राजनीतिको पाल्तुहरू
राजनीतिको पाल्तुहरू
प्रकाशित:- कार्तिक २५,२०७६ ( Nov.11,2019 )
पाल्तु भन्या सर्व ज्ञात शब्द हो।यो शब्द ले मूलतःघरमा पाल्न हुने पशुपक्षी लाई इङ्गित गर्दछ।पाल्तुकर्ता लाई सहयोग,सुविधा,मनोरंजन हुने र नीजको आवश्यकता पूर्ति गर्ने पशुपक्षी घर गोठ तबेला पिजंडा र खोर मा पालिन्छ l पाल्तु पशुपक्षी सम्बन्धी दह्रो कानून र कार्यान्वयन नभईसकेको अवस्थामा पाल्तु लाई आफुखुशी गरिन्छ l दुध दिय सम्म,खेत जोत्न,ढुवानी र सवारी साधन तान्न, मुसा मार्न,घर घरपरिवारको सुरक्षा गर्न र विभिन्न आवाज र स्वर निकालि मनोरंजन दिय सम्म वडो मजा संग रूचि पूर्वक पालिन्छ।तर पाल्तुहरू बाट प्राप्त एवं पूर्ति हुनु पर्ने आवश्यकता,सहयोग,सुविधा,र मनोरंजन पाउन छाडेसी सड़क,वन जंगल मा बेवारिस छाडिन्छ उडाईन्छ l शोभा,सुरक्षा,सहयोग र विश्वास को सन्दर्भमा कुकुर लाई एक नम्बर मा राखिन्छ l कुकुर जुनसुकै नश्ल,जस्तोसुकै आकार स्वरूप स्वभाव को भएतापनि पूर्ण क्षमताका साथ मालिकको रक्षा सेवा र आदेशको पालना गर्दछ ।रक्षा र आदेश पालन नै पालनको मूल उद्देश्य हो।ऐन,कानुन,नीति, नियम,नैतिकता,मानवता,न्याय अन्याय ,मर्यादा ,उचित अनुचित यी सबै कुरा तिनीहरू मा लागू हुदैन् ।मालिकले अह्ययसी हरहालतमा गरीहाल्ने l यस्मा अचम्म मान्नु पर्ने सोच्नु पर्ने कुरै छैन् । आखिर पशु त हो नि ।तर अचम्म मान्नु पर्ने सोच्नु पर्ने गुदी कुरो के रहेछ भने मानव पृथ्वी लोक को सर्वश्रेस्ट प्राणी भनिएतापनि मानिस पनि पाल्तु हुदोरहेछ ।
मानव समाजमा राजा महाराजा लगायत छोटे बडे सबै खाले वोसहरूले सानशौक र मूलतःसुरक्षा का लागी मानवजत्था पाल्तु को रूपमा राख्ने गरेको देख्या सुन्या सत्य हो ।यस्ता पाल्तुहरू खासगरी हत्या एवं अपराध स्वभाव का लठैट,पहलवान, सुटर,भांडभैलो मच्चाउनेहरू हुन्छन lयस्ता पाल्तुहरू एकोहोरो हुन्छन।एकतर्फी ट्राफिक मा मात्र विश्वास गर्दछन् ।मालिकको आदेश तामेल गर्नु तिनीहरूको परम दायित्व हुन्छ । राजनीतिमा पाल्तुहरूको प्रयोग लामों समय देखी हुदै आएको सर्वविदित नै छ।पाल्तुहरूको बढ्दो चलखेल कै कारण आज राजनीतिमा अपराधीकरण चुलिदै छ।वर्तमानमा पाल्तु भन्या सुण्डमुण्ड,सुटर,अपराधिक स्वभाव का आतंकी एवं भांडभैलो मच्चाउनेहरूमा मात्र सीमित छैन्।यस्को स्वरूप बदलिदो र क्षेत्र विस्तारित छ।आज पाल्तुहरूआर्थिक,सामाजिक,स्वास्थ्य,शिक्षा,पर्यटन,सेवा
लगायत राज्य सरकारको हरेक निकायहरूमा यत्रतत्र सर्वत्र भुमिगत छन्।तिनीहरू मालिकको आदेश पालन मा तल्लिन छन्।धमिराले जस्तै देशलाई भित्रभित्र खोक्रो पार्दैछन्।असुरले जस्तै तिनीहरू धर्म,न्याय,नैतिकता,आदर्श,नीति नियम,कानून्, संविधान विरूद्ध को आफ्नो मालिक दैत्यराजको एकाधिकारवादी सोंच र लक्ष्य लाई व्यवहार मा परिणत गर्न सहयोग पुर्याउदै छन्।
जनता लाई साधन होईन् आधार र लक्ष्य बनाउदै देश जनताको सर्वाङ्गीण उत्थान का लागि राजनीतिक दलको स्थापना र संचालन भएको हुन्छ। देश भित्र र वाहीर स्वाभाविकरूपमा दलको असंख्य कार्यकर्ता समर्थकहरू हुन्छन।प्रजातांत्रिक मूल्य मान्यता आदर्श र मुलुकको संविधान क़ानून माथी टेकेर ( मिचेर होईन् ) प्रजातंत्र लाई जनताको जीवन शैली को रूपमा रूपान्तरण गर्न लागिपरेका दलहरूले दलीय ढंगमा पाल्तुहरूको भरणपोषण गर्दैनन्।तर विडम्बना दल भित्रकै ती नेताहरू जस्को थुतुनो मात्र प्रजातन्त्र,जनवाद,गणतन्त्रवादी,समाजवादी,पिछडा वर्गवादी र ध्येय एकाधिकारवादी हुन्छ त्यस्ता नेताजीले दल भित्र पाल्तुहरू जन्माउदछन् भरणपोषण गर्दछन्| आफ्नो दल पूर्ण वहुमतका साथ सत्तासीन भएसी एकाधिकारवाद को कीरा सलबलाउन थाल्द्छ र आफुहरू बाट बेलावखत भएगरेका राजनीतिक कुकृत्यहरू को विरोधमा शान्त निहत्था जनताले उठान गरेको आवाजको अ पनि सुन्न चाहदैनन्।यति मात्र होईन् राजनीतिक पाल्तुहरूको संचालक र संरक्षक दानवराज ले आफ्नो र आफ्ना हरूको खाल्डो अत्यन्त गहिरो र फराकिलो पार्दैछन् l यस्ता दानवराज र पाल्तुहरू प्रजातन्त्र स्थापनापूर्व को पद्धति मा पनि थिए।तत्कालीन शासन पद्धति को कार्यकर्ता र समर्थक मण्डल र तिनीहरू माझ पाल्तुहरू( मण्डले ) जन्माइएको र भरणपोषण गरिएको थियो।वर्तमान सत्तासीन दलको नेता कार्यकर्ता लगायत जनआवाजको प्रतिनिधित्व गर्ने प्रजातन्त्रवादी दल,नेता कार्यकर्ताहरूले ती पाल्तुहरू ( मण्डले ) को साङ्घातिक ताण्दव,आक्रमण झेल्नु परेको थियो।तत्काल मुलुकको कतिपय ठाउहरू लाई तिनीहरू को गढ़ को रूप स्थापित गरिएको थियो।वर्तमान सत्तासीन दलका केही महान नेताहरू राजनीतिमा पाल्तुहरूको प्रयोग र चलखेल लाई परम्परा को रूपमा निरन्तरता दिन उद्दत छन्।देशको कुनै एउटा महानगरपालिकालाई पाल्तुहरूको राजधानी बनाउन खोजी राख्या जनताले अनुभूत गर्न थालेका छन्।
प्रजातांत्रिक मूल्य मान्यता आदर्श र संविधान क़ानून मिच्दै नेताहरूले पैदा गरेको चौतर्फी विकृति विरूद्ध र सुशासन एवं अग्रगामीको सोंच,चिन्तन लाई मन वचन ले मात्र होईन कर्म ले व्यवहारमा शतप्रतिसत कार्यान्वयनका लागी निहत्था शान्तिपूर्ण ढंगमा जनआवाज बुलन्द गर्न पाउनु आमजनताको नैसर्गिक अधिकार हो।बादशाह सर्वाङ्ग नाङ्गो छ तर पनि आमजनताले बादशाह अत्यन्त आकर्षक डिज़ाइनदार पोशाक मा सुसज्जित छन् भन्नु नै पर्ने अन्यथा पाल्तुहरू को साङ्घातिक आक्रमण झेल्नु पर्ने अवस्था छ।जनआवाजको प्रतिनिधित्व गर्दै निहत्था शान्तिपूर्ण ढंगमा आयोजित जनताको सभा लाई राज्य सरकार ले सम्मान गर्नु पर्दछ।पाल्तुहरूको घुसपैठ र तिनीहरू को साङ्घातिक आक्रमण बाट रक्षा गर्नु पर्दछ,सुरक्षा प्रदान गर्नु पर्दछ।यही त हो नि देश र जनमुखी सरकारको मूल दायित्व र प्रजातांत्रिक मूल्य मान्यता र आदर्श भन्या ।भैंसी को अगाडी बिन बजाउनु भन्या जस्तै ।सुरक्षा मा खटिएका जवानहरू बाट जनआवाजको प्रतिनिधित्व गर्नेहरु लाई सार्वजनिक स्थल मा अशान्ति फैलाएको,यातायात रआवागमनमा अवरोध खडा गरेको आदी इत्यादि आरोप लगाउंदै प्रहरी भ्यान ट्रक मा कोचाकोच कोच्ने,लाठी चार्ज गर्ने,अश्रु ग्यास पड्काउने,पानी को फोहोरा छोड्ने गर्दछन्।थुतुनो मा प्रजातन्त्र र समाजवाद व्यवहार मा संविधान र क़ानून मिच्दै पाल्तुहरूको पालनपोषण र प्रयोग गर्दै शासन गर्ने गर्न चाहने शासक र प्रजातन्त्र समाजवादको मूल्य,मान्यता,आदर्श र संविधान क़ानून मा टेकेर गरिने सुशासन को पक्षधर आमजनता बिच हाम्रो देश छटपटिएको छ।नतीजा आउँदो दिनहरूले देखाउने नै छ।
—————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment