विरोधको भुलैयामा जेन जी
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन मिति जति जति नजिकिदै छ त्यसै गरी राजनीतिक दलहरूको आन्तरिक गतिविधि र मुलुकको राजनीतिमा रणनीतिक चालको गति एवं स्वभाव तीव्र तथा पेचिलो बन्दै गएको छ।एमाले निर्वाचन तिर लम्कन थाल्दै छ।तैपनि अझै संसद पुनर्स्थापनाको ताकमा छ।नेपाली कांग्रेस निर्वाचनमा जाने निधो छ तापनि संस्थापन पक्षले संसद पुनर्स्थापनाको ढोका खुला राखि रहेको छ। निर्वाचन र संसद पुनर्स्थापनाको सन्दर्भमा एमाले र कांग्रेस " ताक परे तिवारी नत्र गोतामे " को रणनीतिमा छ।कांग्रेस अहिले आन्तरिक गडबडीमा फसेको छ।एमाले पहिलेको दाँजोमा अहिले मौन साधेको छ।भित्र भित्र निर्वाचनको तयारीमा जुटेको छ।अतः ती दुई ठुला दलहरूले यसै गर्छन् भन्ने निधो र विश्वास छैन्।त्यसैले पनि देश अनिश्चितता को सङ्घारमा पुगेको छ
वर्तमान राष्ट्रीय राजनीतिको परिप्रेक्षमा केही जेन जीहरू पथ भ्रमित छन्।विरोधको घनचक्करमा फसेका छन्।वर्तमान सरकार जेन जी मूभमेन्ट कै उपज जनताको सरकार हो भन्ने सर्वविदित यथार्थ प्रति गम्भिर छैनन्। , वर्तमान सरकारको साथै फागुन २१ मा हुने निर्वाचनको फाट्टफुट्ट विरोध प्रदर्शन गरिरहेका छन्।सरकार विरूद्ध निरन्तर खनिनुले पनि जेन जी विरोधी एमाले लगाएतका हरू लाई बल पुगेको छ।
सरकार विरूद्ध निरन्तर लागिरहनु , फागुन २१ मा हुने निर्वाचनको विरोध गर्नु , जेन जी मूभमेन्ट भनेकै जनताको मूभमेन्ट हो भन्ने सत्य तथ्यको हेक्का नराख्नु , तत्काल संविधान संशोधन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनु पर्ने भन्दै विरोधमा उत्रनु " तातै खाम जल्दी मरम " जस्तै हो।किनकी यो सरकार असफल हुनु भनेको भदौ २३ को जेन जी आन्दोलन असफल साबित हुनु हो।त्यसो हुनु भनेको भदौ २३ को आन्दोलन र भदौ २४ को विध्वंस यी सबै घटनाहरूमा जेन जीहरू माथी अभियोजनको अवस्था हो।तसर्थ जेन जीहरू अत्यन्त गम्भिर हुन जरूरी छ।जेन जीहरूले अहिले गर्नु पर्ने भनेको सरकार लाई सहयोग गर्दै निर्वाचनको लागि तयार रहने र निर्वाचन पश्चात् प्रतिनिधि सभामा आफुहरूको मजबुत उपस्थिति बनाउने र गठन हुने जन निर्वाचित सरकारको माध्यम बाट आफ्नो मागहरू लाई व्यवहारमा उतार्ने लक्ष्य सहित अधि बढ्नु हो।
Comments
Post a Comment