Posts

सामाजिक सदभाव र राष्ट्रिय एकता

विविधता मा एकता हाम्रो विशेषता हो।सहअस्तित्व,सहिष्णुता,आत्मीयता, संयमता र लोक कल्याण हाम्रो मान्यता हो ।बाँच र बाँच्न देउ हाम्रो मूल मन्त्र हो। हाम्रो भूगोल सानो छ तापनि अनेकता मा एकता,सहअस्तित्व,सहिष्णुता , आत्मीयता, संयमता र लोक कल्याण, बाँच र बाँच्न देउ यी हाम्रो विशेषता, मान्यता र मूल मन्त्र को करण हाम्रो देश शान्त छ। सुन्दर छ।र प्राकृतिक सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत मूल्य मान्यता र आचार व्यवहार को दृष्टि ले विशाल पनि छ।हाम्रो शान्त, सुन्दर र विशालता लाई खण्डित पार्न क्षेत्रको नाम मा ,धर्मको नाम मा ,भाषा जातजाति पहिचानको  नाम मा राजनीतिक स्वार्थ पुरा गर्न बेलाबखत ताण्डव हुने, जनधन को क्षति हुने गरेको छ। ९० + प्रतिशत जनताको आस्था, विश्वास, धर्म, संस्कृति, परम्परा र भावना   लाई कुल्चदै स्वतन्त्रता को निहुँ मा केही ले गाई काटेर खान पाउनु पर्ने , गाई लाई राष्ट्रीय जनावरबाट हटाउनु पर्ने भन्दै उद्दण्ड अराजक गतिविधि गर्ने र त्यस्ता लाई मन्दिर प्रवेश गर्न नदिएको मा झनै छाडा ढङ्गमा प्रस्तुत भईरहेको अवस्था छ। साउन १० गते आइतवार सुनसरी देवानगञ्ज स्थित कप्तानगञ्जमा दुई समूह...

राजनीति- सिद्धान्तले वा सिद्धान्तको लागि

राजनीति सिद्धान्तले हुन्छ वा सिद्धान्तको लागि गरिन्छ।यी दुई भिन्न बिषयहरू हुन्।फरक सन्दर्भमा प्रयोग हुव्छ।तथापि यो अत्यन्त पेचिलो एवं संवेदनशील सवाल हो।बहुदलीय शासन पद्धतिमा यो सवाल सुरूवात मै उत्तरित हुनु पर्दछ।यदि यो प्रश्न अनुत्तरित रह्यो भने स्वार्थपूर्ण दलीय राजनीति मा देश जाकिन्छ।विद्वेष को अवस्था उत्पन्न हुन्छ।किनकी दलहरू सत्तामा पुगे पछी अन्ततोगत्वा आफ्नो दलीय चिन्तन र विकास को मोडल लाई प्राथमिकता दिन थाल्दछन्।हामीले दलीय स्वार्थको , दलीय भागवन्डा , गठबन्धनको राजनीति भोग्यौं।अवस्था बदलि सक्यो तापनि अझै विग्रहको अवस्था क्रमशः पैदा हुदै गरेको देख्दै छौ। नि:सन्देह राजनीति सिद्धान्तले हुनु पर्दछ।शासन सिद्धान्तले चल्नु पर्दछ।विकासको , परिवर्तन को , सु शासन को , पद्धति को , संविधान को ,कानुनको आ-आफ्नो सिद्धान्त हुन्छ।त्यसैमा अक्षरश: टेकेर शासन चल्नु पर्दछ ।त्यतिखेर मात्र पूर्णतः विधिको शासन कायम हुन्छ।सुशासन हुन्छ।सर्वत्र आवश्यकता बमोजिमको स्केलमा विकास हुन्छ परिवर्तन साकार हुन्छ।वर्तमान सरकार त्यस तर्फ अग्रसर छ। विगत लामो समय देखिन् सिद्धान्त को लागि दलीय राजनीति निरन्तर चलि नै रह्य...

रास्वपाको प्रथम महाधिवेशनको उद्घाटनमा गगन

सामान्यतः भन्ने गरिन्छ बोल्न पाउनु नै प्रजातन्त्र हो। तर वास्तवमा बोल्न पाउनु मात्र प्रजातन्त्र होईन्।धीरता साथ श्रवण गर्नु , बुझनु , अध्ययन, विश्लेषण र मनन गर्नु त्यसपछी आफ्नो कुरो बोल्नु त्यो हो प्रजातन्त्र ।साथै त्यस अनुरूप अनवरत आचरण गर्नु प्रजातान्त्रिक संस्कार हो।त्यस बाट गलत बुझाई र गलत व्याख्यानको सम्भावना न्यून हुदै सकारात्मकता र सृजनात्मकता निरन्तर बढ्दै जान्छ। प्रजातन्त्रमा इतिहास मेटाइदैन्। ऐतिहासिक धरोहरहरू भत्काइदैन्। इतिहासको स्मरण गरिन्छ, सम्मान गरिन्छ र आवश्यक परेको बखत मार्गदर्शन को रूपमा प्रयोग गरिन्छ।ऐतिहासिक धरोहरहरू को संरक्षण संवर्धन गरिन्छ। प्रजातन्त्रको लागि विभिन्न कालखण्डमा विभिन्न दलहरू बाट गरिएको जनान्दोलन, क्रान्ति र आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरू लाई दलगत रूपमा वर्गीकरण गरिदैन्।ती सम्पूर्ण आन्दोलन क्रान्ति र सहिदहरू लाई देशको इतिहासमा अङ्कित गरिन्छ।सहिदहरूको कुर्बानी कै कारण  आज हामी प्रतिस्पर्धात्मक बहुदलीय प्रजातान्त्रिक पद्धति प्रजातान्त्रिक गणतन्त्रको निर्धक्क उपयोग गरिरहेका छौ।त्यसैले इतिहास र सहिदहरूको स्मरण गर्नु सम्मान गर्नु सबैको दायित्व हो...

संसदमा प्रधानमन्त्रीको जबाफ

 आफैँले समय मागेर अकस्मात् जेठ १७ गते संसद पुगेका प्रधानमन्त्री बालेन्द्रले  नेपाल भारत सीमा अतिक्रमण सम्बन्धी श्रम संस्कृति पार्टीको सांसदले सोधेको प्रश्नमा दिएको जबाफ विरूद्ध विपक्षी दलका सांसदहरू एकाएक बारूद झै पट्किन थाले।संसदमा उपस्थित भएर माफी माग्नु पर्ने ,राजीनामा दिनु पर्ने भन्दै प्रधानमन्त्री माथि देशद्रोही को आरोप पनि लगाऐ।स्मरण रहोस संसदीय पद्धतिमा आवेशको स्थान हुदैन्।संयमता, भद्रता ,विवेकी संवाद र समालोचनाको ठुलो महत्व हुन्छ।त्यसैले कम्तीमा पनि सत्तापक्ष र विपक्षी सांसदहरूको एउटा समिति बनाएर संवाद द्वारा अगाडि बढ्नु पर्ने हो। प्रधानमन्त्रीको जवाफमा त्यस्तो के रहे छ जसको कारण सांसदहरू  विरोधमा उत्रिय।प्रधानमन्त्रीले आफ्नो जबाफमा प्रयोग गरेको शब्द , वाक्य र वाक्यहरूको सिक्वेन्स लाई केलाएर सुनौ ।उहाँले भन्नु भयो " तपाईहरू लाई एउटा कुरा अचम्म लाग्छ होला।मैले पनि अस्ति प्रधानमन्त्री भए पछी थाहा पाऐ।भारतले नेपालको जग्गा मात्र होईन् नेपालले पनि भारतको जग्गा धेरै ठाँउमा मिचेको रहेछ।यो कुरा अस्ति भर्खरै थाहा भयो।प्रधानमन्त्रीले  जसरी जुन ढङ्गमा जवाफ दिनु भयो त्यस...

विधायिका विधायक र सुशासन

सुशासन को जग बसाउनु सहज छैन्। देश अहिले सुशासनको जग बसाल्न सङ्क्रमण कालको चरणमा छ।परिवर्तनको लागि नयाँ पिँढीहरू विभिन्न दलको नामले निर्वाचित भई संसदमा पुगेका छन्।परिवर्तनकारी नयाँ सोच भिजन जोशजाँगर र उत्साही नवनिर्वाचित युवा जनप्रतिनिधिहरूले संसद भरीएको छ।आशातीत युगान्तकारी परिवर्तन हुनेमा जनता उत्साहित छन्। नवनिर्वाचित सांसदहरूमा संसदीय पद्धति को सैद्धान्तिक ज्ञान अवश्य हुन सक्छ तैपनि अधिकांशमा अनुभवको कमी प्रष्ट देखिन्छ।विपक्षी वेञ्चमा रहदाको वखत के कसरी प्रस्तुत हुने आधारभूत मान्यता मर्यादा र आचरण विपक्षी वेञ्चमा रहेका नव निर्वाचित दलका नेताहरूमा पटक्कै  देखिएन्।संसदमा अनपेक्षित क्रियाकलाप को वर्चस्व रह्यो। संसद विधायिका नभएर माईतीघर मण्डला जस्तो देखियो।विधेयक पारित गर्ने थलो होईन् उक्साहत कै भरमा दिनहुँ रोष्टम घेराउ नाराबाजी र छातीमा पोस्टर टाँसी पुरानो शैलीमा उफ्रिने थलो बनेको छ।विपक्षी वेञ्चमा बस्नु भनेको सरकारले आँ उ जेगरे पनि विरोध गर्नु विपक्षीको राजनीतिक धर्म, कर्म ठान्ने सोच र प्रवृत्ति हावी रह्यो।त्यो भनेको नवविकृति हो।भड्किरहने मन माथी बुद्धिको लगाम खुकुलो हुनु प्रायश:...

नेपाली कांग्रेस: महाधिवेशन/ नेतृत्व परिवर्तन

अन्ततः नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचन अघि पुष २६-२८ गते नियमित महाधिवेशन गर्ने स्वागत योग्य निर्णय गर्यो।कुनैपनि बिषयमा  निर्णय गर्नु पर्दा आयोजित बैठक मन्थनमा केन्द्रित रहनु पर्दछ नकि विवादमा।किनकी मन्थन बाट  क्रियाशीलता बढ्छ।एकता मजबुत हुन्छ।तर विवादले भित्र भित्रै  कुहाउछ , र lobby गुट लाई सशक्त बनाउछ।जुन पार्टी  एकता र मजबुतीको लागि स्लो पोईजन हो। वास्तवमा वर्तमान राष्ट्रीय राजनीतिको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि वा पछी पार्टीको महाधिवेशन गर्ने निर्णय गर्नु अत्यन्त महत्वपूर्ण एवं संवेदनशील बिषय हो।त्यस बिषयमा गहन मन्थन हुनु पर्थ्यो तर केन्द्रीय समितिको बैठक मन्थनमा भन्दा पनि विवादमा केन्द्रित रह्यो।त्यसैले बैठक निकै लम्बियो। बैठकमा पार्टीको हित भन्दा पनि lobbyको हित हाबी रह्यो।दिग्गज  नेताहरू मार्ग दर्शकको होईन् lobbyist को भूमिकामा सक्रिय देखियो।भनौ वहाँहरूमा एक किसिमको sense of self importance , an attitude of being better than others, superior complex प्रशस्त देखियो। नियमित महाधिवेशन मात्र होईन् ५४% को हस्ताक्षरले मांग...

नेपाली कांग्रेस संस्थापन पक्ष VS विषेश महाधिवेशन

अन्ततः नेपाली कांग्रेस संस्थापन पक्षको मिचाइमा केन्द्रीय कार्य सम्पादन समितिले एकतर्फि ढङ्गमा महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्लाहलाई साधारण सदस्य समेत नरहने गरी ५ बर्षको लागि पार्टी बाट निष्कासन गरेर पार्टी लाई विभाजनको सङ्घारमा पुर्यायो। यो संस्थापन पक्षको गर्व र बहादुरी होईन् विवाद लाई प्रजातान्त्रिक मूल्य मान्यता र प्रक्रियागत रूपमा समय सापेक्ष टुङ्गोमा पुर्याउन नसक्ने कमजोरी हो।यो निर्णय बाट संस्थापन पक्षधरहरू मध्ये केही शिर्ष नेताहरूलाई व्यक्तिगत लाभ नै छ तर सिङ्गो पार्टी र समस्त कांग्रेसी जनहरूको निष्ठा, भावना, चाहना र हित विरूद्ध छ।लगभग २३ बर्ष अगि २०५९ सालमा नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को सभापति शेर बहादुर देउवा नै हुनुहुन्थ्यो।त्यस्कारण पार्टी लाई फुटको किनारमा पुर्याउनु फुटाउनु उहाँको लागि सामान्य हो। महामन्त्री द्वयले बारम्बार भन्दै आएका थिए कि विशेष महाधिवेशन सत्तामा पुग्न पार्टी तोड्न होईन् पार्टीको समय सापेक्ष प्रबलीकरण र एकता को लागि हो।स्पष्ट छ निष्काशनको निर्णय कारवाही होईन् विभाजनको रणनीतिक चाल हो। स्मरण रहोस कि महामन्त्री द्वय...