नेपाली कांग्रेस: महाधिवेशन/ नेतृत्व परिवर्तन

अन्ततः नेपाली कांग्रेस केन्द्रीय समितिले निर्वाचन अघि पुष २६-२८ गते नियमित महाधिवेशन गर्ने स्वागत योग्य निर्णय गर्यो।कुनैपनि बिषयमा निर्णय गर्नु पर्दा आयोजित बैठक मन्थनमा केन्द्रित रहनु पर्दछ नकि विवादमा।किनकी मन्थन बाट क्रियाशीलता बढ्छ।एकता मजबुत हुन्छ।तर विवादले भित्र भित्रै  कुहाउछ , र lobby गुट लाई सशक्त बनाउछ।जुन पार्टीको एकता र मजबुतीको लागि स्लो पोईजन हो।

वास्तवमा वर्तमान राष्ट्रीय राजनीतिको सन्दर्भमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अघि वा पछी पार्टीको महाधिवेशन गर्ने निर्णय गर्नु अत्यन्त महत्वपूर्ण एवं संवेदनशील बिषय हो।त्यस बिषयमा गहन मन्थन हुनु पर्थ्यो तर केन्द्रीय समितिको बैठक मन्थनमा भन्दा पनि विवादमा केन्द्रित रह्यो।त्यसैले बैठक निकै लम्बियो।

बैठकमा पार्टीको हित भन्दा पनि lobbyको हित हाबी रह्यो।दिग्गज  नेताहरू मार्ग दर्शकको होईन् lobbyist को भूमिकामा सक्रिय देखियो।भनौ वहाँहरूमा एक किसिमको sense of self importance , an attitude of being better than others, superior complex प्रशस्त देखियो।

नियमित महाधिवेशन मात्र होईन् ५४% को हस्ताक्षरले मांग गरेको विशेष महाधिवेशन समेत निर्वाचन अघि कुनैपनि हालतमा सम्भव नरहेको अडानमा रहनु भयो।यति मात्र होईन् ५४% को हस्ताक्षरमा फर्जी हस्ताक्षर पनि रहेको तुच्छ आरोप पनि लगाईयो।फलतः विवाद मच्चियो।विवाद मच्चाइनु निन्दनीय हो।

विशेष महाधिवेशन पक्षधरहरूको आयोजनामा मंसिर १० गते राष्ट्रीय सभा गृह काठमाण्डूमा सम्पन्न विशेष सभाले ठुलो दबाब सृजना गर्यो।पार्टी सभापति देउवाको supremacy कायम राख्दै वहाँको निर्देशनमा निर्वाचन अघि नियमित महाधिवेशन गर्ने सर्वसम्मत निर्णय भयो।

अब बाँकी रह्यो नेतृत्व परिवर्तन ।पार्टी नेतृत्वले समग्र क्षेत्रमा दूरगामी महत्व राख्दछ भन्ने बिषय आफैमा महत्वपूर्ण छ।जेन जी आन्दोलन बाट सृजित वर्तमान राजनीतिक परिवेशमा quality & strength को साथ प्रतिस्पर्धा  गर्न सक्ने नेतृत्व नै आजको आवश्यकता हो।

फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने, निर्वाचनमा भाग नलिने भन्ने दलहरू लाई सहभागी गराउन संवाद गर्ने, सरकार लाई आवश्यकता अनुसार सहयोग एवं खबरदारी गर्ने र वर्तमानको संवैधानिक जटिलताको निकास फागुन २१ मा हुने निर्वाचन हो । नेपाली कांग्रेसको यो निर्णयले जेन जी आन्दोलन पछीको वर्तमान परिवर्तित राजनीतिक माहोल लाई औपचारिक रूपमा स्वीकार गर्यो।साथै निर्वाचन पछीको प्रतिनिधि सभामा कांग्रेसको बाक्लो प्रतिनिधित्व हुने र तत् पश्चात् गठन हुने सरकार बाट जनताले चाहेको खोजेको ढङ्गमा राष्ट्रीय चुनौतीहरूको सामना गर्ने, समाधान गर्ने सन्देश दिएकोछ।कांग्रेसको यो निर्णयले जनतामा सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ।जनता कांग्रेस प्रति अझ बढी विश्वस्त हुन थालेका छन्।

राजनीतिक माहोल बदलिएको छ।त्यसैले पार्टी नेतृत्व चयन गर्दा र निर्वाचनको लागि उम्मेदवार तय गर्दा पुर्ख्यौलि हिसाबले होईन् वर्तमान राजनीतिक माहोल ले खोजेको आधारमा गर्नु पर्दछ।

आशा गरौं पार्टी सभापतिको निर्वाचनमा कांग्रेसले पुस्तान्तरण लाई आत्मसात गर्दै तुलनात्मक रूपमा चर्चाको अग्रिम पङ्क्तिमा रहेका नेता गगन थापा लाई पार्टी नेतृत्वको अवसर प्रदान गर्नेछ।गगन आजको आवश्यकता हो।साथै निर्वाचित हुने भावी पार्टी नेतृत्व लाई सबैको सहयोगमा पार्टी मजबुत बनाउदै कांग्रेस mass based party हो भन्ने आगामी निर्वाचन बाट प्रमाणित गरेर देखाउनमा सफलता मिलोस।


 






Comments

Popular posts from this blog

वैकल्पिक राजनीतिक शक्ति

नेताकृत राजनीति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार