Posts

बकबक को राजनीति

 बकबक को राजनीति प्रकाशित:-फागुन २०,२०७६( March 3,2020 )     राजनीति भन्या  बकबक होईन्।यो सम्पूर्ण नीतिको मूल धुरा हो।यस बाट नै ती नीतिहरूको पाङ्ग्रो  गुड्छ र पाङ्ग्रो को गुड़ाइ घुराको अवस्थामा निर्भर गर्दछ ।राजनीति एउटा आदर्श हो र चरित्र पनि हो त्यसैले त यस्को लागि संस्कार आवश्यक मात्र होईन् अपरिहार्य छ।देश र जनता लाई सुख शान्ति समृद्धी स्वतन्त्रता सार्वभौम अखण्डता र स्वाभिमान को अवस्था मा पुर्याउने यो आफैमा एउटा हाईवे (राजमार्ग ) हो।समग्र लक्ष्य प्राप्तिका लागी देश र जनता प्रति समर्पित र संगठित दलहरू त्यो हाईवे मा अाआफ्नो गाडी गुडाइ रहेका हुन्छन्।यसै क्रम मा वुझेर नवुझेर,लोभमा दवावमा परेर,अात्तिएर मात्तिएर साना ठुला दुर्घटनाहरू भईनै रहन्छ।कहिलेकांही दुर्घटना अत्यन्त गम्भीर प्रकृतिको हुन्छ र परिणाम सामाजिक न्याय व्यवस्था उथलपुथल मात्र होईन् स्वतन्त्रता सार्वभौम अखण्डता माथी संगीन वज्रपात पनि हुन्छ।यस्तो दुर्घटना को हामीलाई अवगत छ।भोगी पनि रहेका छौं।   राजनीतिमा नेताहरू बाट आकलझुकल चुटकिला,उखान टुक्का प्रयोग हुदा श्रोताहरूमा पुनर्ताजा, हॉसो,रमाईलो र स्...

हामी हाम्रा दुई छिमेकीहरू

 हामी हाम्रा दुई छिमेकीहरू प्रकाशित:- पौष २४,२०७६ ( Jan. 9,2020 ) छिमेकी आवश्यक छ र चाहिन्छ भन्ने भनाई र प्रचलन हाम्रो गाँउघरमा रहे जस्तै क्षेत्रीय  एवं अन्तरराष्ट्रीय राजनीतिमा पनि छिमेकीको अवधारणाले निकै महत्व राख्दछ ।छिमेकीको अवस्था र स्वभाव जस्तोसुकै भएता पनि सम्बन्ध स्थापित गर्नु नितान्त आवश्यक छ।तर आफ्नो स्थान राखेर मात्र तिनीहरू को प्रवृत्ति अनुरूप व्यवहार गरिनु पर्दछ अनीमात्र आर्थिक सामाजिक विकास प्रविधी र सैन्य  लगाएत विविध क्षेत्र मा सशक्त भएपनि छिमेकी संग व्यवहार गर्दा सतर्क रहन्छ lआर्थिक सामाजिक र भौगोलिक अवस्था को वाध्यात्मकताको आधारमा नतमस्तक लाचार र लम्पसार ढंगमा  छिमेक संग प्रस्तुत हुनु हुदैन।स्वतन्त्रता स्वाभिमान सार्वभौम भुअखण्डता नै सम्बन्धको आधार हुनु पर्दछ।छिमेक संगको सम्बन्ध असन्तुलित र अत्यधिक निर्भरतापूर्ण छ भने विकल्प तिर   लाग्नु नै पर्दछ।सिमाना जोडिएको अर्को छिमेक संग हरेक क्षेत्रमा समयमै क्रमश: सम्बन्ध विस्तार गर्दै छिमेकीहरू संगको सम्बन्ध लाई सन्तुलित अवस्थामा पुर्‍याउनुनै पर्दछ अन्यथा समय परिस्थिती    अनुरूपको थिचोमिच...

राजनीतिको पाल्तुहरू

 राजनीतिको पाल्तुहरू प्रकाशित:- कार्तिक २५,२०७६ ( Nov.11,2019 ) पाल्तु भन्या सर्व ज्ञात शब्द हो।यो शब्द ले मूलतःघरमा पाल्न हुने पशुपक्षी लाई इङ्गित गर्दछ।पाल्तुकर्ता लाई सहयोग,सुविधा,मनोरंजन हुने र नीजको आवश्यकता पूर्ति गर्ने पशुपक्षी घर गोठ तबेला पिजंडा र खोर मा पालिन्छ l पाल्तु पशुपक्षी सम्बन्धी दह्रो कानून र कार्यान्वयन नभईसकेको अवस्थामा पाल्तु लाई आफुखुशी गरिन्छ l दुध दिय सम्म,खेत जोत्न,ढुवानी र सवारी साधन तान्न, मुसा मार्न,घर घरपरिवारको सुरक्षा गर्न र विभिन्न आवाज र स्वर निकालि मनोरंजन दिय सम्म वडो मजा संग रूचि पूर्वक पालिन्छ।तर पाल्तुहरू बाट प्राप्त एवं पूर्ति हुनु पर्ने  आवश्यकता,सहयोग,सुविधा,र मनोरंजन पाउन छाडेसी सड़क,वन जंगल मा बेवारिस छाडिन्छ उडाईन्छ l शोभा,सुरक्षा,सहयोग र विश्वास को सन्दर्भमा कुकुर लाई एक नम्बर मा राखिन्छ l कुकुर जुनसुकै नश्ल,जस्तोसुकै आकार स्वरूप स्वभाव को भएतापनि पूर्ण क्षमताका साथ मालिकको रक्षा सेवा र आदेशको पालना गर्दछ ।रक्षा र आदेश पालन नै पालनको मूल उद्देश्य हो।ऐन,कानुन,नीति,    नियम,नैतिकता,मानवता,न्याय अन्याय ,मर्यादा ,उचित अनुचित ...

चुनौतीको राजनीति

 चुनौतीको राजनीति प्रकाशित:- आश्विन ५,२०७६( Sept.22,2019 )   राजनीतिमा चुनौती,चेतावनी,निषेध, प्रतिबन्ध बहिष्कार,अवज्ञा,बन्द,जाम आदी इत्यादि शब्दहरू को चरम प्रयोग मात्र होईन् व्यवहारमा सोही अनुरूपको क्रियाकलापले निरन्तरता पाउदै आएको जगजाहेर छ | यसै सन्दर्भमा केही समय अघि नेताहरूले सर्वदलीय बैठकमा सामूहिक रूपमा एक्येवद्धता जनाउदै गरेको राजनीतिक निर्णय मुलुकको वर्तमान राजनीतिको एउटा उल्लेखनीय कार्य त हो नै | राजनीतिक घटनाक्रमको दर्पणमा हेरेर तुलनात्मक एवं तार्किक ढंगमा विश्लेषण गर्ने हो भने त्यो निर्णय र एक्येवद्धता लाई “विभिन्न कोण बाट आएका मुलुक र जनता लाई वैतरणी पार गराउदै स्वर्गानन्द को अवस्थामा पुर्याउन् प्रजातन्त्रको पुच्छर समाउदै प्रजातान्त्रिक गणतन्त्रात्मक संघीयता को विशाल सागर मा पौडी खेल्दै गरेका हाम्रा दिग्गज संघर्षशील नेताहरूको विडम्बनापूर्ण कार्य भन्नुनै पर्ने हुन्छ”| राजनीतिक संघर्ष र जनयुद्ध को दौरान विगतमा चेतावनी,प्रतिबन्ध र निषेध झेलेका हाम्रा नेताहरू बाट कडकियर धाँटीको नशा फुलाउदै ती नै शब्दहरू को उच्चारण भईरहेको र जुन बिषय लाई आधार बनाकर एक्येवद्धता जनाउदै दी...

राजनीतिको घोडा

 राजनीतिको घोडा प्रकाशित:- साउन ११,२०७६ ( July 27 2019 ) राजनीति घोडा जस्तै हो | मानव विहीन अवस्थामा घोडा को अस्तित्व रहदैन् | त्यो अवस्थामा राजनीति पनि त अस्तित्व हीन हुन्छ | राजनीति को क्रियाशिलताका लागी मानव समाज र नेतृत्व को खाँचों पर्दछ | घोडा दौडिन्छ तर आकर्षक , प्रशंसनीय ,चाल ,ताल र भरोसायुक्त ढंग मा दौडि्न घोडा स्वयं मा पर्याप्त हुदैन् | शिक्षा र खेल मा गुरू र प्रशिक्षक को खॉचो परे जस्तै घोडाको कौशलपूर्ण दौडा्इका लागी सवार को खॉचो पर्दछ | सवार कौशलयुक्त भएमा घोडा घोडाकै हैसियतमा आकर्षक,मनमोहक,प्रशंसनीय एवं भरोसायुक्त ढंगमा दौडिन्छ तर सवार कौशलयुक्त नरहेको अवस्था मा घोडा गधा र खच्चर को दौड दौडीन थाल्द्छ |  नेतृत्व कौशलयुक्त रहेको अवस्था मा राजनीति आकर्षक,प्रशंसनीय,अनुकरणीय,भरोसायुक्त ढंगमा अगाडी बढद्छ।देश र जनता लाई निर्धारित लक्ष्य् मा पुर्याउदछ l नेतृत्व कुशल नरहेको अवस्थामा राजनीति दुर्गन्धीत हुन्छ र सर्वत्र दुर्गन्ध फैलाउदैं देश र जनता लाई संक्रामक एवं महामारी को अवस्थामा पुर्याउदछ l राष्ट्रीय अन्तराष्ट्रीय राजनीतिमा राष्ट्रीयअन्तराष्ट्रीय क्षेत्रीय एवं दलीय राजनीति...

राजनीति र शक्ति प्रदर्शन

 राजनीति र शक्ति प्रदर्शन प्रकाशित:- असार ६ २०७६ ( June 21 2019 ) राजनीति निश्चित रूपमा शक्ति हो तर स्वार्थ प्रेरित शक्ति अवश्य होईन्| राजनीति को विशुध्द प्रयोग दुर्लभ छ | विकृत प्रयोग विकराल छ | देशैभरि फेंद देखी टुप्पो सम्म लटरम्म फैलिएको छ | झांगिएको छ| भन्नुनै  पर्ने हुन्छ नेता र कार्यकर्ताहरू मात्र होईनन् हामी जनताहरू समेत लाई विकृत राजनीति को लत लागी सकेको छ | विशुद्ध राजनीति को पैरवि गर्ने हरू एक्लिन्छन् | यो सर्वविदित यथार्थ हो | तर पनि राजनीति को विकृत प्रयोग लाई विस्थापित गर्दै विशुद्धता को लागी अनेकन प्रयास भई रहनु अत्यावश्यक छ अन्यथा मानव हराउंदै जाने र मानवरूपी दानव पैदा हुदै जाने अवस्था ले निरन्तरता पाउने छ | राजनीति शक्ति केन्द्रित हुन्छ | यो उर्जा हो | शक्ति को स्रोत हो | राजनीति बाट नै वर्ग समन्वय र वर्ग संघर्ष का हिमायती हरू जन्मिन्छन् | जनताको कांध माथी चढेर,जनता माथी टेकेर शक्ति प्रदर्शन गर्ने, सत्तामा पुग्ने हरू र जनताको कांधमा कांध मिलाउदै होस्टे हैंसे गर्दै शक्ति प्रदर्शन गर्ने,सत्तामा पुग्ने यी दुबै खाले शक्ति को स्रोत राजनीति हो | राष्ट्रिय अन्तराष्ट्र...

राजनीतिमा आतंक

 राजनीतिमा आतंक प्रकाशित :- चैत्र २२ २०७५ ( April 5 2019 ) राजनीतिमा आतंकले स्थान बनाई सकेको अवस्था छ| आतंक अनेक रूपमा देखापर्दछ| सामाजिक आतंक,आर्थिक आतंक,धार्मिक आतंक | यी सबै खाले आतंक को मुल राजनीति नै हो | आतंक लाई संविधान,ऐन कानूनानुसार राज्य सरकारले वर्जित गर्दछ तर पनि आतंक जनविद्रोह, जनयुद्ध हुदै राज्यको सशक्त   राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छ र सत्ता क़ब्ज़ा गर्दछ वा जनताको मत बाट वैधानिक ढंगमा सत्तासीन  हुन्छ | आतंक भनेको बन्दुक गोला वारूद हिंसा मात्र होईन् | आतंक निह्त्था विनाहातहतियार को पनि हुन्छ | अहिसां अवज्ञा आन्दोलनले पनि त त्रास चिन्ता तनाव दवाव र सन्देह को वातावरण सृजना गर्दै  जस्को विरूद्ध अहिसां र अवज्ञाको आन्दोलन गरिएको छ त्यो शक्तिको नैतिक साहस र क्षमता लाई कमज़ोर पार्द्छ | समग्रमा आतंक को स्वरूप चाहे अहिंसात्मक शान्तिपूर्ण होस वा गोला वारुद विस्फोट हिंसात्मक होस  त्यस्ले डर आशंका दवावको वातावरण सृजना गर्दछ | समाज र जनताको नैतिक साहस मनोवल खलवलिन्छ र समाज असहज दवावयुक्त असामान्य अवस्थामा पुग्दछ | असामान्य स्थिती पैदा  भई डर, ...