नेपालको भूराजनीति
तीन तिर भारत र उत्तरमा चीनसंग सीमा जोडिएको हाम्रो देश नेपालको भूराजनीति अत्यन्त डेलिकेट छ।क्षत्रिय एवं विश्व राजनीतिमा सामरिक दृष्टिले हाम्रो स्थलाकृति को महत्व अद्वितीय छ।त्यस प्रति सबैको चासो पनि छ।हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तै छ।अत्यन्त नाजुक छ।संवेदनशील छ।त्यसैले भारत र चीन संग सम्बन्धको दौरान हामीले आफ्नो हैसियतको निकै समझ राख्नु पर्दछ। गुमाउनु हुदैन्।
ठुलो आकार, थुप्रै जनसंख्या , सैन्यबल र सम्पन्नताले मात्र हैसियतको निर्धारण गर्दैन्।हैसियत भनेको पहिचान हो । स्वाभिमान हो।सन् १८१४ अक्टोबर ३१ देखि नोभेम्वर ३० सम्म ६०० सैन्यवलको साथ लिएर ब्रिटिस ईष्ट इन्डिया कम्पनीको ५००० सैन्यबल संग बलभद्र कूँवरले एक महिना लामो नालापानी युद्ध लडेका थिए।प्रत्यक्ष लडाइ असफल भएपछी अन्ततः ब्रिटिस सेनाले किल्लाको पानी मुहान बन्द गरिदियो।तरपनि बलभद्रले आत्मसमर्पण गरेनन्।यही हो हामी नेपालीको हैसियत पहिचान र स्वाभिमान ।अन्ततः बाँकी बचेका ७० जना सेना साथ लिएर किल्ला बाट बाहिरिए।देशको लागि आफ्नो लडाइ लडे्।
स्थलाकृतिको कारण भारत र चीन संगको हाम्रो सम्बन्धको स्वरूप फरक छ।हुनत् विज्ञान प्रविधि र आविष्कारको आजको अवस्थामा विकट लाई निकट र दुर्गम लाई सुगम बनाउन असम्भव छैन्।त्यसको लागि त्यही अनुसारको अप्रोच चाहिन्छ।तर हम्रो अप्रोच एप्रोप्रियत छैन्।त्यसमा स्थिरता र निरन्तरता पनि छैन्।भौगोलिक बनोटको कारण दक्षिण संग हाम्रो सामाजिक सांस्कृतिक धार्मिक कनेक्शन त छदैछ।आर्थिक निर्भरता आवश्यकता भन्दा बढी छ।तथापि हामीलाई कसैको काख चाहिएको छैन्।कसै प्रति मात्र झुकाव राख्नु छैन्।हामीले दक्षिण बाट नपाए उत्तर दौडिन्छौं र उत्तर बाट नपाए दक्षिण झुक्छौं।आवश्यकता र अवस्था हेरि चाइना कार्ड र इण्डिया कार्ड प्रयोग गर्छौं।यसरी नै हामी आफ्नो हैसियत पहिचान र स्वाभिमान लाई फितलो पार्दै हाम्रो नाजुक भूराजनीति लाई झनै कमजोर पार्दै आएका छौं।
हामी दाताको सहयोगी भावनाको मर्दन गर्न पनि चुक्दैनौं।चीनको सहयोगमा स्थापित सुसंचालित त्यति धेरै कलकारखानाहरू भारतको दबाबमा प्राइभेटाइजेशनको नाममा उखेलि दियौं।हाम्रो यस्तो पागलपनको दीर्घकालिक नकारात्मक प्रभाव दुई देश बीचको सम्बन्धमा पर्ने तर्फ हामी गम्भीर भएनौं।स्पष्ट छ लिपुलेक,लिम्पियाधुरा र कालापानी हाम्रै हो।अति दुर्गमताको कारण ती क्षेत्रहरूको शासन प्रशासन भोगचलन र निगरानीमा निश्चयनै हाम्रो कमजोरी रह्यो।नक्सामा अङ्कित नरहेको तर्फ हामी गम्भीर रहेनौं।तथापि स्वामित्व हाम्रै हो।
लिपुलेक हुदै मानसरोवर जाने बाटो भारतले आफूखुसी बनायो र २६ वैशाख २०७७ मा उदघाटन पनि गर्यो।नेपालले असहमति जनाउंदै कूटनीतिक नोट पठायो।भारतले जवाफ नै दिएन्।नेपाली भूमी लिपुलेक,लिम्पियाधुरा र कालापानी समावेश गरेर भारतले ७ मंसीर २०७६ मा नक्सा अपडेट गरेर सार्वजनिक गर्यो।नेपालले विरोध गर्दै कूटनीतिक नोट पठायो ।फेरिपनि भारतले जवाफ दिएन्।नेपाल ले आफ्नो ती भूमी समावेश गरि ७ जेठ २०७७ मा अपडेटेड नक्सा सार्वजनिक गर्यो।नेपाल ले भन्दा अगाडी भारतले ती नेपाली भूमी आफ्नो नक्सामा समावेश गरिसकेको थियो।त्यसैले नेपालले भारतीय भूमी आफ्नो नक्सामा समावेश गर्यो भन्दै भारतले नेपाल माथी " उलटा चोर कोतवाल को डाँटे " भने जस्तै हचुवा आरोप लगाउन थाल्यो।
चीनले २०२३ मा प्रकाशित गरेको आफ्नो नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको भूभाग हो भनेर उल्लेख गरिदियो।नेपालले विरोध जनायो।चीनको यो कार्यले भारत लाई बल मिल्यो।झल्याँस्स त तब भयो जब नेपाली भूमि लिपुलेक नाका बाट भारत र चीनले सीमा व्यापार पुन: प्रारम्भ गर्ने सहमति चीनीयाँ विदेश मन्त्री wang yi को मई १८ - १९,२०२५ भारत भ्रमणको क्रममा दुई देशको विदेश मन्त्रीहरू बीच सहमति भयो। महाकाली पूर्वको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न अङ्ग हो ।यो स्पष्ट संग औपचारिकरूपमा नेपालको नक्सामा समावेश छ र संविधानमा पनि उल्लेखित छ भन्दै नेपाल सरकारले विरोध जनायो।तर भारतले खडाखडी जवाफ फर्कायो " यस्ता दावीहरू न त जायज छन् न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छन्।क्षेत्रको कुनैपनि एकतर्फि कृत्रिम विस्तार दावीहरू असम्भव छन्..।लिपुलेक नाका भएर भारत चीन बीच १९५४ मा प्रारम्भ भएको सीमा व्यापार दशकौ देखि चलिरहेकोमा कोभिड र अन्य धटनाक्रमको कारण अवरुद्ध भएको र अहिले दुवै पक्ष पुन: शुरू गर्न सहमत भएका छन् ।"
सन् १९५४ देखि लिपुलेक नाका बाट भारत चीन सीमा व्यापार प्रारम्भ भएको भन्ने भारतीय वैदेशिक मामिला मन्त्रालय प्रवक्ता रणधीर जयसवालको भनाई तथ्यहीन रहेको २०१५ मा भारतीय प्रधानमन्त्री मोदीको चीन भ्रमण कालमा जारी संयुक्त विज्ञप्तिले स्पष्ट गर्दछ ।त्यस अवसरमा दुई देशले पहिलो पटक लिपुलेक नाका बारे छलफल गरेको र मोदी र चीनियाँ प्रधानमन्त्री ली केकियाङ्ग Li Keqiang लिपुलेक नाका बाट व्यापार बढाउन सहमत भएको may 15,2015 मा जारी संयुक्त विज्ञप्तिको बुँदा 28 मा उल्लेख छ।स्रोत The Tribune चण्डीगढ़ भारत।
भारत र चीनले आफुहरू बीच रहेको सीमा विवाद झडप लगायत अनेकन समस्या मत्थर र समाधानको लागि नयाँ ढंगमा अगि बढने स्वार्थमा नेपाल लाई अचानु बनायो।भारत रूस अमेरिका र चीन बिचको वर्तमान तनाव पनि एउटा कारक हो।आज नेपाल संग कुनै सरोकार नराखि हाकाहाकी हाम्रो भूमिको मूल्यमा भारत र चीनले जे जस्तो सहमति गरे त्यसबाट स्पष्ट हुन्छ हामीले हाम्रो हैसियत पहिचान र स्वाभिमान गुमाएका रहेछौ।हामी त कूटनीतिक नोट माथि नोट पठाउनमा मात्र सीमित रह्यौं।
नेपाल संग भारत र चीन लाई बाध्य बनाउने त्यस्तो विशेष बिषय र उपाय सम्भवत् छैन्।सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मिएको ऐतिहासिक सत्य तथ्य लाई जसरी हामीले ऐक्यबद्ध भएर सशक्तरूपमा अन्तर्राष्ट्रियकरण गर्दै भारतीय मिथ्या प्रचार र प्रमाण लाई धुलो चटाइ दियौ त्यसरी नै भारतीय विस्तारवाद र गुण्डैजम को निरन्तर चौतर्फी विरोध गरौं।कूटनीतिक नोट माथि नोट मात्र पठाएर हाम्रो हैसियत पहिचान र स्वाभिमानको थप खिल्ली नउडाउ। लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भएको ऐतिहासिक सत्य तथ्य प्रमाण सहित अन्तर्राष्ट्रीयकरण गरौ।
जननी जन्मभूमिश्च , स्वर्गादपि गरीयसी
Comments
Post a Comment