रास्वपाको प्रथम महाधिवेशनको उद्घाटनमा गगन
सामान्यतः भन्ने गरिन्छ बोल्न पाउनु नै प्रजातन्त्र हो। तर वास्तवमा बोल्न पाउनु मात्र प्रजातन्त्र होईन्।धीरता साथ श्रवण गर्नु , बुझनु , अध्ययन, विश्लेषण र मनन गर्नु त्यसपछी आफ्नो कुरो बोल्नु त्यो हो प्रजातन्त्र ।साथै त्यस अनुरूप अनवरत आचरण गर्नु प्रजातान्त्रिक संस्कार हो।त्यस बाट गलत बुझाई र गलत व्याख्यानको सम्भावना न्यून हुदै सकारात्मकता र सृजनात्मकता निरन्तर बढ्दै जान्छ।
प्रजातन्त्रमा इतिहास मेटाइदैन्। ऐतिहासिक धरोहरहरू भत्काइदैन्। इतिहासको स्मरण गरिन्छ, सम्मान गरिन्छ र आवश्यक परेको बखत मार्गदर्शन को रूपमा प्रयोग गरिन्छ।ऐतिहासिक धरोहरहरू को संरक्षण संवर्धन गरिन्छ। प्रजातन्त्रको लागि विभिन्न कालखण्डमा विभिन्न दलहरू बाट गरिएको जनान्दोलन, क्रान्ति र आफ्नो जीवन उत्सर्ग गरेका सहिदहरू लाई दलगत रूपमा वर्गीकरण गरिदैन्।ती सम्पूर्ण आन्दोलन क्रान्ति र सहिदहरू लाई देशको इतिहासमा अङ्कित गरिन्छ।सहिदहरूको कुर्बानी कै कारण आज हामी प्रतिस्पर्धात्मक बहुदलीय प्रजातान्त्रिक पद्धति प्रजातान्त्रिक गणतन्त्रको निर्धक्क उपयोग गरिरहेका छौ।त्यसैले इतिहास र सहिदहरूको स्मरण गर्नु सम्मान गर्नु सबैको दायित्व हो।
राष्ट्रिय स्वतन्त्र पार्टी को आषाढ ७ गते चितवनमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशन को उद्घाटन समारोहमा नेपाली कांग्रेस सभापति गगन थापाको मन्तव्य स्वगत योग्य छ।प्रजातन्त्रको स्थापना ,संरक्षण , सम्बर्धन र संस्थागत विकासमा निर्णायक नेतृत्व गर्दै इतिहास रचेको जनतामा आधारित दल mass based party नेपाली कांग्रेसको सभापतिको हैसियतमा गगनको त्यो सम्बोधन अभिभावकीय अभिव्यक्ति होईन्। त्यो अभिव्यक्ति लाई अभिभावकीय अभिव्यक्ति ठान्नु पनि हुदैन्।गगनको त्यो अभिव्यक्ति corruption & nepotism विरूद्ध Good governance सुशासन को निमित्त अनवरत संधर्षरत एक सहयात्री को अभिव्यक्ति हो।
गगनको त्यो अभिव्यक्ति बाल कांग्रेस देखि पार्टी सभापति सम्म आइपुग्दा सरकारमा रहदा नरहदा पार्टी भित्र बाहिर प्रत्यक्ष परोक्ष आफुले देखेको भोगेको संघर्ष गरेको अनुभवहरू लाई यथारूपमा खुला ह्रदयले आत्मालोचना साथ शेयर गर्नु भएको हो।हुनत राजनीतिमा संलग्न नयाँ पिँढीहरूको लागि त्यो अभिव्यक्ति यथार्थपरक प्रेरणादायी सन्देश पनि हो।
प्रजातन्त्रमा नेता लाई भगवान मान्नु , बा मान्नु दासता हो।त्यस्तो सोच र प्रवृत्ति बाट मुक्त हुनु पर्दछ।नेपाली कांग्रेस भित्र आफू लाई भगवान ठान्ने, बा ठान्ने सोच र प्रवृत्तिका शिर्ष नेताहरू अझपनि हुनुहुन्छ भने वहाँहरू लाई ससम्मान खोपीको बा खोपीको भगवानको रूपमा स्थापित गरिदिनु बेहतर हुनेछ।किनकी जनताको सोच निकै परिवर्तन भईसकेको अवस्था छ।अबको राजनीति सोचे भन्दा पनि निकै पेचिलो, चुनौतीपूर्ण हुने निश्चित छ।त्यसैले गगनको नेतृत्वमा नेपाली कांग्रेस जरो देखि टुप्पो सम्म सुदृढ हुदै पूर्ण क्षमता र पूर्ण गतिमा असरदार ढंगमा अधि बढ्नु आवश्यक छ।
Comments
Post a Comment