कांग्रेस : मरता क्या न करता
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र जनताको मौलिक अधिकार याने प्रजातान्त्रिक समाजवाद को प्रवर्तक, प्रवर्धक रक्षक नेपाली कांग्रेस आज पार्टी भित्र नेतृत्वको आधिकारिकता र हकदाबी मुद्दा मा अल्झिएको छ।अन्त्यहीन आन्तरिक खिचातानी को कारण कांग्रेस सरेआम बदचर्चा को बिषय बनेको छ।आमसमर्थक गदगद होईन् हैरान छन्। संगठन आफै भाँडिदैन।संगठन भित्रका हरूको कारण भाँडिन्छ।बाँडिन्छ।छिन्नभिन्न हुन्छ।निन्दित हुन्छ।तिरष्कृत हुन्छ।र अन्ततः अस्तित्व को लागि भौँतारिन्छ। संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा निर्णयार्थ परस्पर मतभेद हुनु, विवाद हुनु स्वाभाविक हो।तर त्यसको पनि सिमा हुन्छ।सीमाको हेक्का राख्न जरूरी छ।अन्यथा संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा आफुहरूले नै निर्णय गर्नु पर्नेमा अड्डा अदालत गुहार्नु पर्ने हुन्छ।अहिले नेपाली कांग्रेस जस्तो भद्र पार्टी को हालत त्यस्तै छ। नेपाली कांग्रेसमा वि पी कोइराला जस्तो केरिसमेटिक लिडर छैन्।वि पी को अनुयायीहरू हुनुहुन्छ।विचार सिद्धान्त उद्देश्य एउटै भएपनि way of action ,level of performance and behavior फरक फरक हुन्छ।त्यस...