर्णय बाट संस्थापन पक्षधरहरू मध्ये केही शिर्ष नेताहरूलाई व्यक्तिगत लाभ नै छ तर सिङ्गो पार्टी र समस्त कांग्रेसी जनहरूको निष्ठा, भावना, चाहना र हित विरूद्ध छ।लगभग २३ बर्ष अगि २०५९ सालमा नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को सभापति शेर बहादुर देउवा नै हुनुहुन्थ्यो।त्यस्कारण पार्टी लाई फुटको किनारमा पुर्याउनु फुटाउनु उहाँको लागि सामान्य हो। महामन्त्री द्वयले बारम्बार भन्दै आएका थिए कि विशेष महाधिवेशन सत्तामा पुग्न पार्टी तोड्न होईन् पार्टीको समय सापेक्ष प्रबलीकरण र एकता को लागि हो।स्पष्ट छ निष्काशनको निर्णय कारवाही होईन् विभाजनको रणनीतिक चाल हो। स्मरण रहोस कि महामन्त्री द्वय...

फागुन २१ निर्वाचन ~ बदलाव नै एकल एजेण्डा

समय सापेक्ष बदलाव नै फागुन २१ मा हुने निर्वाचनको एकल एजेण्डा हो।सोचमा मात्र परिवर्तन भएर हुदैन्।नियतमा बदलाव अपरिहार्य छ।विगतमा पटक पटक सरकारमा बसेर जनता हाँकेका ठुला दलका नेताहरूको अभिव्यक्ति सुन्दा , जारी दस्तावेजहरू पढ्दा तिनीहरूको सोच निकै innovative  उन्नतशील लाग्थ्यो।तर त्यसको विपरीत हकिकतमा तिनीहरूको नियत अत्यन्त स्वार्थपरक , शोषणकारी ,झोले पोषणमुखी रह्ययो।परिणाम देश भ्रष्टाचार र दु:शासनको दहमा चुर्लुम्म डुब्यो।त्यसैको विस्फोट थियो भदौ २३ को आन्दोलन । जतिपनि नवीन दलहरू छन् ती सबैले परिवर्तन को एजेण्डा लाई केन्द्रबिन्दु मा राखेर जनता माझ पुगिरहेका छन्।विगतमा राज्यको हरेक क्षेत्रमा आफ्नो पहुँच राख्न सफल ठुला दलहरू र तिनीहरूको पुच्छर समाउदै भ्रष्टाचारको वैतरणीमा पौडीदै आएका अन्य केही दलहरूको शुद्धीकरण अति नै आवश्यक छ। Self correction आत्म सुधार प्रजातन्त्र ,सुशासन र लोक कल्याणकारी राज्य व्यवस्थाको मुख्य आधार हो।तसर्थ सोचमा परिवर्तन, नियतमा परिवर्तन, आत्म सुधार र राज्य संयन्त्रको कार्यशैली मा परिवर्तन समग्रमा समयसापेक्ष बदलाव नै अहिलेको आवश्यकता हो।  पुस्तान्तरण र परिवर्तनक...

फगुन २१ को निर्वाचन ~ राजनीतिक सुनामी

विगतमा बेला बेला सत्तामा सहभागी रास्वपा बाहेक ठुला दलहरू लगाएत अन्य दलहरूको लागि फागुन २१को निर्वाचन राजनीतिक सुनामी साबित भयो।त्यो सुनामी एकाएक उर्लिएको होईन्।भ्रष्टाचार नातावाद कृपावाद र कुशासन विरूद्ध मुलुकको राजनीतिमा बर्षौ देखि भित्र भित्र कम्पन चलिनै रहेको थियो।त्यसैको नतिजा थियो फागुन २१को निर्वाचन परिणाम ।त्यो परिणामले  रास्वपा लाई दुई तिहाई को नजिक पुर्यायो र अन्य सबै दलहरू भनौ sweep out बढारियो। नेपाली कांग्रेस सभापति र एमाले अध्यक्ष द्वयले पराजय व्यहोर्नु पर्यो।२०७४ मा चितवन-३ बाट ४८२७६ मत र २०७९ मा गोरखा-२ बाट२६१०९ मत प्राप्त गरि विजयी भएका तत्कालीन नेकपा माओवादी ( केन्द्र ) को अध्यक्ष र अहिले नवगठित नेपाली कम्युनिष्ट पार्टी संयोजक दाहाल फागुन २१ २०८२ को निर्वाचनमा रूकुम पुर्व १ बाट १०२४० मत प्राप्त गरि विजयी हुनु भयो।निर्वाचनमा विजयी भएतापनि प्राप्त मतको आँकडा बाट मुलुकको वर्तमान राजनीतिमा दाहालको   political hold र status के कस्तो छ स्पष्ट हुन्छ। विगतमा राष्ट्रीय स्वतन्त्र पार्टी सत्ता सहभागी भएतापनि भ्रष्टाचार,नातावाद कृपावाद र कुशासन विरुद्धको आफ्नो अभियान लाई ...

प्रजातन्त्रमा टू वे ट्राफिक

स्मरण रहोस् अरूले आफ्नो मात्र कुरा सुन्नु पर्ने ,आफु लाई मात्र मान्नु पर्ने र आफु एकमात्र  हो " एको अहं "  सोच  छद्मभेषी प्रजातन्त्र हो।" किनकी अहिले प्रजातन्त्र एउटा टोपी जस्तै भएको छ जसले आफ्नो आकार गुमाएको छ किनकी प्रजातन्त्रको टोपी सबैले लगाउँछन् ।" स्वतन्त्रता, लोकहित, संयमता , समानता , अवसर र समभाव प्रजातन्त्रको मूलभूत मान्यता हो । प्रजातन्त्र भनेको two way traffic हो।त्यो नै प्रजातन्त्रको आधारशिला हो।त्यो भत्कियो भने प्रजातन्त्र खण्डहरमा परिणत हुन्छ।जस्तो कि भदौ २३ को कलिलो जन हत्याले प्रजातन्त्र रक्तरञ्जित भयो श्मशान बन्यो।त्यसैको परिणाम थियो भदौ २४ को घटना। प्रजातन्त्रमा लोककल्याण को राजनीति हुन्छ | हत्या हिंसा , प्रतिशोध र धम्काइको राजनीति मान्य हुदैन्।त्यसैले देश र जनताको  सर्वतोन्मुखी हित कल्याण एवं स्वाभिमान को खातिर एक ले अरूको पनि अस्तित्व एवं हैसियत स्वीकार्नु पर्दछ।मान्यता दिनु पर्दछ।कुरा सुन्नु पर्दछ र काम गरेर देखाउन  अवसर पनि दिनु पर्दछ।त्यो नै हो वास्तविक प्रजातन्त्र । सुशासन, लोककल्याण ,शुन्य भ्रष्टाचार, शुन्य नातावाद कृपावाद  र परिवर्...

जनता वर्तमानमा केन्द्रित छन

देश अहिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ।सबै भन्दा ठुलो दल नेपाली कांग्रेस लगाएत अन्य दलहरू चुनावी माहोल सृजना गर्ने चरणमा छन्।रास्वपा उम्मेदवारहरूको पहिचान र तिनीहरुको पक्षमा जनलहर पैदा गर्न त्यो दलको बहुचर्चित नेता चुनावी देश दौडाहामा व्यस्त छन्। राष्ट्रीय राजनीतिको एउटा प्रमुख दल नेकपा एमालेको अध्यक्ष जेन जी आन्दोलन ताका को प्रधानमन्त्री ओली अझै पनि आगो उकेल्दै हुनुहुन्छ।स्थिति निर्वाचन अनुकूल नरहेको बताउदै हुनुहुन्छ। ओलीको उक्त भनाई लाई जनताले वर्तमान माहोल उहाँको फेवरमा नरहेको संकेतको रूपमा अर्थ्याइ रहेका छन्। जेन जी आन्दोलनको कट्टर विरोधी ओली अहिले सामाजिक सञ्जाल मार्फत जेन जीहरू प्रति सद्भाव र सहानुभूति प्रकट गर्दै हुनुहुन्छ।जनताले बुझेका छन् कि त्यो गोहीको आँसु जस्तै हो। देश कसैले जलाएको छैन्।हरेक आन्दोलनमा घुसपैठ त हुन्छ नै।त्यसलाई रोक्नु नियन्त्रणमा लिनु तत्कालीन सरकारको चुनौतिपूर्ण दायित्व हो।त्यो दायित्व प्रभावकारी ढङ्गमा बहन गर्न नसक्नु नै घुसपैठीहरू सशक्त हुनु हो।घुसपैठीहरू छद्मभेषमा जो पनि हुन सक्छ। फागुन २१ मा हुने निर्वाचन भ्रष्टाचार विरूद्...

विरोधको भुलैयामा जेन जी

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन मिति जति जति नजिकिदै छ त्यसै गरी राजनीतिक दलहरूको आन्तरिक गतिविधि र  मुलुकको राजनीतिमा रणनीतिक चालको गति एवं स्वभाव तीव्र तथा पेचिलो बन्दै गएको छ।एमाले निर्वाचन तिर लम्कन थाल्दै छ।तैपनि अझै संसद पुनर्स्थापनाको ताकमा छ।नेपाली कांग्रेस निर्वाचनमा जाने निधो छ तापनि  संस्थापन पक्षले संसद पुनर्स्थापनाको ढोका खुला राखि रहेको छ। निर्वाचन र संसद पुनर्स्थापनाको सन्दर्भमा एमाले र कांग्रेस " ताक परे तिवारी नत्र गोतामे " को रणनीतिमा छ।कांग्रेस अहिले आन्तरिक गडबडीमा फसेको छ।एमाले पहिलेको दाँजोमा अहिले मौन साधेको छ।भित्र भित्र निर्वाचनको तयारीमा जुटेको छ।अतः ती दुई ठुला दलहरूले यसै गर्छन् भन्ने निधो र विश्वास छैन्।त्यसैले पनि देश अनिश्चितता को सङ्घारमा पुगेको छ वर्तमान राष्ट्रीय राजनीतिको परिप्रेक्षमा केही जेन जीहरू पथ भ्रमित छन्।विरोधको घनचक्करमा फसेका छन्।वर्तमान सरकार जेन जी मूभमेन्ट कै उपज जनताको सरकार हो भन्ने सर्वविदित यथार्थ प्रति गम्भिर छैनन्। , वर्तमान सरकारको साथै फागुन २१ मा हुने निर्वाचनको फाट्टफुट्ट विरोध प्रदर्शन गरिरहेका छन्।सरकार विरू...

जेन जी आन्दोलन- एउटा अभियान

 अन्तस्करण बाट नै हेक्का राख्न जरूरी छ कि जेन जी आन्दोलन विध्वंस थिएन होइन्।त्यो भ्रष्टाचार, नातावाद कृपावाद विरूद्ध सुशासनको लागि थालिएको एउटा अभियान हो।भदौ २३ को आन्दोलन जेन जी अभियानको प्रथम चरणको शान्तिपूर्ण सडक प्रदर्शन मात्र थियो। जस्लाई तत्कालीन सरकार प्रमुखको सनक र दम्भले हिंसक बनायो।जेन जी अभियान ठप्प भईसकेको छैन्।अझै जारी छ।त्यसैले देश ठप्प पार्ने , सरकार ढाल्ने उदघोष गर्नु सर्वथा राजनीतिक सनकीपन हो।यस्तो सनकले विश्राम लिनु नै पर्दछ।तर एमाले त्यो अवस्था बाट अघि बढिसकेको छ।यस्तो सनक बाट जनता मूलतः नेपाली कांग्रेस लगाएत अन्य राजनीतिक दलहरू सजग रहन जरूरी छ। एमाले माथी छोए मात्र देश ठप्प हुनु पर्दछ, सरकार ढालिने छ । अध्यक्ष ओलीको यस्तो हुङ्कार डरले अत्तालिएको भयभीत विरामी मनःस्थितिको उपज हो। किनकी एमाले लाई छुने कसैको लागि आवश्यक छैन्।तर भदौ २३ गतेको जेन जी आन्दोलनमा १९ युवाहरूको गोली हानि हत्या गर्ने तत्कालीन सरकार प्रमुख एमाले अध्यक्ष ओली लाई ढिलो चाडो हरहालतमा छुन अतिनै आवश्यक छ।तत्कालीन गृहमन्त्रीले त्यसै दिन राजीनामा दिएर नैतिक जिम्मेवारी  प्रदर्शन गर्यो।छानबिन आयोग...

नेपाली कांग्रेस: महाधिवेशन/ नेतृत्व परिवर्तन

अन्ततः नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचन अघि पुष २६-२८ गते नियमित महाधिवेशन गर्ने स्वागत योग्य निर्णय गर्यो।कुनैपनि बिषयमा निर्णय गर्नु पर्दा आयोजित बैठक मन्थनमा केन्द्रित रहनु पर्दछ नकि विवादमा।किनकी मन्थन बाट क्रियाशीलता बढ्छ।एकता मजबुत हुन्छ।तर विवादले भित्र भित्रै  कुहाउछ , र lobby गुट लाई सशक्त बनाउछ।जुन पार्टीको एकता र मजबुतीको लागि स्लो पोईजन हो। वास्तवमा वर्तमान राष्ट्रीय राजनीतिको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि वा पछी पार्टीको महाधिवेशन गर्ने निर्णय गर्नु अत्यन्त महत्वपूर्ण एवं संवेदनशील बिषय हो।त्यस बिषयमा गहन मन्थन हुनु पर्थ्यो तर केन्द्रीय समितिको बैठक मन्थनमा भन्दा पनि विवादमा केन्द्रित रह्यो।त्यसैले बैठक निकै लम्बियो। बैठकमा पार्टीको हित भन्दा पनि lobbyको हित हाबी रह्यो।दिग्गज  नेताहरू मार्ग दर्शकको होईन् lobbyist को भूमिकामा सक्रिय देखियो।भनौ वहाँहरूमा एक किसिमको sense of self importance , an attitude of being better than others, superior complex प्रशस्त देखियो। नियमित महाधिवेशन मात्र होईन् ५४% को हस्ताक्षरले मांग गरेको विशेष महा...

पुस्तान्तरण : नेतृत्वको अवसर

सत्ता र पार्टी राजनीतिमा पुस्तान्तरणको बिषय उठाउदा फरक मत राख्नेहरूले भन्ने गर्दछन् कि सत्ता र पार्टी हाँक्न उमेर होईन् भिजन चाहिन्छ।कुरो सहि हो तथापि शारीरिक र मानसिक तन्दुरुस्तीले पनि माने राख्दछ।त्यसलाई पूर्णत: नकार्न कदाचित् मिल्दैन्।किनकी बढ्दो उमेर र बहु कार्य व्यस्तता  को कारण मानसिक र शारीरिक क्षमतामा ह्रास आउनु स्वाभाविक प्राकृतिक नियम हो।यस्लाई नजरअन्दाज गर्न मिल्दैन्। भिजन स्ट्रोङ्ग छ तापनि तदारूकताको हकमा सुस्तीको कारण कोर ग्रुपका नेताहरू, कार्यकर्ताहरूको दबदबा निश्चय नै बढ्न थाल्दछ।फलत: भिजन एकातिर र कार्य एवं गन्तव्य अर्कोतिर हुने प्रबल सम्भावना रहन्छ।त्यसैले भिजन र उमेर बीच तारतम्य सीक्वेंस मिल्नु पर्दछ।भिजन र उमेरको सन्तुलन नै पुस्तान्तरणको मुख्य अंश हो। नेतृत्व विकास र अवसर प्रजातन्त्रको महत्वपूर्ण पक्ष हो।प्रजातन्त्रको यो महत्वपूर्ण पक्ष माथी ब्रेक लगाउनु भनेको प्रजातन्त्रको सङ्कुचन हो।नेतृत्व विकास र अवसरको अवसान हो।कांग्रेस नेतृत्व यही पथमा हिँडिरहेको छ।केन्द्रीय तहमा नेतृत्व सम्हाल्ने योग्यता, अनुभव र व्यक्तित्व भएका नेताहरू हुनुहु्न्छ। तर पालो आउदैन्। Leadersh...

संघे शक्ति कलौ युगे

जेन जी आन्दोलनको मागहरू सम्बोधन गर्न, व्यवस्थापन गर्न देश अहिले political settlement को चरणमा छ।Settlement त्यति सहज छैन्।भ्रष्टाचार र nepotism को अन्त संगसंगै आन्दोलनको प्रमुख मागहरू मध्ये सुशासन मुख्यतम माग हो।सुशासन भनेको आदेशको शासन होइन्।विधीको शासन हो।प्रक्रिया पुर्याउनु पर्ने हुन्छ।निश्चय नै समय लाग्छ।तथापि जनहत्याराहरू , धुसपैठ गर्नेहरू ,भ्रष्टाचारी,तस्कर,अधिकार दुरूपयोग गर्नेहरू लाई शीघ्र कारबाही गरेको दण्डित गरेको सुन्न हेर्न जनता आतुर छन्।तसर्थ आन्दोलन बाट स्थापित यो सरकार  लाई विचलित हुने , विमुख हुने, लस्याङलुसुङ गर्ने रत्तीभर छुट छैन्।  आन्दोलनको दौरान देश लाई सरकार विहीन अवस्थामा पुर्याएर भागेका, लुकेकाहरू सार्वजनिक हुदै येनकेन जनता माझ राजनीतिमा आफ्नो space र position यथावत कायम गर्ने तरखरमा छन्। राजनीतिक दलहरू जेनजी को माग पुरा गर्नु पर्ने जिकिर गरिरहेका छन्। माओवादी केन्द्र लगाएत अन्य दलहरू सुरक्षा स्थिति मजबुत रहे फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने बताइरहेका छन्। नेपाली कांग्रेसले निर्वाचनको साथसाथै संसद पुनर्स्थापनाको ढोका खुला राख्ने दृष्टिकोण बनाएको ...

GEN Z को ऐतिहासिक आन्दोलन

Gen Z कुनै एउटा दल, संगठन, फोरम, एनजीओ, आईएनजीओ होईन्।न त  कसैको लागि काम गर्ने बिचौलिया, दलाल, ऐजेन्ट, नै हो।जेनेरेशन केटोगरी अन्तर्गत को एउटा वर्ग हो। सन् १९९७ देखि २०१२ को बीच जन्मिएका हरू त्यस केटोगरी मा पर्दछन्।त्यो वर्गको कुनै साझा नेतृत्व पङ्क्ति छैन्।डिजीटल सोसिअल नेटवर्क नै तिनीहरूको लिडरशिप , कनेक्शन, मोटीभेशन र मोविलाइजेशनको मुख्य संयन्त्र हो।त्यो वर्ग अत्यन्त विविध एवं खुला विचारधारा भएका स्वतन्त्र, व्यवहारिक, रचनात्मक, उद्यमी, उच्च प्रवाह र अपेक्षायुक्त पुस्ता हुन्। देश कुशासन नातावाद भ्रष्टाचार बिचौलिया दलाल ठगी आदि अनेकन कुकृत्यको जालोमा जकडिएको र त्यसको विरोध मा राजनीतिक दलहरूले  पटक पटक त्यस विरूद्ध आन्दोलन गर्दा घुसपैठ र झोलेहरू प्रयोग गरी हिंसात्मक बनाउने र राजनीतिक प्रतिशोध साध्ने गरेको प्रति Gen Z पुस्ता पनि साइलेन्टली आक्रोशित थिऐ।संचार माध्यमहरूमा दिनहुँ प्रशारण हुने भ्रष्टाचार नातावाद सम्बन्धी समाचारहरू बाट अशान्त Z युवाहरू मध्ये कुनै ग्रुपले डिजीटल सामाजिक सञ्जाल बाट नेपो वेवी भन्डाफोर अभियान शुरू गरे।त्यो अभियान बाट एकाएक सनसनी फैलियो।सामाजिक सञ्जाल म...

नेपालको भूराजनीति

तीन तिर भारत र उत्तरमा चीनसंग सीमा जोडिएको हाम्रो देश नेपालको भूराजनीति अत्यन्त डेलिकेट छ।क्षत्रिय एवं विश्व राजनीतिमा सामरिक दृष्टिले हाम्रो स्थलाकृति को महत्व अद्वितीय छ।त्यस प्रति सबैको चासो पनि छ।हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तै छ।अत्यन्त नाजुक छ।संवेदनशील छ।त्यसैले भारत र चीन संग सम्बन्धको दौरान हामीले आफ्नो हैसियतको निकै समझ राख्नु पर्दछ। गुमाउनु हुदैन्। ठुलो आकार, थुप्रै जनसंख्या , सैन्यबल  र सम्पन्नताले मात्र हैसियतको निर्धारण गर्दैन्।हैसियत भनेको पहिचान हो । स्वाभिमान हो।सन् १८१४ अक्टोबर ३१ देखि नोभेम्वर ३० सम्म ६०० सैन्यवलको साथ लिएर ब्रिटिस ईष्ट इन्डिया कम्पनीको  ५००० सैन्यबल संग बलभद्र कूँवरले  एक महिना लामो नालापानी युद्ध लडेका थिए।प्रत्यक्ष लडाइ असफल भएपछी अन्ततः ब्रिटिस सेनाले किल्लाको पानी मुहान बन्द गरिदियो।तरपनि बलभद्रले आत्मसमर्पण गरेनन्।यही हो हामी नेपालीको हैसियत पहिचान र स्वाभिमान ।अन्ततः बाँकी बचेका ७० जना सेना साथ लिएर किल्ला बाट बाहिरिए।देशको लागि आफ्नो लडाइ लडे्। स्थलाकृतिको कारण भारत र चीन संगको हाम्रो सम्बन्धको स्वरूप फरक छ।हुनत् विज...