विधायिका विधायक र सुशासन

सुशासन को जग बसाउनु सहज छैन्। देश अहिले सुशासनको जग बसाल्न सङ्क्रमण कालको चरणमा छ।परिवर्तनको लागि नयाँ पिँढीहरू विभिन्न दलको नामले निर्वाचित भई संसदमा पुगेका छन्।परिवर्तनकारी नयाँ सोच भिजन जोशजाँगर र उत्साही नवनिर्वाचित युवा जनप्रतिनिधिहरूले संसद भरीएको छ।आशातीत युगान्तकारी परिवर्तन हुनेमा जनता उत्साहित छन्। नवनिर्वाचित सांसदहरूमा संसदीय पद्धति को सैद्धान्तिक ज्ञान अवश्य हुन सक्छ तैपनि अधिकांशमा अनुभवको कमी प्रष्ट देखिन्छ।विपक्षी वेञ्चमा रहदाको वखत के कसरी प्रस्तुत हुने आधारभूत मान्यता मर्यादा र आचरण विपक्षी वेञ्चमा रहेका नव निर्वाचित दलका नेताहरूमा पटक्कै  देखिएन्।संसदमा अनपेक्षित क्रियाकलाप को वर्चस्व रह्यो।

संसद विधायिका नभएर माईतीघर मण्डला जस्तो देखियो।विधेयक पारित गर्ने थलो होईन् उक्साहत कै भरमा दिनहुँ रोष्टम घेराउ नाराबाजी र छातीमा पोस्टर टाँसी पुरानो शैलीमा उफ्रिने थलो बनेको छ।विपक्षी वेञ्चमा बस्नु भनेको सरकारले आँ उ जेगरे पनि विरोध गर्नु विपक्षीको राजनीतिक धर्म, कर्म ठान्ने सोच र प्रवृत्ति हावी रह्यो।त्यो भनेको नवविकृति हो।भड्किरहने मन माथी बुद्धिको लगाम खुकुलो हुनु प्रायश: नव विजयीहरूमा देखिने कुलक्षण हो।बुई चड्नु आत्मघात हो।

उपयुक्त समयमा संसदमा प्रधानमन्त्री उपस्थित हुनु, बोल्नु, सोधिएका प्रश्नहरूको जवाफ दिनु संसदीय पद्धति हो।तसर्थ सरकार प्रमुख संसदमा उपस्थित हुने नै छन्, बोल्ने छन्, सोधिएका प्रश्नहरूको जवाफ दिनुहुने नै छ तरपनि प्रधानमन्त्री संसदमा आउदैनन् आएपनि बस्दैनन् बसेपनि बोल्दैन् त्यसैले प्रधानमन्त्री संसदमा नआए सम्म नबोले सम्म प्रश्नको जवाफ नदिए सम्म  संसदको काम कारबाही अगाडि बढ्न नदिन विपक्षी दलहरूले विरोध जारी राख्ने  घोषणा गर्दै  दिनहुँ नाराबाजी गरिरहे।विपक्षीहरूको त्यो वालहठले संसदलाई कता मोड्न खोजेको हो ? वास्तवमा त्यो विगतका सरकार प्रमुखहरू घण्टौं सम्म बोल्ने, अनेकौ वाचा गर्ने, फरक मत राख्नेहरू माथी ठाडो आरोप लगाउने, बोल्नको लागि मात्र बोल्ने, विकास र समृद्धि भाषणमा मात्र सीमित राख्ने यस्तो अप्राकृतिक भाषण परम्पराको आदत परेका addicted विपक्षी दल  र नेताहरूको छटपटी मात्र हो।गलत एवं अप्राकृतिक परम्परा बदल्नु, परिमार्जित गर्नु निश्चय नै परिवर्तन को पहिलो कदम हो।

बुझ्न जरूरी छ कि प्रजातन्त्रमा आत्मसम्मानको ठुलो महत्व हुन्छ। आत्मसम्मानको उल्लङ्घन नै आत्मघात हो।तर  विपक्षी वेञ्चमा रहेका नव दल लगाएत अन्य विपक्षी दलका नेताहरू त्यही मार्गमा हिँडिरहेका छन्।

प्रजातन्त्र र  संसदीय अभ्यासमा लामो अनुभव सँगालेका नेपाली कांग्रेसको वरिष्ठ सम्मानित नेता पनि संसदमा हुनुहुन्छ त्यसैले वहाँहरू अहिलेको अवस्थामा संसदमा आफ्नो अनुभव शेयर गरेर मध्यस्थता mediator को भूमिका मा क्रियाशील रहन जरूरी छ। किनकी संसद लाई आफ्नो गन्तव्यमा पुग्ने सिँढी मात्रको रूपमा प्रयोग गर्ने कम्युनिस्ट दलहरू र तिनीहरूको उक्साहतमा संसदको गलत प्रयोग गर्न खोज्ने नवनिर्वाचित दलहरू  बाट संसदको आदर्श र मर्यादा जोगाउनु अहिले को परम आवश्यकता हो तर विडम्बना त्यसो भईरहेको छैन्।

देश व्यापक परिवर्तनको सङ्घारमा रहेको अहिलेको अवस्थामा प्रत्याव्हानको कानूनी व्यवस्था गर्न र कठोरता साथ लागू गर्न सरकार माथी  जन दबाबको अवस्था सृजना हुन सक्छ। 

May 27,2026 ( जेठ १३,२०८३ ) 

Comments

Popular posts from this blog

राजनीति वा प्रतिशोध

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार