कांग्रेस : मरता क्या न करता

राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र जनताको मौलिक अधिकार याने प्रजातान्त्रिक समाजवाद को प्रवर्तक, प्रवर्धक रक्षक नेपाली कांग्रेस आज पार्टी भित्र नेतृत्वको आधिकारिकता र हकदाबी मुद्दा मा अल्झिएको छ।अन्त्यहीन आन्तरिक खिचातानी को कारण कांग्रेस सरेआम बदचर्चा  को बिषय बनेको छ।आमसमर्थक गदगद होईन् हैरान छन्।

संगठन आफै भाँडिदैन।संगठन भित्रका हरूको कारण भाँडिन्छ।बाँडिन्छ।छिन्नभिन्न हुन्छ।निन्दित हुन्छ।तिरष्कृत हुन्छ।र अन्ततः अस्तित्व को लागि भौँतारिन्छ।

संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा निर्णयार्थ परस्पर मतभेद हुनु, विवाद हुनु स्वाभाविक हो।तर त्यसको पनि सिमा हुन्छ।सीमाको हेक्का राख्न जरूरी छ।अन्यथा संगठन भित्र नेतृत्व को आधिकारिकता लगाएत विविध बिषयहरूमा आफुहरूले नै निर्णय गर्नु पर्नेमा  अड्डा अदालत गुहार्नु पर्ने हुन्छ।अहिले नेपाली कांग्रेस जस्तो भद्र पार्टी को हालत त्यस्तै छ।

नेपाली कांग्रेसमा वि पी कोइराला जस्तो केरिसमेटिक लिडर छैन्।वि पी को अनुयायीहरू हुनुहुन्छ।विचार सिद्धान्त उद्देश्य एउटै भएपनि way of action ,level of performance and behavior फरक फरक हुन्छ।त्यसैले मतमतान्तर, विवाद र गुटबन्दी हुनु दु:खदायी होईन्।विकृती होईन्। स्वाभाविक हो। तर त्यो बेलगाम भयो भने पार्टी को मूल्य मान्यता अनुशासन मर्यादा र एकता मा खलल पुग्न सक्छ।कांग्रेसमा अहिले ठ्याक्कै यस्तै अवस्था छ।


६० + प्रतिशत महाधिवेशन प्रतिनिधिहरू सहभागी विशेष महाधिवेशन बाट सभापति मा निर्वाचित, निर्वाचन आयोग र सर्वोच्च अदालतले  आधिकारिकता को निर्णय गरिसकेको पार्टी सभापति गगन र गगन पक्षधर असन्तुष्ट देउवा खड्का पक्षधरहरू प्रति अत्यन्त अनुशासित, मर्यादित, संयमित एवं मेलमिलाप उन्मुख रहदै आएको छ।  

 " मरता  क्या न करता "भने जस्तै  देउवा खड्का पक्षधरहरू संस्थापन पक्षधर विरूद्ध बढी आक्रामक ढंग मा प्रस्तुत भईरहेका छन्।" निर्वाचन आयोग र सर्वोच्च अदालतले गगन पक्षमा आधिकारिकता को निर्णय गर्यो।तर त्यो निर्णय त्रुटिपूर्ण छ।हामीहरू जहाँ छौ जहाँ उभिन्छौ त्यो नै आधिकारिक कांग्रेस हो।त्यसैले हामीले दिएको पुनरावलोकन मा हुने बहस बाट हाम्रो पक्षमा निर्णय हुनेछ।" पब्लिक मिडियाहरूमा देउवा पक्षधर नेताहरू यस्तो अक्कड तर्क दिईरहेका छन्।

आशा गरौं कांग्रेस को अन्दरूनी विवादमा घुसपैठ हुने छैन्।यदि राजनीतिक लगाएत अन्य स्वार्थ को लागि घुसपैठको सहारा लिन थालियो भने दुईको विवाद तेस्रोको फाईदा भने जस्तै हुने छ।कांग्रेसले अहिलेको अवस्थामा  सङ्कल्पित हुदै स्मरण गर्न अति आवश्यक छ कि :- 

त्रेतायां मन्त्र- शक्तिश्च । ज्ञान शक्ति:  कृते-युगे । 

 द्वापरे युद्ध - शक्तिश्च । संघ शक्ति : कलौ युगे ।

सत्ययुग मा ज्ञान , त्रेतायुग मा मन्त्र , द्वापरयुग मा युद्ध को प्रधानता रहे जस्तै अहिलेको युग मा संघ संगठन र संगठित हुनु नै शक्ति हो।

 

 

Comments

Popular posts from this blog

राजनीति वा प्रतिशोध

वैकल्पिक राजनीतिक शक्ति

संघे शक्ति कलौ युगे