सामाजिक सदभाव र राष्ट्रिय एकता

विविधता मा एकता हाम्रो विशेषता हो।सहअस्तित्व,सहिष्णुता,आत्मीयता, संयमता र लोक कल्याण हाम्रो मान्यता हो ।बाँच र बाँच्न देउ हाम्रो मूल मन्त्र हो।

हाम्रो भूगोल सानो छ तापनि अनेकता मा एकता,सहअस्तित्व,सहिष्णुता , आत्मीयता, संयमता र लोक कल्याण, बाँच र बाँच्न देउ यी हाम्रो विशेषता, मान्यता र मूल मन्त्र को करण हाम्रो देश शान्त छ। सुन्दर छ।र प्राकृतिक सामाजिक, सांस्कृतिक, धार्मिक, परम्परागत मूल्य मान्यता र आचार व्यवहार को दृष्टि ले विशाल पनि छ।हाम्रो शान्त, सुन्दर र विशालता लाई खण्डित पार्न क्षेत्रको नाम मा ,धर्मको नाम मा ,भाषा जातजाति पहिचानको  नाम मा राजनीतिक स्वार्थ पुरा गर्न बेलाबखत ताण्डव हुने, जनधन को क्षति हुने गरेको छ।

९० + प्रतिशत जनताको आस्था, विश्वास, धर्म, संस्कृति, परम्परा र भावना   लाई कुल्चदै स्वतन्त्रता को निहुँ मा केही ले गाई काटेर खान पाउनु पर्ने , गाई लाई राष्ट्रीय जनावरबाट हटाउनु पर्ने भन्दै उद्दण्ड अराजक गतिविधि गर्ने र त्यस्ता लाई मन्दिर प्रवेश गर्न नदिएको मा झनै छाडा ढङ्गमा प्रस्तुत भईरहेको अवस्था छ।

साउन १० गते आइतवार सुनसरी देवानगञ्ज स्थित कप्तानगञ्जमा दुई समूह बीच भएको धर्म विवाद झडप तोडफोड आगजनी र हत्याको सनसनी एवं जोखिमपूर्ण घटना ले देश जनता लाई अत्यन्त दु:खी बनायो।पुरै देशको ध्यान त्यस तर्फ तानियो।

घटनाको तत्काल निष्पक्ष छानबिन, दोषीको पहिचान कारबाही सजाय सत्यतथ्य सार्वजनीकरण र यस्तो घटना दोहोरिन नदिन अविलम्ब  आवश्यक दीर्घकालीन उपाय र योजनाको लागि सदन देखि सडक सम्म सर्वत्र बाट आवाज उठी रहेको छ। शान्ति सुरक्षा सामाजिक सदभाव र राष्ट्रीय एकताको लागि राज्य प्रमुख, सरकार प्रमुख, भूतपूर्व राष्ट्रपति,राजनीतिक दलहरू, नागरिक समाज, धार्मिक ,सामाजिक व्यावसायिक पेसागत संघ संस्था सबै एकै ठाउँमा उभिएको छ।प्रमुख राजनीतिक दलहरू लगाएत अन्य सबै दलहरूले आफ्नो केन्द्र देखि तल्लो तह सम्मको पार्टी कार्यालय नेता कार्यकर्ता सबैलाई शान्ति सुरक्षा सामाजिक सदभाव र राष्ट्रिय एकताको लागि सचेत सजग र तत्परता रहन निर्देश गरेको छ।यो राष्ट्रिय एकताको मजबुत पक्ष हो।

सबै लाई थाहा छ कि अपराधी, तस्कर, लुटेरा, माफिया लगाएत आफ्नो धार्मिक या राजनीतिक लक्ष्य प्राप्त गर्न हिंसा या आतङ्कवाद को सहारा लिने जिहादीहरू को लागि नेपाल भारत खुला सिमाना easy entry and exit point बनेको छ। निगरानी रोकथाम र गुप्तचर को पर्याप्त mechanism छैन्।भएको mechanism पनि फितलो छ।तसर्थ सम्भावित शंकास्पद नाकाहरु लगाएत सबै नाकाहरुमा अवस्था र आवश्यकता हेरि निगरानी चेकजाँच रोकथाम र गुप्तचर  mechanism develope गर्ने र चौविसै घण्टा सातै दिन बाह्रै महिना actively alert रहने व्यवस्था मिलाउन जरूरी छ।

सरकार संग अनुमति लिएर वा नलिएर  सञ्चालित मुलत: धार्मिक स्कूल मदरसाहरू को निगरानी अति आवश्यक छ।बहुसंख्यक जनताको सामाजिक ,धार्मिक, सांस्कृतिक, परम्परागत मान्यता आस्था विश्वास र भावना लाई आघात पुर्याउने देश भित्र बाट हुने गतिविधिहरू प्रति शून्य सहनशीलता को नीति अवलम्बन र कार्यान्वयन आवश्यक छ।

आजको संकटावस्था मा जस्तै सामान्य अवस्था मा पनि शान्ति सुरक्षा सामाजिक सदभाव र राष्ट्रीय एकताको लागि विना स्वार्थ ,विना हेलचेक्र्याइँ सबै सचेत सजग र तत्पर रहन जरूरी छ।र यो कार्य लाई mandatory task को रूप ग्रहण गर्नु पनि पर्दछ।

 


Comments

Popular posts from this blog

राजनीति वा प्रतिशोध

वैकल्पिक राजनीतिक शक्ति

संघे शक्ति कलौ युगे