प्रजातन्त्रमा टू वे ट्राफिक

स्मरण रहोस् अरूले आफ्नो मात्र कुरा सुन्नु पर्ने ,आफु लाई मात्र मान्नु पर्ने र आफु एकमात्र  हो " एको अहं "  सोच  छद्मभेषी प्रजातन्त्र हो।" किनकी अहिले प्रजातन्त्र एउटा टोपी जस्तै भएको छ जसले आफ्नो आकार गुमाएको छ किनकी प्रजातन्त्रको टोपी सबैले लगाउँछन् ।" स्वतन्त्रता, लोकहित, संयमता , समानता , अवसर र समभाव प्रजातन्त्रको मूलभूत मान्यता हो । प्रजातन्त्र भनेको two way traffic हो।त्यो नै प्रजातन्त्रको आधारशिला हो।त्यो भत्कियो भने प्रजातन्त्र खण्डहरमा परिणत हुन्छ।जस्तो कि भदौ २३ को कलिलो जन हत्याले प्रजातन्त्र रक्तरञ्जित भयो श्मशान बन्यो।त्यसैको परिणाम थियो भदौ २४ को घटना।

प्रजातन्त्रमा लोककल्याण को राजनीति हुन्छ | हत्या हिंसा , प्रतिशोध र धम्काइको राजनीति मान्य हुदैन्।त्यसैले देश र जनताको  सर्वतोन्मुखी हित कल्याण एवं स्वाभिमान को खातिर एक ले अरूको पनि अस्तित्व एवं हैसियत स्वीकार्नु पर्दछ।मान्यता दिनु पर्दछ।कुरा सुन्नु पर्दछ र काम गरेर देखाउन  अवसर पनि दिनु पर्दछ।त्यो नै हो वास्तविक प्रजातन्त्र ।

सुशासन, लोककल्याण ,शुन्य भ्रष्टाचार, शुन्य नातावाद कृपावाद  र परिवर्तनको पक्षमा  मतदाताहरू मात्र होईन् सम्पुर्ण जनता र पुरै देश उर्लिएको ऐतिहासिक दिन थियो फागुन २१ को निर्वाचन।त्यो दिन ले लामो समय सम्म पटक पटक  सत्तासिन  छद्मभेषी कम्युनिस्ट प्रजातन्त्रवादी हरू र प्रजातन्त्रको मिनार नेपाली कांग्रेस भित्र सदैव one way traffic को वकालत गर्नेहरू लाई सावधान रहन ठुलो lesson दिएको छ।

बडे, मझौले, छोटे लगायत आसेपासे झोले नेताहरूको नामेट भयो।कैयौँको जमानत जफ्त पनि भयो।त्यो थियो समय बदलिएको, नयाँ नेपालको पूनर्जागरण को शङ्खघोष ।

विगतको सरकारहरूले वडो सजधज साथ अनेकौ नामले घोषणा पत्र , प्रतिवद्धता पत्र जारी गर्ने गरेको र त्यस प्रति जनता आशावान् रहेको तर ती घोषणा, प्रतिबद्धता हरू हावा संगसंगै उडेको हामी सबैले भोगेकै हो।तर अहिलेको सरकारले जारी गरेको राष्ट्रिय प्रतिबद्घता पत्र उडन्ते होईन्।त्यसलाई उडन्ता ठान्नु पनि हुदैन् किनकी विगतको सरकारहरूले अनेकन नाममा जारी गर्ने प्रतिबद्धता पत्रहरू एकोहोरो हुने गर्दथ्यो।दुई वा दुई भन्दा बढी दल मिलेर  बनेको सरकार ले जारी गर्ने प्रतिबद्धता पत्र ती  दलहरूको मात्र साझा पत्र हुन्थ्यो तर वर्तमान सरकारले जारी गरेको प्रतिबद्धता पत्र ले दलहरू लगाएत  सबैको भावना चाहना लाई समेटेको छ । त्यसैले त्यो  साझा राष्ट्रीय प्रतिबद्धता पत्र लाई आत्मसात् गर्दै सफल कार्यान्वयनमा साथ सहयोग गर्नु , साथ सहयोग पुर्याउनु हामी सबैको राष्ट्रीय दायित्व हो। त्यसका लागि फगुन २१ गतेको निर्वाचनमा रद्दीको टोकरीमा कोची कोची राखी छाडेको दलहरू लगाएत सबैले  राजनीतिमा प्रजातन्त्रको two way traffic नियम पालन गर्ने, अरूको अस्तित्व हैसियत स्वीकार्ने ,मान्यता दिने ,कुरा, सुन्ने र काम गर्न अवसर दिने, आफु सकिने गरि अर्को लाई सकाउने आत्मघाती धाकधम्की र प्रतिशोधको राजनीति नगर्ने यी प्रजातन्त्रको आदर्श लाई तन मन वचन कर्म ले इमान्दारी साथ आत्मसात र कार्यान्वयन गर्नु पर्दछ।

प्रारम्भमा सबै नयाँ हुन्छन्।कांग्रेस कम्युनिस्टहरू पनि प्रारम्भमा सबै नयाँ नै थिए। त्यस्कारण नयाँ छ अनुभव छैन् भनेर जनतामा अनावश्यक भ्रम फैलाउने, आफ्नो बडप्पन देखाउने कार्य कसै बाट पनि हुनुहुदैन् । समय लाई चिनौ  बुझौ र सोही अनुरूप कर्म पनि गरौ।यही नै आज को सर्वकल्याणकारी आवश्यकता हो।

04/16/2026

Comments

Popular posts from this blog

वैकल्पिक राजनीतिक शक्ति

राजनीति वा प्रतिशोध

नेताकृत राजनीति