फगुन २१ को निर्वाचन ~ राजनीतिक सुनामी
विगतमा बेला बेला सत्तामा सहभागी रास्वपा बाहेक ठुला दलहरू लगाएत अन्य दलहरूको लागि फागुन २१को निर्वाचन राजनीतिक सुनामी साबित भयो।त्यो सुनामी एकाएक उर्लिएको होईन्।भ्रष्टाचार नातावाद कृपावाद र कुशासन विरूद्ध मुलुकको राजनीतिमा बर्षौ देखि भित्र भित्र कम्पन चलिनै रहेको थियो।त्यसैको नतिजा थियो फागुन २१को निर्वाचन परिणाम ।त्यो परिणामले रास्वपा लाई दुई तिहाई को नजिक पुर्यायो र अन्य सबै दलहरू भनौ sweep out बढारियो। नेपाली कांग्रेस सभापति र एमाले अध्यक्ष द्वयले पराजय व्यहोर्नु पर्यो।२०७४ मा चितवन-३ बाट ४८२७६ मत र २०७९ मा गोरखा-२ बाट२६१०९ मत प्राप्त गरि विजयी भएका तत्कालीन नेकपा माओवादी ( केन्द्र ) को अध्यक्ष र अहिले नवगठित नेपाली कम्युनिष्ट पार्टी संयोजक दाहाल फागुन २१ २०८२ को निर्वाचनमा रूकुम पुर्व १ बाट १०२४० मत प्राप्त गरि विजयी हुनु भयो।निर्वाचनमा विजयी भएतापनि प्राप्त मतको आँकडा बाट मुलुकको वर्तमान राजनीतिमा दाहालको political hold र status के कस्तो छ स्पष्ट हुन्छ। विगतमा राष्ट्रीय स्वतन्त्र पार्टी सत्ता सहभागी भएतापनि भ्रष्टाचार,नातावाद कृपावाद र कुशासन विरुद्धको आफ्नो अभियान लाई ...