राजनीति- सिद्धान्तले वा सिद्धान्तको लागि
राजनीति सिद्धान्तले हुन्छ वा सिद्धान्तको लागि गरिन्छ।यी दुई भिन्न बिषयहरू हुन्।फरक सन्दर्भमा प्रयोग हुव्छ।तथापि यो अत्यन्त पेचिलो एवं संवेदनशील सवाल हो।बहुदलीय शासन पद्धतिमा यो सवाल सुरूवात मै उत्तरित हुनु पर्दछ।यदि यो प्रश्न अनुत्तरित रह्यो भने स्वार्थपूर्ण दलीय राजनीति मा देश जाकिन्छ।विद्वेष को अवस्था उत्पन्न हुन्छ।किनकी दलहरू सत्तामा पुगे पछी अन्ततोगत्वा आफ्नो दलीय चिन्तन र विकास को मोडल लाई प्राथमिकता दिन थाल्दछन्।हामीले दलीय स्वार्थको , दलीय भागवन्डा , गठबन्धनको राजनीति भोग्यौं।अवस्था बदलि सक्यो तापनि अझै विग्रहको अवस्था क्रमशः पैदा हुदै गरेको देख्दै छौ।
नि:सन्देह राजनीति सिद्धान्तले हुनु पर्दछ।शासन सिद्धान्तले चल्नु पर्दछ।विकासको , परिवर्तन को , सु शासन को , पद्धति को , संविधान को ,कानुनको आ-आफ्नो सिद्धान्त हुन्छ।त्यसैमा अक्षरश: टेकेर शासन चल्नु पर्दछ ।त्यतिखेर मात्र पूर्णतः विधिको शासन कायम हुन्छ।सुशासन हुन्छ।सर्वत्र आवश्यकता बमोजिमको स्केलमा विकास हुन्छ परिवर्तन साकार हुन्छ।वर्तमान सरकार त्यस तर्फ अग्रसर छ।
विगत लामो समय देखिन् सिद्धान्त को लागि दलीय राजनीति निरन्तर चलि नै रह्यो।शासन सत्ता दलीय" चिन्तन र विकास को मोडल "मा चलाईयो। ।जतिपनि दलहरू सत्तासीन भए सबैले आ-आफ्नै मोडेल अनुसार, दलीय सिद्धान्त बमोजिम राजनीति गर्दै आए। शासन चलाउदै आए। जसको कारण संविधान , कानुन एवं पद्धति सबै दलीय स्वार्थ बाट ग्रस्त भयो।विकास ,परिवर्तन र सुशासन को सार्वभौम सिद्धान्त ले देश चल्न सकेन्।परिणाम दलहरूले आ-आफ्नो दलीय चिन्तन र विकास को मोडलमा निरन्तर गर्दै आएको शासन सत्ता २०८२ भदौ २३ को जेन जी विद्रोहले ध्वस्त गरिदियो।अन्तत: उँट पाहाड मुनि थिचियो।फेरिपनि अहिले विभिन्न निहुँमा , विभिन्न भाष्यमा ,विभिन्न घटना एवं विषयवस्तुहरूको सन्दर्भमा उडन्ता ढङ्गमा सदनमा सांसदहरू र सडकमा नेताहरू सरकार विरूद्ध खनिरहेका छन्।
सरकार नयाँ छ।नौलोहरू सत्तासीन छन्।राजनीतिक खेल खेल्नमा पोख्त छैनन्।सरकार संचालनमा ,संसद संचालनमा, प्रश्नको जवाफ दिनमा , प्रस्तुतिमा ,कार्य शैलीमा, कार्य सम्पादनमा र व्यवहारमा अनुभव छैन्।परिपक्वता छैन्।त्यसैले प्रक्रियागत त्रुटिहरू भई रहेकोछ। विपक्षी दलका सांसदहरू त्यसैलाई मुख्य तारो बनाउदै झटारो हान्नमा व्यस्त छन्।रणनीतिक रूपमा सरकार विरूद्ध conspiration theory active छ। संसदको हकमा नियम नियमावली बमोजिम को प्रक्रिया अनिवार्य पालन गर्नु पर्दछ।संसद प्रतिको मर्यादा उल्लङ्घन स्वच्छन्दचारी हो।तसर्थ यी बिषयहरूमा सत्तासीनहरू तत्काल सच्चिन अति जरूरी छ ।
त्यसो त संसदमा प्रमुख प्रतिपक्ष लगाएत अन्य दलका नेताहरूले बोल्ने क्रममा हेपाहा तौरमा अमर्यादित एवं अशोभनीय शब्दहरू प्रयोग गर्ने गरेको जगजाहेर छ।संसदमा विरोध मात्र गर्नु विपक्षी दलहरूको पहिलो एव अन्तिम दायित्व हो कि ? आफुले उठाउने विषय सदनमा प्रस्तुत गर्नु पूर्व त्यस संग सम्बन्धित हरकोण बाट अध्ययन गरेर मात्र सुझाव सहित आफ्नो कुरो टेवल गर्न पनि त मिल्छ होला।तर सांसदहरू त्यस तर्फ जान सक्दैनन्।किनकी तिनीहरू निर्देशित छन्।
नेपाली कम्युनिस्ट पार्टी र एमाले लगाएत अन्य कतिपय पार्टीहरूले सरकारको सय दिन पूर्णतः असफल भएको टिप्पणी गरेका छन्।विगतमा कुन दलको सरकारको सय दिन हीरक थियो, स्वर्णिम थियो ? प्रति टिप्पणी स्वाभाविक हो।अहिलेको अवस्था भनेको विकासको,परिवर्तनको, सुशासन को ,पद्धतिको ,विधिको सिद्धान्तले चल्ने अवस्था हो।दलीय चिन्तन र विकासको मोडेलमा शासन चलाउने अवस्था होईन्।त्यसैले विपक्षी दलहरूले आफ्ना सांसदहरू लाई संसदमा संयम, सन्तुलन, समझदारी ,र मर्यादाको निर्देशन दिने, नेताहरू आ-आफ्नो पार्टी सुदृढ़ गर्ने , जनतामा शान्तिपूर्वक आफ्नो कुरो राख्ने र corruption, nepotism लाई निमिट्यान्न गर्न सुशासन को लागि सरकार लाई काम गर्न दिने।यही नै अहिलेको राजनीतिक उपचार हो।
Comments
Post a Comment