नेपाली कांग्रेस संस्थापन पक्ष VS विषेश महाधिवेशन
अन्ततः नेपाली कांग्रेस संस्थापन पक्षको मिचाइमा केन्द्रीय कार्य सम्पादन समितिले एकतर्फि ढङ्गमा महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा र सह महामन्त्री फरमुल्लाहलाई साधारण सदस्य समेत नरहने गरी ५ बर्षको लागि पार्टी बाट निष्कासन गरेर पार्टी लाई विभाजनको सङ्घारमा पुर्यायो। यो संस्थापन पक्षको गर्व र बहादुरी होईन् विवाद लाई प्रजातान्त्रिक मूल्य मान्यता र प्रक्रियागत रूपमा समय सापेक्ष टुङ्गोमा पुर्याउन नसक्ने कमजोरी हो।यो निर्णय बाट संस्थापन पक्षधरहरू मध्ये केही शिर्ष नेताहरूलाई व्यक्तिगत लाभ नै छ तर सिङ्गो पार्टी र समस्त कांग्रेसी जनहरूको निष्ठा, भावना, चाहना र हित विरूद्ध छ।लगभग २३ बर्ष अगि २०५९ सालमा नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) को सभापति शेर बहादुर देउवा नै हुनुहुन्थ्यो।त्यस्कारण पार्टी लाई फुटको किनारमा पुर्याउनु फुटाउनु उहाँको लागि सामान्य हो।
महामन्त्री द्वयले बारम्बार भन्दै आएका थिए कि विशेष महाधिवेशन सत्तामा पुग्न पार्टी तोड्न होईन् पार्टीको समय सापेक्ष प्रबलीकरण र एकता को लागि हो।स्पष्ट छ निष्काशनको निर्णय कारवाही होईन् विभाजनको रणनीतिक चाल हो।
स्मरण रहोस कि महामन्त्री द्वय र सह महामन्त्रीको निष्काशन विशेष महाधिवेशनमा सहभागी ६०+ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको पनि सामूहिक निष्कासन हो।यसलाई यसरी नै बुझ्नु पर्दछ।फरक मत राख्नेहरू लाई जरै देखि उखल्ने तानाशाही प्रवृत्तिको त्यो तुच्छ निर्णय सर्वत्र निन्दनीय छ।त्यो निर्णयको संस्थापन पक्षधर मतियारहरूको सोच प्रवृत्ति माथि प्रश्न उब्जिएको छ।
प्रश्न छ ६०+ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू उपस्थित रहेको विशेष महाधिवेशन ले नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दछ वा खुम्चिएको संख्यामा रहेको संस्थापन पक्षले ? Crystal Clear छ कि विशेष महाधिवेशन पक्षधरहरूले नै नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दछ।त्यसैले निवर्तमान संस्थापन पक्षधरहरूमा नैतिकताको वोध हुनु पर्दछ।विशेष महाधिवेशन लाई आत्मसात् गर्दै समय पूर्णतः नघर्किदै आत्म आलोचना सहित निर्णय फिर्ता लिनु पर्दछ।नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा ऐक्यवद्ध हुनु पर्दछ।यो नै समयको माग हो।
December 21,2025 ( पुष ०६ , २०८२ )
Comments
Post a Comment