चुनौतीको राजनीति

 चुनौतीको राजनीति

प्रकाशित:- आश्विन ५,२०७६( Sept.22,2019 )

 

राजनीतिमा चुनौती,चेतावनी,निषेध, प्रतिबन्ध बहिष्कार,अवज्ञा,बन्द,जाम आदी इत्यादि शब्दहरू को चरम प्रयोग मात्र होईन् व्यवहारमा सोही अनुरूपको क्रियाकलापले निरन्तरता पाउदै आएको जगजाहेर छ | यसै सन्दर्भमा केही समय अघि नेताहरूले सर्वदलीय बैठकमा सामूहिक रूपमा एक्येवद्धता जनाउदै गरेको राजनीतिक निर्णय मुलुकको वर्तमान राजनीतिको एउटा उल्लेखनीय कार्य त हो नै | राजनीतिक घटनाक्रमको दर्पणमा हेरेर तुलनात्मक एवं तार्किक ढंगमा विश्लेषण गर्ने हो भने त्यो निर्णय र एक्येवद्धता लाई “विभिन्न कोण बाट आएका मुलुक र जनता लाई वैतरणी पार गराउदै स्वर्गानन्द को अवस्थामा पुर्याउन् प्रजातन्त्रको पुच्छर समाउदै प्रजातान्त्रिक गणतन्त्रात्मक संघीयता को विशाल सागर मा पौडी खेल्दै गरेका हाम्रा दिग्गज संघर्षशील नेताहरूको विडम्बनापूर्ण कार्य भन्नुनै पर्ने हुन्छ”| राजनीतिक संघर्ष र जनयुद्ध को दौरान विगतमा चेतावनी,प्रतिबन्ध र निषेध झेलेका हाम्रा नेताहरू बाट कडकियर धाँटीको नशा फुलाउदै ती नै शब्दहरू को उच्चारण भईरहेको र जुन बिषय लाई आधार बनाकर एक्येवद्धता जनाउदै दीईएको चुनौती र निषेध को राजनीतिक संकेत कै कारण मुलुक को राजनीतिमा विरोध र आलोचनाको तरङ्ग फैलिएको अवस्था छ | यही त हो राजनीतिक विडम्बना को चरमोत्कर्ष |

राजनीतिको शाश्वत सत्य भन्या  प्रजातन्त्र हो | राष्ट्र र जनता को सर्वोपरिता लाई शीर्ष स्थानमा राखी संविधानको भावना अनुरूप अक्षरस पालना र जनमतको क़दर गर्दै जनचाहना अनुसार संचालन हुने  शासन पद्धती नै प्रजातांत्रिक पद्धती हो| त्योपद्धती संसदीय,राष्ट्रपतिय,विकेन्द्रीकरण को सिद्धान्त मा आधारित एकात्मक,संवैधानिक राजतंत्र कुनै पनि हुन सक्दछ | प्रजातन्त्रमा निर्विकल्प हुदैन् | विकल्प को ढोका सदासर्वदा खुला रहन्छ | विकल्प प्रजातंत्रवादीहरूको लागी सह्य हुन्छ तर सर्वसत्तावादी को सोंच साँची राख्ने हरूको लागी असह्य् हुन्छ र वेलावखतमा तीनीहरूको बोली पटाका जस्तै पडकिने गर्दछ |“निरंकुशता,सामन्तवादी राजा महाराजाहरूको ज़िन्दगीभर चाकडी,दलाली गरेका दलाल,दासहरू गणतन्त्र संघीयताको विरूद्ध बकबक गरी रहे भने चुनौती दीन चाहान्छु |”सत्तासीन दल का अर्को अध्यक्ष बाट सार्वजनिक रूपमा व्यक्त यस्तो चुनौती आमजनताको मन मस्तिष्क बाट पक्कै पनि हटि सक्या छैन् होला | परिवर्तन राजनीतिको मूल हो | राजनीति निर्विकल्प हुनु भनेको निरंकुश हुनु हो |संघीयता को अभ्यासको दौरान अनेकन जटिलता पैदा हुदै गरेको वर्तमान अवस्थामा राजा फर्किन्छ,फर्काइन्छ भन्नु  राजतन्त्र को हाङ्ओवर मात्र हो | जन आन्दोलन र जन युद्ध को वखतमा नेताहरूको टाउका को मोल तोकिएको थियो |  आन्तरिक र वाह्य राजनीतिक तारतम्य,चॉजो पॉजो र तालमेल मील्यो | गणतन्त्र आयो | संघीयता भित्र्याइयो | धर्म निरपेक्षता लादियो |

सर्वदलीय बैठक प्रजातन्त्रको महत्वपूर्ण पक्ष हो | राजनीतिक दल जुनसुकै पृष्‍ठभूमी बाट आएको भएतापनि तिनीहरू को मूल लक्ष्य देश र जनता हो | देश र जनता लाई सर्वोपरि राख्दै क्रियाशील हुन्छन | सर्वदलीय बैठक को सन्दर्भमा व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने नगर्ने सम्पूर्ण दलहरू सहभागी बैठक लाई व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने दलहरू मात्र सहभागी बैठक को तुलना मा विषेश मानिन्छ l सत्तासीन दल ले संघीय संसद मा प्रतिनिधित्व गर्ने दलहरूको मात्र सर्वदलीय बैठक को आयोजना गरेर प्रजातांत्रिक अभ्यास को प्रयास त गरेकै हो | बैठक ले जे जस्तो निर्णय गर्‍यो र जे जस्तो आधारमा एक्येवद्धता जनायो त्यो निर्णय र एक्येवद्धता अली अप्ठेरो,असज र चुनौतीपूर्ण भएको आमजनताले महशुस गरेका छन् | जनआवाजको प्रतिनिधित्व प्रजातन्त्र ले गर्दछ |त्यसैले प्रजातन्त्रमा राजनीतिक प्रतिस्पर्धा स्वाभाविक हुन्छ | तर चुनौती वहुमत को दम्भ मात्र हो |


विस्थापित शक्तिहरू चलबलाएकै हुन् त? के तिनीहरू को चलबलाहत लाई सरकार ले थेग्नै नसक्ने अवस्था सृजना भई सक्या हो त? पक्कै पनि होईन् | विस्थापित शक्ति हरू चलवलाएको  बकबक गरिरहेको र संघीयता,लोकतन्त्र ,गणतन्त्र  माथी हुने् सबै प्रहार विरूद्ध एकतावद्ध हुने कुरो सत्तासीन दल ले राजनीतिक तिकड़म को क्रम मा फालेको राजनीतिक तास को दुईटा पत्ता मात्र हो | सत्तासीन दल को अर्कों अध्यक्ष ले विस्थापित शक्ति हरू गणतन्त्र संघीयता विरूद्ध बकबक  गरिरहेको भन्दै सार्वजनिक रूपमा गरेको चुनौती को उदधोष को पक्षमा संघीय संसद मा प्रतिनिधित्व गर्ने दलहरू लाई सामूहिक रूप मा उभ्याउन , सत्तासीन दल ले पटक पटक संविधान को उल्लंघन गरेको र सरकार प्रमुख को मातहत शक्ति केन्द्रित गरिरहेको आरोप लगाउदै संसद र सड़क तताइ रहेको प्रमुख प्रतिपक्ष लगाएत अन्य दलहरू लाई अलमलाउन् र तिनीहरू को विरोधको गति लाई मत्थर पार्न सर्वदलीय बैठक आयोजना गरिएको चर्चा सर्वत्र चलेको सर्वविदित  नै छ |

विस्थापित शक्तिहरू चलवलाएको र गणतन्त्र,संघीयता विरूद्ध बकबक गरिरहेको भन्ने कुरो मूल समस्या होईन् | सत्तासीन दल बाट पटक पटक भईरहेको संविधान उल्लंघन र सरकार प्रमुख अधीन शक्ति केन्द्रित गर्नु र गरिरहनु नै मूल समस्या हो  | संविधान को रक्षा, मर्यादा ,अक्षरस पालना  र त्यस्का ख़ातिर प्रतिपक्ष द्वारा निरन्तर भईरहेको विरोध मूल विषय हो | सर्वदलीय बैठकमा संविधान को संरक्षण,मर्यादा र भावनानुरूप अक्षरस पालना को पक्षमा र संविधान मिचाई को विरूद्धमा ऐक्यवद्धता जनाउनु पर्थ्यो तर विडम्बना धाउ एकातीर मलम अर्कों तीर भन्या जस्तो भयो | सत्तासीन दल का अर्का अध्यक्ष ले उदघोष गरेको चुनौतीको पक्षमा प्रमुख प्रतिपक्ष दल लगाएत सर्वदलीय बैठकमा उपस्थित सबै दलहरू लाई उभ्याउन सत्तासीन दल सफल रह्यो | यही त हो नी राजनीतिक बोका को अवस्था भन्या | 

——————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार