फगुन २१ को निर्वाचन ~ राजनीतिक सुनामी
विगतमा बेला बेला सत्तामा सहभागी रास्वपा बाहेक ठुला दलहरू लगाएत अन्य दलहरूको लागि फागुन २१को निर्वाचन राजनीतिक सुनामी साबित भयो।त्यो सुनामी एकाएक उर्लिएको होईन्।भ्रष्टाचार नातावाद कृपावाद र कुशासन विरूद्ध मुलुकको राजनीतिमा बर्षौ देखि भित्र भित्र कम्पन चलिनै रहेको थियो।त्यसैको नतिजा थियो फागुन २१को निर्वाचन परिणाम ।त्यो परिणामले रास्वपा लाई दुई तिहाई को नजिक पुर्यायो र अन्य सबै दलहरू भनौ sweep out बढारियो।
नेपाली कांग्रेस सभापति र एमाले अध्यक्ष द्वयले पराजय व्यहोर्नु पर्यो।२०७४ मा चितवन-३ बाट ४८२७६ मत र २०७९ मा गोरखा-२ बाट२६१०९ मत प्राप्त गरि विजयी भएका तत्कालीन नेकपा माओवादी ( केन्द्र ) को अध्यक्ष र अहिले नवगठित नेपाली कम्युनिष्ट पार्टी संयोजक दाहाल फागुन २१ २०८२ को निर्वाचनमा रूकुम पुर्व १ बाट १०२४० मत प्राप्त गरि विजयी हुनु भयो।निर्वाचनमा विजयी भएतापनि प्राप्त मतको आँकडा बाट मुलुकको वर्तमान राजनीतिमा दाहालको political hold र status के कस्तो छ स्पष्ट हुन्छ।
विगतमा राष्ट्रीय स्वतन्त्र पार्टी सत्ता सहभागी भएतापनि भ्रष्टाचार,नातावाद कृपावाद र कुशासन विरुद्धको आफ्नो अभियान लाई ,आफ्नो अठोट लाई येनकेन निरन्तरता दिदै आएको सबैले जाने बुझे देखेको यथार्थ हो।रास्वपाको त्यो आवाज लाई अनेकन जालझेल, थुनछेक र प्रतिशोधको ठुलठुला दाह्राले गोपेकै हो।जनता चस्मदिद गवाही थिऐ तर मौन थिऐ।तिनै मौन साक्षीहरूले फागुन २१ को मतदानमा आफ्नो मौनता तोडे।
देशको जन प्रतिनिधिमूलक राजनीतिले सर्लक्क पुरै काँचुली फेरेको छ।त्यसैले high alert मा रहन जरूरी छ ।किनकी काँचुली फेरिएको लगत्तैको अवस्था निकै मुलायम र sensitive हुन्छ।दाग लाग्न सक्छ।विद्यमानता गुम्न सक्छ।political conspirators राजनीतिक षड्यन्त्रकारीहरू wait and grab पर्खने र समाउने ताकमा छन्।
कुनैपनि प्रतिस्पर्धा चाहे त्यो निर्वाचन होस् वा अन्य जित्नको लागि लडिन्छ।किनकी हार त निश्चित नै छ।
नेपाली कांग्रेसको सन्दर्भमा पूर्व संस्थापन पक्षधरहरू समय छउन्जेल खुराफात मै समय व्यतीत गरे ।अब समय लगभग घर्कियो भने पछी मात्र पछाडी हटे।त्यो पुर्व सस्थापन पक्षधर अग्रजहरूको grand design थियो।गगनको नेतृत्वमा कांग्रेसले बदलावको संकल्प गर्यो। संकल्प पुरा हुन र गर्न समय लाग्छ।पार्टीगत रूपमा गर्नु पर्ने कतिपय major कार्यहरू गर्ने पर्याप्त समय मिलेन किनकी विशेष महाधिवेशन बाट पार्टी सभापतिमा निर्वाचित भए लगत्तै निर्वाचनमा होमिनु पर्यो।
एउटा भनाई छ अग्रजहरूले गरेको दुष्कर्मको नतिजा सन्ततिले भोग्नु पर्दछ।नेपाली कांग्रेसको हक मा अहिले त्यस्तै भएको छ।निर्वाचनमा गगन विजयी नहुनु गगनको कमजोरी असक्षमता होईन् ।पार्टी भित्रको conspiracy को नतिजा हो।त्यसैले सभापति बाट गगनले राजीनामा दिनुको केही कुनै अर्थ छैन्।आवश्यकता पनि छैन्।पार्टी भित्र षडयन्त्रको बिउ लाई चिर्दै सुशासन,भ्रष्टाचार,नातावाद कृपावाद रहित लोककल्याणकारी राज्य व्यवस्था र परिवर्तनको खातिर पार्टी लाई सक्षम गतिशील बनाउनु नै आजको आवश्यकता हो।
12 March 2026
Comments
Post a Comment