जेन जी आन्दोलन- एउटा अभियान

 अन्तस्करण बाट नै हेक्का राख्न जरूरी छ कि जेन जी आन्दोलन विध्वंस थिएन होइन्।त्यो भ्रष्टाचार, नातावाद कृपावाद विरूद्ध सुशासनको लागि थालिएको एउटा अभियान हो।भदौ २३ को आन्दोलन जेन जी अभियानको प्रथम चरणको शान्तिपूर्ण सडक प्रदर्शन मात्र थियो। जस्लाई तत्कालीन सरकार प्रमुखको सनक र दम्भले हिंसक बनायो।जेन जी अभियान ठप्प भईसकेको छैन्।अझै जारी छ।त्यसैले देश ठप्प पार्ने , सरकार ढाल्ने उदघोष गर्नु सर्वथा राजनीतिक सनकीपन हो।यस्तो सनकले विश्राम लिनु नै पर्दछ।तर एमाले त्यो अवस्था बाट अघि बढिसकेको छ।यस्तो सनक बाट जनता मूलतः नेपाली कांग्रेस लगाएत अन्य राजनीतिक दलहरू सजग रहन जरूरी छ।

एमाले माथी छोए मात्र देश ठप्प हुनु पर्दछ, सरकार ढालिने छ । अध्यक्ष ओलीको यस्तो हुङ्कार डरले अत्तालिएको भयभीत विरामी मनःस्थितिको उपज हो।

किनकी एमाले लाई छुने कसैको लागि आवश्यक छैन्।तर भदौ २३ गतेको जेन जी आन्दोलनमा १९ युवाहरूको गोली हानि हत्या गर्ने तत्कालीन सरकार प्रमुख एमाले अध्यक्ष ओली लाई ढिलो चाडो हरहालतमा छुन अतिनै आवश्यक छ।तत्कालीन गृहमन्त्रीले त्यसै दिन राजीनामा दिएर नैतिक जिम्मेवारी  प्रदर्शन गर्यो।छानबिन आयोगमा वयान दिन पनि तयार हुनुहुन्छ तर २३ गतेको जघन्य घटना पछि  पैदा हुन सक्ने भयावह एवं विशेष परिस्थितिको रोकथाम प्रति तत्कालीन सरकार प्रमुख गम्भीर नरहेकै कारण  २४ गतेको घुसपैठ, आगजनी ,लुटपाट , जघन्य अपराधको अवस्था सृजना भएको थियो | आफु मारिने डरले मात्र राजीनामा दिई सेनाको संरक्षणमा पुगेका ओलीको दम्भ , सनक र ममत्वको मानसिकता नै २४ गतेको घटनाको लागि जिम्मेवार थियो।

वर्तमान सरकार र  छानबिन आयोग लाई ठाडै अवज्ञा गरिरहेको ओलीले आफ्नो सुरक्षाको खातिर " एमाले नेतृत्व माथी छोय मात्र देश ठप्प र सरकार ढाल्ने " विष वमन गर्दै सिङ्गो एमाले लाई अखाडामा उतारेका छन्।

मुलुकको राजनीतिमा अग्रगामी भूमिका निर्वाह गर्दै समृद्ध नेपाल सुखी नेपालीको लागि निरन्तर लागिरहेको एमाले जस्तो ओजस्वी पार्टीको ११औं महाधिवेशन बाट पूनर्निर्वाचित भएको शुभ क्षणमा अध्यक्ष बाट शुभ  वचन अभिव्यक्त हुनु पर्नेमा कुवचन अभिव्यक्त हुनु दुर्भाग्य हो।

रामायणको एक प्रमुख पात्र लङ्कापति रावण अत्यन्त विद्वान महापण्डित थिए । अति नै अहङ्कारी पनि थिए।दशरथ पुत्र श्रीराम सत्य न्यायको  प्रतिक थिए।तर रावणले श्रीराम लाई एक तुच्छ मानव मान्दथ्ये।सत्य न्यायको  लडाइँमा अन्ततः श्रीराम बाट रावण लगाएत सबैको अन्त्य भयो।स्मरण रहोस्।

 


Comments

Popular posts from this blog

वैकल्पिक राजनीतिक शक्ति

नेताकृत राजनीति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार