जनता वर्तमानमा केन्द्रित छन
देश अहिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटेको छ।सबै भन्दा ठुलो दल नेपाली कांग्रेस लगाएत अन्य दलहरू चुनावी माहोल सृजना गर्ने चरणमा छन्।रास्वपा उम्मेदवारहरूको पहिचान र तिनीहरुको पक्षमा जनलहर पैदा गर्न त्यो दलको बहुचर्चित नेता चुनावी देश दौडाहामा व्यस्त छन्।
राष्ट्रीय राजनीतिको एउटा प्रमुख दल नेकपा एमालेको अध्यक्ष जेन जी आन्दोलन ताका को प्रधानमन्त्री ओली अझै पनि आगो उकेल्दै हुनुहुन्छ।स्थिति निर्वाचन अनुकूल नरहेको बताउदै हुनुहुन्छ। ओलीको उक्त भनाई लाई जनताले वर्तमान माहोल उहाँको फेवरमा नरहेको संकेतको रूपमा अर्थ्याइ रहेका छन्।
जेन जी आन्दोलनको कट्टर विरोधी ओली अहिले सामाजिक सञ्जाल मार्फत जेन जीहरू प्रति सद्भाव र सहानुभूति प्रकट गर्दै हुनुहुन्छ।जनताले बुझेका छन् कि त्यो गोहीको आँसु जस्तै हो।
देश कसैले जलाएको छैन्।हरेक आन्दोलनमा घुसपैठ त हुन्छ नै।त्यसलाई रोक्नु नियन्त्रणमा लिनु तत्कालीन सरकारको चुनौतिपूर्ण दायित्व हो।त्यो दायित्व प्रभावकारी ढङ्गमा बहन गर्न नसक्नु नै घुसपैठीहरू सशक्त हुनु हो।घुसपैठीहरू छद्मभेषमा जो पनि हुन सक्छ।
फागुन २१ मा हुने निर्वाचन भ्रष्टाचार विरूद्ध सुशासनको लागि हो।यसर्थ निर्वाचन विथोलियो भने भदौ २३ र २४ को हत्या घुसपैठ लुटपाट र आगजनीको घटना लाई बिर्साउने महाभारतको भुँवरीमा देश फस्ने छ।त्यसैले हरहालतमा निर्वाचन सम्पन्न हुनु नै पर्दछ।सबैले आ आफ्नो ठाउँ बाट साथ सहयोग पुर्याउनु नै पर्दछ।निर्वाचन भाँड्ने, अस्थिरता फैलाउने , जनता लाई भ्रमित गर्ने , जतिबेला पनि औलो ठडाउने , आगो उकेल्ने कार्य कसै बाट पनि हुनुहुदैन्।
सभापति गगन थापाको नेतृत्वमा अहिले कांग्रेस टुटफुट र आन्तरिक सङ्क्रमण बाट मुक्त भएको छ।Derail हुन बाट जोगिएको छ।कांग्रेस ऐक्यबद्ध छ।
भ्रष्टाचार,नातावाद कृपावाद र कुशासन विरूद्ध जेन जी आन्दोलनको मांग लाई जेन जी आन्दोलन लगत्तै आत्मसात गर्दै सामाजिक सञ्जाल मार्फत् सार्वजनिक अभिव्यक्ति दिएका तत्कालीन महामन्त्री वर्तमान् सभापति गगन थापाको नेतृत्वमा १६५ वटै निर्वाचन क्षेत्र बाट उम्मेदवारी दिएको एकमात्र दल नेपाली कांग्रेस निर्वाचनको लागि जनता माझ जनताको साथमा तम्तयार छ।जनता उत्साहित छन्।
जेहनमा राख्न जरूरी छ कि विगतको निर्वाचनको तुलनामा फागुन २१ मा हुने निर्वाचनको आकलन गर्न निकै कठिन छ।पैसा, झुठो आश्वासन र गुण्डा शैलीमा चुनाव जित्ने विगतको तौरतरिकाले यसपालि काम गर्ने छैन्।किन कि नेताहरुको पैसाको स्रोत, झुटो वचनबद्धता र गुण्डा शैली बाट जनता वाकिफ छन्।
जनता वर्तमानमा केन्द्रित छन्।त्यसैले बुझ्न जरूरी छ कि अब जनता दलहरूको गाथा, गुणगान बाट मात्र प्रभावित एवं सञ्चालित हुने छैनन्।
Comments
Post a Comment