राजनीतिमा आतंक

 राजनीतिमा आतंक

प्रकाशित :- चैत्र २२ २०७५ ( April 5 2019 )


राजनीतिमा आतंकले स्थान बनाई सकेको अवस्था छ| आतंक अनेक रूपमा देखापर्दछ| सामाजिक आतंक,आर्थिक आतंक,धार्मिक आतंक | यी सबै खाले आतंक को मुल राजनीति नै हो | आतंक लाई संविधान,ऐन कानूनानुसार राज्य सरकारले वर्जित गर्दछ तर पनि आतंक जनविद्रोह, जनयुद्ध हुदै राज्यको सशक्त   राजनीतिक शक्तिको रूपमा स्थापित हुन्छ र सत्ता क़ब्ज़ा गर्दछ वा जनताको मत बाट वैधानिक ढंगमा सत्तासीन  हुन्छ | आतंक भनेको बन्दुक गोला वारूद हिंसा मात्र होईन् | आतंक निह्त्था विनाहातहतियार को पनि हुन्छ | अहिसां अवज्ञा आन्दोलनले पनि त त्रास चिन्ता तनाव दवाव र सन्देह को वातावरण सृजना गर्दै  जस्को विरूद्ध अहिसां र अवज्ञाको आन्दोलन गरिएको छ त्यो शक्तिको नैतिक साहस र क्षमता लाई कमज़ोर पार्द्छ | समग्रमा आतंक को स्वरूप चाहे अहिंसात्मक शान्तिपूर्ण होस वा गोला वारुद विस्फोट हिंसात्मक होस  त्यस्ले डर आशंका दवावको वातावरण सृजना गर्दछ | समाज र जनताको नैतिक साहस मनोवल खलवलिन्छ र समाज असहज दवावयुक्त असामान्य अवस्थामा पुग्दछ | असामान्य स्थिती पैदा  भई डर, आशंका, असुरक्षा, वेचैन ,तनाव र दवाव को अवस्था सृजना हुनु भनेकै आतंक हो | 

दोस्रो विश्वयुद्ध पछि अन्तरराष्ट्रीय राजनीतिमा आतंकले क्रमश: स्थान ओगट्दै आएको र विभिन्न मुलुकहरूमा राजनीतिक उद्देश्य प्राप्ती का लागी आतंक को विभिन्न तरिकाहरू प्रयोग मा ल्याइएको अनेकेन उदाहरणहरू विश्व इतिहास को पानाहरू मा हामी पाउंदछौ| नयॉ शासन व्यवस्था  प्रारम्भ भई संस्थागत नभईसकेको,नेता कर्मचारी र जनता अभ्यस्त् नभईसकेको,दल र नेताहरू साम्राज्यवादीहरूको ग़ुलामी गरिरहेको र आफ्नो राजनीतिक, आर्थिक ,सामाजिक,धार्मिक र सामरिक स्वार्थ सिध्द गर्न साम्राज्यवादीहरूको गिद्दे नीति र हस्तक्षेप को भुमरी बाट मुक्त भईनसकेको हाम्रो मुलुक को राष्ट्रीय राजनीतिमा आतंक सशक्त रहेको अवस्था छ | 

एउटा ब्यङ्गात्मक गीतले देशभरि सनसनी फैलाउंदछ | सत्तासीन एउटा खेमा र त्यस्को भ्रातृ संगठन आतंकित हुन्छ | गीत सच्याउन प्रसारण रोक्न फ़ोन र विज्ञप्ति बाट दवाव दिन्छन्| त्यो कार्य को सर्वत्र विरोध र व्यापक सड़क प्रदर्शन हुन्छ।एकजना सांसद महोदयले त्यो गायक लाई संसद बाट नै नगद पुरस्कार को उदघोष गर्दछन्  | सरकार प्रमुख चुप लागेर बस्नै सकेन् र एउटा कार्यक्रममा बोल्दछन् “ जनताले नरूचाय पछि प्रसारण बाट हटाउनै पर्‍यो ”| सत्तासीनले आफ्नो दल र भ्रातृ संगठनकाहरू लाई मात्र जनता ठान्दो रहेछ | पंचायती शासकहरूले आफ्नो आसेपासे र भ्रातृ संगठनकाहरू लाई मात्र जनता ठान्द्थ्ये |तिनीहरूको भनाई र गराई लाई जनताको बोली ठान्द्थ्ये | वर्तमानका यी नै नेताहरू त्यस्तो प्रवृत्ति को घोर विरोध गर्दै संघर्षरत थिए | तर विडम्बना आज ती नेताहरूको सत्तासीन सरकार ले पंचायती सामन्तवादी शैलीमा जनताको परिभाषा गरेका छन् | तुलनात्मक रूपमा कम्युनिष्टहरू वढी राष्ट्रवादी र विकासवादी हुन्छन् | सत्तासीन दलको पार्टी एकता छिटो  तुङ्गियोस र देशले चौतर्फी फड्को मारोस भन्ने तीव्र चाहना आमजनताको छ |नेताहरूको भाषणमा पार्टी एकताले गति लिएको छ र अन्तिम चरणमा पुगेको छ तर व्यवहारमा पार्टी एकताको गति लन्ठ्याङ लन्ठ्याङ छ | कम्युनिष्टहरूमा व्यक्तिगत ,पारिवारिक  स्वार्थ र लाभ पटक्कै हुदैन् | आर्थिक घोटाला गर्ने,विभिन्न काण्डहरूमा मिलोमतोगर्ने,घुस्याहा,दलाल,माफ़ियाहरू संग सांठगांठ गर्ने,सातपुस्ता सम्म पुग्ने गरी सम्पत्ति जोड्ने,सत्ताको दुरूपयोग गर्ने, साम्राज्यवादीहरूको ग़ुलामी गर्ने आदी इत्यादि कार्य कम्युनिस्टहरू बाट कदापि हुदैन् |कम्युनिष्टको मूल्य मान्यता नै यही हो | तर सत्तासीन दलका हाम्रा नेताहरू बाट यस्ता सबै कार्य हरू तीव्र गतिमा भई नै रहेको छ | यस्को अर्थ कम्युनिष्ट मूल्य मान्यता नेताहरूको विचार र बोलीमा मात्र सीमित छ | व्यवहारमा कार्यशैली शतप्रतिशत सामन्तवादी | भन्नु पर्ने नै हुन्छ हाम्रा सत्तासीन नेताहरू प्रदुषित कम्युनिष्ट हुन् |यो आरोप होईन् सबै लाई थाहा भएको यथार्थ हो|यस्तो किन?यस्को कारण छ| सत्तासीन हाम्रा खॉंटी कम्युनिष्ट नेताहरूको सामाजिक जीवनको घेरै समय वि.सं.२००७ पछि को सामन्तवादी परिवेशमा बितेको,धेरैजसोको जन्म, लालन पालन, शिक्षादीक्षा,सरसंगत,उठबस त्यही परिवेशमा भएको,कतिपय शीर्ष नेताहरूको धेरै समय भुमिगतअवस्था

मा मित्र राष्ट्र भारतको कठोर सामन्तवादी समाजमा बितेको हुंदा त्यो सामाजिक वातावरणको छाप तिनीहरू को दिमागको एउटा कुनामा सुसुप्त अवस्था मा रहेकै थियो | आज सत्तामा पूर्ण रजाँइ को अवस्थामा पुग्दा सुसुप्त अवस्थामा रहेको त्यो छाप अजिंगरले सिकार निल्न आफ्नो मुख लाई विकराल वनाए जस्तै विकराल भएको मात्र हो | तसर्थ सत्तासीन हाम्रा वामपन्थी नेताहरू सामन्तवादी समाज बाट प्रदुषित छन् भन्नु नै पर्ने अवस्था को सृजना नेताहरू बाट नै भएको छ |

टीकापुर हत्याकाण्ड का नाईके फ़रार अवस्थामै संसद निर्वाचनमा उम्मेदवार बन्दछन् | विजयी हुन्छन् | आत्मसमर्पण गर्दछन् |थुनामा बस्दछन् | सासंद को शपथ लिन्छन् र अन्त्यमा जन्मकैद को फ़ैसला सुनाइन्छ | रा.ज.पा. ले समर्थन फिर्ता लिन्छ | सरकार बाट बाहीरिन्छन | पृथकतावादी को आरोपमा जेलमा रहेका स्वतन्त्र मधेश का नेता रिहा हुन्छन् |राजनीतिक सहमति घोषणा कार्यक्रममा नेपाल सरकार को प्रतिनिधि र स्वतन्त्र मधेश गठबन्धनको प्रतिनिधि बीच स-सम्मान ११ वूदें सहमति पत्रमा हस्ताक्षर हुन्छ | आफ्नो दल र सत्ता सहभागी कसैलाई पनि सुइँको नदीई जेलमा रहेका स्वतन्त्र मधेश का नेता संग सुरुङ मार्ग बाट महिनौ देखी सरकार प्रमुख सम्पर्कमा रहदैं आएको समेत ख़ुलासा हुन्छ |सुरक्षित अवतरण र राजनीतिक स्पेस को अवसर का लागि प्रधानमन्त्री लाई धन्यवाद दींदै स्वतन्त्र मधेश गठबन्धनको प्रतिनिधिले ढुक्कसाथ आफ्नो कुरो राखी हाले “ अब की वार एक ही माँग जनमत संग्रह ........”स्वतन्त्र मधेश को पृथकतावादी आन्दोलन आजका मिति देखि समाप्त भएको र जनमत को क़दर गर्दै अखण्ड नेपाल को समृद्धि र नेपालीको सुखका लागि संविधान सम्मत ढंगमा क्रियाशील रहने कुरो उल्लेख नै भएन् गरिएन् | पृथकतावादी विध्वंसकारी ठुलो माछो लाई सुरक्षित अवतरण गराई राजनीतिक स्पेस दिईएकोमा नेपाल सरकार को प्रतिनिधि ले वडो गौरवकासाथ पंचायती शैलीमा भनिहाले “मुलधारमा सम्मिलित भएको”| तराई क्षेत्रमा “ जनमत दो आज़ादी लो” को नारा घन्किरहेकै छ,घन्काइ राख्यानै छन् |स्वतन्त्र मधेश शंकाको घेरा बाहीर छंदैछैन् | जनमत पार्टी लाई निगरानीको सूची मा राख्नै पर्छ र त्यो पार्टी ले पनि सार्वभौम जनताको मतको क़दर गर्दै समृद्ध अखण्ड नेपाल र सुखी नेपाली जनता को लागि तत्पर रहेको देखाउनै पर्दछ | 

ने.क.पा (विप्लव )ने.क.पा. होईन् | त्यो मात्र विप्लव समूह हो| लुटनका लागि ने क पा को बर्को हटाए हुन्थ्यो नि |सरकार प्रमुख बाट सार्वजनिकरूपमा यस्ता कुराहरू व्यक्त हुनु भद्दा राजनीतिको नमुना हो | ने क पा  (विप्लव )   निस्चित रूपमा आतंककारी एवं विध्वंसकारी होईन् | देश र जनताको लागि संघर्षरत  एउटा राजनीतिक शक्ति हो | समस्या समाधानका विविध प्रजातांत्रिक उपायहरूको ढोका बन्द गरी ने.क.पा ( विप्लव )माथी प्रतिबन्ध लगाउनु मुठभेड् निम्त्याउनु हो | केही समय यता टीकापुर हत्याकाण्ड ,स्वतन्त्र मधेश गठबन्धन,रा.ज.पा.को समर्थन फिर्ता र सरकार बाट वाहीरिनु,ने.क.पा.(विप्लव ) माथी को प्रतिबन्ध लगायतका धटनाहरू जे जसरी विकसित भयो त्यस्को के कस्तो परिणाम आउने हो त्यो गर्भ मा छ | भोली पैदा हुने नै छ |

————————महेन्द्र बहादुर सिहं

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार