फागुन २१ निर्वाचन ~ बदलाव नै एकल एजेण्डा
समय सापेक्ष बदलाव नै फागुन २१ मा हुने निर्वाचनको एकल एजेण्डा हो।सोचमा मात्र परिवर्तन भएर हुदैन्।नियतमा बदलाव अपरिहार्य छ।विगतमा पटक पटक सरकारमा बसेर जनता हाँकेका ठुला दलका नेताहरूको अभिव्यक्ति सुन्दा , जारी दस्तावेजहरू पढ्दा तिनीहरूको सोच निकै innovative उन्नतशील लाग्थ्यो।तर त्यसको विपरीत हकिकतमा तिनीहरूको नियत अत्यन्त स्वार्थपरक , शोषणकारी ,झोले पोषणमुखी रह्ययो।परिणाम देश भ्रष्टाचार र दु:शासनको दहमा चुर्लुम्म डुब्यो।त्यसैको विस्फोट थियो भदौ २३ को आन्दोलन ।
जतिपनि नवीन दलहरू छन् ती सबैले परिवर्तन को एजेण्डा लाई केन्द्रबिन्दु मा राखेर जनता माझ पुगिरहेका छन्।विगतमा राज्यको हरेक क्षेत्रमा आफ्नो पहुँच राख्न सफल ठुला दलहरू र तिनीहरूको पुच्छर समाउदै भ्रष्टाचारको वैतरणीमा पौडीदै आएका अन्य केही दलहरूको शुद्धीकरण अति नै आवश्यक छ।
Self correction आत्म सुधार प्रजातन्त्र ,सुशासन र लोक कल्याणकारी राज्य व्यवस्थाको मुख्य आधार हो।तसर्थ सोचमा परिवर्तन, नियतमा परिवर्तन, आत्म सुधार र राज्य संयन्त्रको कार्यशैली मा परिवर्तन समग्रमा समयसापेक्ष बदलाव नै अहिलेको आवश्यकता हो।
पुस्तान्तरण र परिवर्तनको पक्षधर एमाले कमरेडहरूको प्रयास दम्भकारी एकाधिकारवादी नेतृत्वको बुट मुनि कुल्चिएर रह्यो।भरोसा योग्य एवं सक्षम कमरेडहरू humiliat हुन पर्यो ।जनता परिवर्तन चाहन्छन्।भ्रष्टाचार बाट मुक्ति चाहन्छन्।सुशासन चाहन्छन्।तर एमाले ले गुलियोको वरिपरि झिँगो भन्किए जस्तै १८ देखि २८ वर्ष उमेर समूहका युवाहरूलाई एक बर्ष सम्म हरेक महिना १० GB इन्टरनेट डाटा नि:शुल्क उपलब्ध गराउने, गरिबको २५ हजार ॠण मिनाह गर्ने ललिपप घोषणा गरेर अझै पनि आफ्नो वरिपरि जनता लाई भन्काउन चाहन्छन्।
तर नेपाली कांग्रेस पूर्व केन्द्रिय कार्य सम्पादन समितिले ५ बर्षको लागि साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेतापनि तत्कालीन महामन्त्री गगनको पुस्तान्तरण र बदलावको लक्ष्य लाई एजेण्डा लाई कुचल्न पिल्सन सकेन्।तिनै गगन विशेष महाधिवेशन बाट पार्टी सभापति निर्वाचित भएर पुस्तान्तरणको एजेण्डा लाई टुङ्गोमा पुर्याउन सफल रह्यो।
आध्यात्म तर्फ गायत्री परिवारमा एउटा सङ्कल्प छ " हम बदलेगें युग बदलेगा म बदलिन्छु युग बदलिने छ।सारांशमा self correction ।
पुस्तान्तरण र बदलावको लागि जस्तोसुकै शक्ति संग भिड्न नडगमगाउने, अडिग रहने नेपाली कांग्रेस सभापति गगन थापाको नेतृत्वमा कांग्रेस ले सङ्कल्प गरेको छ " कांग्रेस बदलियौं अब देश बदल्छौ "।कांग्रेसले बदलावको शङ्खघोष गरेको छ।त्यो शङ्खनादले जनताको मन छोऐको छ ।जनता अत्यन्त प्रभावित छन्। कांग्रेसको पक्षमा जन लहर बढ्दो छ।समय सापेक्ष बदलाव नै आजको जन आवाज भएकोले नेपाली कांग्रेसको पक्षमा मत माग्ने र कांग्रेस लाई यसपालि हरहालतमा जिताउनु नै पर्ने प्रशस्त आधारहरू छन्।ती आधारहरू लाई जन समक्ष कांग्रेस ले निरन्तर विस्तृत रूपमा clearify गर्दै आएको छ।त्यसैले सबै जनता मन वचन कर्मले प्रण गर्न अति नै आवश्यक छ कि नेपाली कांग्रेस नेतृत्व को सरकार नै अबको सरकार हो।
February 3 2026 ( फागुन १९,२०८२ )
Comments
Post a Comment