राजनीति र शक्ति प्रदर्शन
राजनीति र शक्ति प्रदर्शन
प्रकाशित:- असार ६ २०७६ ( June 21 2019 )
राजनीति निश्चित रूपमा शक्ति हो तर स्वार्थ प्रेरित शक्ति अवश्य होईन्| राजनीति को विशुध्द प्रयोग दुर्लभ छ | विकृत प्रयोग विकराल छ | देशैभरि फेंद देखी टुप्पो सम्म लटरम्म फैलिएको छ | झांगिएको छ| भन्नुनै पर्ने हुन्छ नेता र कार्यकर्ताहरू मात्र होईनन् हामी जनताहरू समेत लाई विकृत राजनीति को लत लागी सकेको छ | विशुद्ध राजनीति को पैरवि गर्ने हरू एक्लिन्छन् | यो सर्वविदित यथार्थ हो | तर पनि राजनीति को विकृत प्रयोग लाई विस्थापित गर्दै विशुद्धता को लागी अनेकन प्रयास भई रहनु अत्यावश्यक छ अन्यथा मानव हराउंदै जाने र मानवरूपी दानव पैदा हुदै जाने अवस्था ले निरन्तरता पाउने छ |
राजनीति शक्ति केन्द्रित हुन्छ | यो उर्जा हो | शक्ति को स्रोत हो | राजनीति बाट नै वर्ग समन्वय र वर्ग संघर्ष का हिमायती हरू जन्मिन्छन् | जनताको कांध माथी चढेर,जनता माथी टेकेर शक्ति प्रदर्शन गर्ने, सत्तामा पुग्ने हरू र जनताको कांधमा कांध मिलाउदै होस्टे हैंसे गर्दै शक्ति प्रदर्शन गर्ने,सत्तामा पुग्ने यी दुबै खाले शक्ति को स्रोत राजनीति हो | राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिमा शक्ति प्रदर्शन एउटा महत्वपूर्ण हथकण्डा को रूपमा स्थापित भईनै सकेको छ | जातिय सर्वोच्चता क़ायम गर्दै विश्व क़ब्ज़ा गर्न असफल विश्व विजेताहरू ले मच्चायको यौद्धिक ताण्डव र त्यस लाई रोक्न निस्तेज गर्न छेंडिएका युद्ध बाट सृजित विश्व युद्धहरू र सर्वहारा वर्ग को विश्वव्यापी वर्चस्व क़ायम गर्न शुरू गरिएको वर्ग संघर्ष कै परिणाम व्यापक नर संहार बाट मानव अस्थिपन्जर को विशाल पहाड़ नै बनेको धटनाहरू विश्व राजनीतिक इतिहास को पानाहरूमा देख्न पढन सकिन्छ | यी सबै विनाशकारी नरसंहारकारी धटनाहरू शक्ति प्रदर्शन कै परिणाम थियो |हतियार को निर्माण,प्रदर्शन,परिक्षण,सैनिक अभ्यास ,सबै खाले नाकाबन्दी, गठबन्धन यी सबै शक्ति प्रदर्शन को विभिन्न अवस्था र स्वरूपहरू हुन् | शक्ति प्रदर्शन सकारात्मक,नकारात्मक , रक्षात्मक,आक्रामक जे जस्ताे स्वरूप को भएता पनि त्यस्बाट जन धनको क्षति र विनाश हुन्छ नै त्यो भन्दा पनि राजनीतिक दादागिरी को अवस्था पैदा हुन्छ |
मुलुक को राजनीतिमा शक्ति प्रदर्शनका थुप्रै घटनाहरू जनताले देख्दै भोग्दै आएका छन् |सत्तामा पुग्न,टिकिरहन, राजनीतिमा आफ्नो पहुँच र उपस्थिति दर्साउन पनि शक्ति प्रदर्शन हुने गरेको प्रसस्त उदाहरणहरू छन् |जन निर्वाचित प्रधानमंत्री मनमोहन अधिकारी ले अस्पताल को शैय्या बाट नै पद बाट राजीनामा दिएका थिए | प्रधानमंत्री को कार्यालय र संसद मा उपस्थित हुने समय उनले पाएनन् | ने.का. को समर्थन फिर्ता र अविश्वास को प्रस्ताव को शक्ति प्रदर्शनको कारण ले मनमोहन अधिकारी( ऐमाले) बाघ्य् हुनु परेको थियो | त्यो क्षण ने. का. को लागि सहज थियो होला तर ऐमाले को लागि पक्कै पनि असहज थियो | आज मुलुकको राजनीतिक अवस्था र परिस्थिति बदलिएको छ | नेकपा को ऐतिहासिक वहुमत को सरकार को अवस्थाले सरकार परिवर्तन को अस्थिर अवस्था लाई केही हद सम्म स्थिरता दिलाएको छ तर शक्ति प्रदर्शन को अवस्था लाई चौतर्फी वढावा एवं निरन्तरता भने दिएकै छ |
संसदमा जवाफ दिने क्रम मा प्रमुख प्रतिपक्ष ने.का. तर्फ इंगित गर्दै सरकार प्रमुख बाट निम्छरो,आक्रोश र कुण्ठा शब्दहरू को प्रयोग गरिनु र “प्रश्नहरू को जवाफ चाहीएको छ वा छैन्” जस्तो ठाडो वाक्य को प्रयोग हुनु बहुमत को दम्भ मात्र होईन् शक्ति प्रदर्शन को ज्वलन्त नयॉ रूप हो | न्यूनतम राजनीतिक मर्यादा र संस्कार लाई वेवास्ता गर्दै सरकार प्रमुख बाट त्यस्तो तुच्छ वाणी प्रहार हुनुआफै मा लज्जास्पद
त हुदै हो त्यो भन्दा पनि प्रजातांत्रिक मर्यादा आचरण र संस्कार माथी ज़बरदस्त वामपन्थी मुड्की प्रहार पनि त हो नी | त्यो क्षण ने.का.को लागि असहज,अपमान एवं आपत्तिजनक त अवश्य थियो नै तर प्रजातांत्रिक अभ्यास मा रहेको सत्तासिन नेकपा को लागी शिर निहुरिएको, आत्मालोचनाको क्षण थियो | ति शब्द र वाक्य संसदको अभिलेख बाट हटाईनु पर्ने,फिर्ता लिनु पर्ने,आत्मालोचना गर्नु पर्ने,वहुमतको दम्भ,प्रजातन्त्र संसदीय प्रणालीको विरुध्द आदीइत्यादी फलाक्दै समय खर्चिनु भन्दा पनि संसदमा त्यस्ता तुच्छ शब्द हरू र वाक्य को प्रयोग गरिनु हुंदैन् भन्ने सरकार प्रमुख लाई प्रशस्त थाहा हुंदा हुदै पनि प्रहार गरी छाडे | किन ? यस तर्फ प्रमुख प्रतिपक्ष गम्भिर हुनु पर्ने,सोच्नु पर्ने खॉचो छ| प्रमुख प्रतिपक्ष मौजुद रहेर पनि महसुस नभएको अवस्था छ| प्रमुख प्रतिपक्ष ले के गर्नु पर्ने हो, के गर्दै छ त्यो छर्लङ्ग छ,वहस गर्नु पर्ने ज़रूरी नै छैन् | धर भित्र आक्रोश ,असन्तोष र खिंचातानी को समुन्द्र बनीसकेको अवस्था छ | त्यो समुन्द्र को मन्थन गरी बिष अलग गर्दै अमृत पैदा गर्नु पर्ने मा जागरण र दौडाहा को कार्यक्रम तय गरी दौडिनु आफै मा असमन्जस त छदैं छ त्यो चाला देखेर प्रजातन्त्रवादीहरू हैरान छन् |जनता कार्यकर्ताहरू जागा छन्,जागरूक छन्,सचेत छन्,तम्तयार छन् तसर्थ जागरण जनतामा होईन् नेताहरूमा चाहिएको छ |यही यथार्थ हो |
सत्तासिनहरू लाई सत्ता को मात लाग्न सक्छ | इतिहास साक्षी छ | त्यसैले प्रतिपक्ष लाई प्रजातन्त्रको पहरेदार भनिन्छ | प्रतिपक्ष कमज़ोर हुनु,सही ढंगमा सशक्त रूपमा प्रतिपक्ष को भूमिका निर्वाह गर्न नसक्नु ,आफै भित्र अल्झीरहनु ,
प्रजातन्त्रको पहरेदार को भूमिका निर्वाह गर्न प्रजातांत्रिक मूल्य मान्यता अनुरूपको शक्ति प्रदर्शन गर्न नसक्नु भनेको प्रजातन्त्र कमज़ोर हुनु हो | प्रजातन्त्र संकट मा पर्यो,विधीको शासन चल्न सकेन् भने सत्तासिनहरू दोषी हुन्छन् नै |त्यो अवस्थाका लागी प्रतिपक्ष लाई पनि ज़िम्मेदार ठहराईन्छ| यही त हो नी प्रजातन्त्र |
—————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment