कांग्रेस इतर : राष्ट्रिय भेला वा शक्ति प्रदर्शन

नेपाली कांग्रेस नेतृत्वको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको २०८३  वैशाख ४ को फैसला ले सभापति गगन थापा नेतृत्व लाई आधिकारिकता प्रदान गरि नै सक्यो।तथापि निवर्तमान सभापति देउवा पक्षधर कांग्रेस इतर ले पुनरावलोकन को लागि दिएको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकन को ढोका खोली दिएको मात्र हो।किनकी सर्वोच्चले आफ्नो पूर्व फैसला बदर गरेको, पुनरावलोकन बाट  फैसला नहुञ्जेल सम्म पूर्व फैसला कार्यान्वयन नहुने भनेको छैन्।याने गगन नेतृत्व को कांग्रेस नै आधिकारिक हो।

कांग्रेस पूर्व महामन्त्री शशांक कोइराला को संयोजकत्वमा साउन २९ देखि ३१ सम्म सम्पन्न कांग्रेस इतर को तीन दिने राष्ट्रिय भेला ( सम्मेलन ) multi targeted  थियो।किनकी त्यो भेला असन्तुष्ट पक्षधर हरूको पार्टीगत शक्ति प्रदर्शन त थियो नै अझै महत्वपूर्ण कुरा त्यो भेला देउवाको सुरक्षित नेपाल प्रवेश को लागि गरिएको रणनीतिक शक्ति प्रदर्शन पनि थियो।धेरै दिन पहिले देखिन् देउवा नेपाल आउने ,एयरपोर्ट बाट नै दलबल लावालस्कर बाजागाजा जुलुस सहित भब्य स्वागत गर्ने ,राष्ट्रिय भेलामा प्रमुख आतिथ्य ग्रहण गर्ने व्यापक प्रचार प्रसार गरिएको थियो।स्वागतको लागि उपस्थित हुन आफ्नो पक्षधरहरू लाई देशभर सूचना जारी गरिएको थियो।हङ्कङ् बाट २६ गते नेपाल उडने भनिएकोमा २८ गते उडान निधो भएको सार्वजनिक गरियो।यो सबै well planned psychological strategy थियो। 

कांग्रेस संस्थापन पक्ष र इतर  बिच मेलमिलापको क्रममा पार्टी मा यथोचित पद र  सम्मानको लागि इतर पक्षले गर्दै आएको र  गरिरहेको बार्गेनिङको निमित्त दबाब थियो त्यो भेला। । यति मात्र होईन् आफ्नो सुरक्षा र  स्वार्थ पूर्ति को लागि हिन्दुत्व लाई आकस्मिक ऐजेण्डाको रूपमा प्रस्तुत गर्न देउवा को लागि त्यो भेला महत्वपूर्ण अवसर पनि थियो।

त्यो भेला र त्यस भेला ले गरेको निर्णयहरू आफैमा महत्वपूर्ण भएतापनि पार्टीगत रूपमा ती निर्णयहरूको आधिकारिकता छैन्।किनकी त्यो कांग्रेस इतर असन्तुष्ट पक्षधरहरू एउटा समूह को मात्र राष्ट्रिय नामाङ्कित सम्मेलन थियो।त्यो भेलाको निर्णय दस्तावेजमा सुटुक्क शाब्दिक हेरफेर गरेको सम्बन्धमा दुई वरिष्ठ नेताहरू बिच मञ्चमा एकैछिन  देखिएको छिनाझपटले भेलाको Fairness मा प्रश्नचिह्न लाग्यो।

September 22,2002 मा  नेपाली कांग्रेस बाट खण्डित भएर September 25,2007 मा  पुनः नेपाली कांग्रेसमा विलय भएको नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को सभापति र तत्पश्चात् पटक पटक प्रधानमन्त्री भईसक्नु भएको नेपाली कांग्रेस को निवर्तमान सभापति शेर बहादुर ले भेलाको मञ्च बाट मच्चि मच्चि दोहोर्याइ तेहर्याइ म हिन्दु हुँ हिन्दु हुँ हिन्दु हुँ भनि रहदा त्यो दृश्य देख्ने  सुन्नेहरू सोच्न र बोल्न बाध्य भए कि " शेर बहादुर सठिया गया " याने अधिक उमेरको कारण थकित श्रद्धेय नेता  देउवा अजिब अजिब हरकत गर्न थाले " ।

 


Comments

Popular posts from this blog

राजनीति वा प्रतिशोध

वैकल्पिक राजनीतिक शक्ति

संघे शक्ति कलौ युगे