Posts

Showing posts from August, 2026

कांग्रेस इतर : राष्ट्रिय भेला वा शक्ति प्रदर्शन

नेपाली कांग्रेस नेतृत्वको आधिकारिकता सम्बन्धमा निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको २०८३  वैशाख ४ को फैसला ले सभापति गगन थापा नेतृत्व लाई आधिकारिकता प्रदान गरि नै सक्यो।तथापि निवर्तमान सभापति देउवा पक्षधर कांग्रेस इतर ले पुनरावलोकन को लागि दिएको निवेदनमा सर्वोच्च अदालतले पुनरावलोकन को ढोका खोली दिएको मात्र हो।किनकी सर्वोच्चले आफ्नो पूर्व फैसला बदर गरेको, पुनरावलोकन बाट  फैसला नहुञ्जेल सम्म पूर्व फैसला कार्यान्वयन नहुने भनेको छैन्।याने गगन नेतृत्व को कांग्रेस नै आधिकारिक हो। कांग्रेस पूर्व महामन्त्री शशांक कोइराला को संयोजकत्वमा साउन २९ देखि ३१ सम्म सम्पन्न कांग्रेस इतर को तीन दिने राष्ट्रिय भेला ( सम्मेलन ) multi targeted  थियो।किनकी त्यो भेला असन्तुष्ट पक्षधर हरूको पार्टीगत शक्ति प्रदर्शन त थियो नै अझै महत्वपूर्ण कुरा त्यो भेला देउवाको सुरक्षित नेपाल प्रवेश को लागि गरिएको रणनीतिक शक्ति प्रदर्शन पनि थियो।धेरै दिन पहिले देखिन् देउवा नेपाल आउने ,एयरपोर्ट बाट नै दलबल लावालस्कर बाजागाजा जुलुस सहित भब्य स्वागत गर्ने ,राष्ट्रिय भेलामा प्रमुख आतिथ्य ग्रहण गर्ने व्या...

कांग्रेस : मरता क्या न करता

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र जनताको मौलिक अधिकार याने प्रजातान्त्रिक समाजवाद को प्रवर्तक, प्रवर्धक रक्षक नेपाली कांग्रेस आज पार्टी भित्र नेतृत्वको आधिकारिकता र हकदाबी मुद्दा मा अल्झिएको छ।अन्त्यहीन आन्तरिक खिचातानी को कारण कांग्रेस सरेआम बदचर्चा  को बिषय बनेको छ।आमसमर्थक गदगद होईन् हैरान छन्। संगठन आफै भाँडिदैन।संगठन भित्रका हरूको कारण भाँडिन्छ।बाँडिन्छ।छिन्नभिन्न हुन्छ।निन्दित हुन्छ।तिरष्कृत हुन्छ।र अन्ततः अस्तित्व को लागि भौँतारिन्छ। संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा निर्णयार्थ परस्पर मतभेद हुनु, विवाद हुनु स्वाभाविक हो।तर त्यसको पनि सिमा हुन्छ।सीमाको हेक्का राख्न जरूरी छ।अन्यथा संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा आफुहरूले नै निर्णय गर्नु पर्नेमा  अड्डा अदालत गुहार्नु पर्ने हुन्छ।अहिले नेपाली कांग्रेस जस्तो भद्र पार्टी को हालत त्यस्तै छ। नेपाली कांग्रेसमा वि पी कोइराला जस्तो केरिसमेटिक लिडर छैन्।वि पी को अनुयायीहरू हुनुहुन्छ।विचार सिद्धान्त उद्देश्य एउटै भएपनि way of action ,level of performance and behavior फरक फरक हुन्छ।त्यस...

सामाजिक सदभाव र राष्ट्रिय एकता

विविधता मा एकता हाम्रो विशेषता हो।सहअस्तित्व,सहिष्णुता,आत्मीयता, संयमता र लोक कल्याण हाम्रो मान्यता हो ।बाँच र बाँच्न देउ हाम्रो मूल मन्त्र हो। हाम्रो भूगोल सानो छ तापनि अनेकता मा एकता,सहअस्तित्व,सहिष्णुता , आत्मीयता, संयमता र लोक कल्याण, बाँच र बाँच्न देउ यी हाम्रो विशेषता, मान्यता र मूल मन्त्र को करण हाम्रो देश शान्त छ। सुन्दर छ।र प्राकृतिक सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत मूल्य मान्यता र आचार व्यवहार को दृष्टि ले विशाल पनि छ।हाम्रो शान्त, सुन्दर र विशालता लाई खण्डित पार्न क्षेत्रको नाम मा ,धर्मको नाम मा ,भाषा जातजाति पहिचानको  नाम मा राजनीतिक स्वार्थ पुरा गर्न बेलाबखत ताण्डव हुने, जनधन को क्षति हुने गरेको छ। ९० + प्रतिशत जनताको आस्था, विश्वास, धर्म, संस्कृति, परम्परा र भावना   लाई कुल्चदै स्वतन्त्रता को निहुँ मा केही ले गाई काटेर खान पाउनु पर्ने , गाई लाई राष्ट्रीय जनावरबाट हटाउनु पर्ने भन्दै उद्दण्ड अराजक गतिविधि गर्ने र त्यस्ता लाई मन्दिर प्रवेश गर्न नदिएको मा झनै छाडा ढङ्गमा प्रस्तुत भईरहेको अवस्था छ। साउन १० गते आइतवार सुनसरी देवानगञ्ज स्थित कप्तानगञ्जमा दुई समूह...