हामी हाम्रा दुई छिमेकीहरू
हामी हाम्रा दुई छिमेकीहरू
प्रकाशित:- पौष २४,२०७६ ( Jan. 9,2020 )
छिमेकी आवश्यक छ र चाहिन्छ भन्ने भनाई र प्रचलन हाम्रो गाँउघरमा रहे जस्तै क्षेत्रीय एवं अन्तरराष्ट्रीय राजनीतिमा पनि छिमेकीको अवधारणाले निकै महत्व राख्दछ ।छिमेकीको अवस्था र स्वभाव जस्तोसुकै भएता पनि सम्बन्ध स्थापित गर्नु नितान्त आवश्यक छ।तर आफ्नो स्थान राखेर मात्र तिनीहरू को प्रवृत्ति अनुरूप व्यवहार गरिनु पर्दछ अनीमात्र आर्थिक सामाजिक विकास प्रविधी र सैन्य लगाएत विविध क्षेत्र मा सशक्त भएपनि छिमेकी संग व्यवहार गर्दा सतर्क रहन्छ lआर्थिक सामाजिक र भौगोलिक अवस्था को वाध्यात्मकताको आधारमा नतमस्तक लाचार र लम्पसार ढंगमा छिमेक संग प्रस्तुत हुनु हुदैन।स्वतन्त्रता स्वाभिमान सार्वभौम भुअखण्डता नै सम्बन्धको आधार हुनु पर्दछ।छिमेक संगको सम्बन्ध असन्तुलित र अत्यधिक निर्भरतापूर्ण छ भने विकल्प तिर लाग्नु नै पर्दछ।सिमाना जोडिएको अर्को छिमेक संग हरेक क्षेत्रमा समयमै क्रमश: सम्बन्ध विस्तार गर्दै छिमेकीहरू संगको सम्बन्ध लाई सन्तुलित अवस्थामा पुर्याउनुनै पर्दछ अन्यथा समय परिस्थिती अनुरूपको थिचोमिचो, अतिक्रमण शुरू हुन्छ l यस्को ज्वलन्त उदाहरण छ हामी र हाम्रा दक्षिण छिमेक संगको हाम्रो सम्बन्ध।
हाम्रा छिमेकीहरू चीन र भारत संगको हाम्रो सम्बन्ध लामों समय देखी सकारात्मक,सहयोगात्मक र सौहार्दपूर्ण रहदैं आएको छ तापनि मूलत: भारत संगको सम्बन्ध यदाकदा कष्टपूर्ण, दवावपूर्ण र पेचिलो हुने गरेको छ।हामी ले लामो समय देखी दुबै छिमेकीहरू बाट पर्याप्त सहयोग प्राप्त गर्दै आएका छौं।कस्ले कति सहयोग गर्यो भन्ने कुरो उठान गर्यौं,लेखाजोखा गर्यौं भने निश्चितरूपमा हामी ले भारत बाट अत्यधिक सहयोग प्राप्त गर्दै आएको छर्लङ्ग हुन्छ l चीनले प्रतिस्पर्धात्मक ढंग मा हामी लाई चौतर्फी सहयोग गर्न इच्छुक र तयार नभएको पक्कै होईन्।तर भौगोलिक विकट एवं कठिनाईको कारण सहज भएन् ।वास्तवमा कस्ले कति सहयोग गर्यो भन्दा पनि कस्ले कस्तो सहयोग गर्यो भन्ने कुरोले वढी महत्व राख्दछ l चीन वाट हामीले जती पनि सहयोग प्राप्त गर्यौ त्यस्ले अर्थतन्त्रको सशक्तिकरण र राष्ट्रीय स्वावलम्बन मा टेवा पुर्याउने आधार खडा गरेकै हो।काठमांडू चीन जोड़ने कोदारी भारतको टाउको दुखाइ र आपत्ति त थियो नै तरपनि तत्कालिन शासनले त्यो वाटो वनाई छाडे।औद्योगीकरण तर्फ मुलुकको विभिन्न ठांउहरूमा चीन कै सहयोगमा विभिन्न प्रकृतिका उद्योग को स्थापना र संचालन गरेरै देखाऐ।विडम्बना भन्नुनै पर्छ व्यवस्था परिवर्तन संगै ती उद्योगहरू एक पछी अर्को बन्द हुदै गयो र केही उद्योगहरू प्राइभेट सेक्टर को वढावा को क्रममा नुन को भाउमा बेचियो तब मात्र भारतको टाउको हल्का भयो।छिमेकीको सहयोगमा स्वावलम्बनको हाम्रो प्रयास लाई हाम्रै अर्कों छिमेकले सुरुङ मार्ग वाट चकनाचुर गरेरै छोडे।समग्रमा प्रारम्भ देखि वर्तमान सम्मको चीन संगको सम्बन्ध र सहयोग आर्थिक सशक्तिकरण ,औद्योगिकरण र स्वावलम्बन प्रकृतिको रहेको छ।
छिमेकी मित्र भारत संगको हाम्रो सम्बन्ध र हामीले प्राप्त गर्दै आएको भारतीय सहयोगको इतिहास निकै लामो छ।राणा शासनको समाप्ति र प्रजातन्त्र प्राप्ति पश्चात संविधान लेखन,प्रशासन सुदृढ़ीकरण लगाएत अनेकन क्षेत्रमा हामीले भारत बाट निरन्तरत अनगिन्ती सहयोग प्राप्त गर्दै आएका छौं।हामी लाई कस्तो सहयोग प्राप्त भईरहेको छ र त्यो सहयोग ले कालान्तरमा हामी लाई स्वावलम्बन वनाउने छ वा पराश्रय को दलदल बाट कहिले पनि उम्कन नसकिने अवस्थामा पुर्याउने छ।यस तर्फ हामी गम्भिर भएनौं ।त्यसैले त हामीहरू पटक पटक भारतको दबाब र हेपाइ सहन वाध्य भयौं। हाम्रो देश भारतको एकलौटी बजार र हामी जनता ग्राहक को रूपमा स्थापित भंईसकेका छौं।यही त हो नि भारतले खोज्या ।हामी प्रति को भारतको प्रवृत्ति कहिले पनि मित्रवत रहेन्।दोहन गर्ने ,हैकम लादने,लाचार बनाउदै लम्पसारको अवस्थामा पुर्याउनेl यही हो भारतीय सहयोग पछाडीको मूल नियत।कोशी र गण्डक ज्वलन्त उदाहरण हो।ढुवानी लागत र यातायात भाडा सुविधा को हकमा सड़क मार्गको तुलनामा रेलमार्ग निकै सस्तो र सुविधायुक्त हुन्छ नै।उधोग स्थापना,संचालन र विस्तार ले स्वावलम्बनमा टेवा पुर्याउंदछ नै।तर त्यस तर्फ छिमेकी भारत मौन रह्यो।निर्माण लागतको हिसाबमा सड़क मार्ग निकै सस्तो पर्ने हुदा मुख्य नाका बाट तराई र पहाड़ तर्फ को मुख्य शहर बजार सम्म सड़क निर्माण कार्य मा भारत निकै लागिपरेकै हो।नेपालको कुनाकाप्चा बाट सस्तोमा अनेकन कच्चा पदार्थहरू भारत पुर्याउने र उत्पादित मालसामान नेपालको कुनाकाप्चा सम्म पुर्याउन सडक मार्ग लाभप्रद भएकै कारण रेलमार्ग तर्फ चासो नै राखेन्।जलमार्ग ढुवानीको सबैभन्दा सस्तो मार्ग त हो नै।समुन्द्र सम्म पुग्न पाउने भूपरिवेष्टित राष्ट्रको अधिकार लाई भारत ले मानेकै छ र थियो पनि तर विगतमा नाकाबन्दी को वखत नेपालको सामान ढुवानी गर्दै बन्दरगाहमा आईपुग्या जहाज़ लाई वेयरहाउस (गोदाम)सफाई को अड्को थापी हप्तौं सम्म समुन्द्रमै लंगर लगाएर रोकी राख्नु पर्ने वाध्यात्मक स्थिति पैदा गराई नेपाल र नेपाली माथी दवाव सृजना गरेकै थियो।
छिमेक संगको सम्बन्ध सदासर्वदा यथास्थिति को हुनुहुदैंन्।समय परिस्थिति र आवश्यकतानुरूप को हुनु पर्दछ l यो ध्रुव सत्य हामी सबै लाई थाहानै छ तर गाँठी कुरो व्यवहारमा हामी दृढ़ छैनौं।हामी मा व्यक्तिगत र दलीय स्वार्थ उच्च छ। समर्थन र विरोध प्रजातांत्रिक मान्यता हो।राष्ट्रीय मुद्दा मा एकजुट हुनु प्रजातांत्रिक आदर्श हो।हामीहरू लाई यथेष्ट थाहा छ तरपनि समय परिस्थिति अनुरूप सत्तासीन लाई सहयोग समर्थन गर्दैनौं।चौविसै घन्टा सातै दिन वार्है महिना सत्तासीनको विरोध गर्दछौं।यसै क्रममा छिमेकी वा छिमेकी को दूत सामू नतमस्तक हुन्, लम्पसार पर्न हिचकिचाउदैनौं।हामी एक अर्का लाई छिमेकी को दलाल भन्न् सार्है रूचाउद छौं।आखिरमा के हाम्रा सबै नेताहरू छिमेकको दलाल हुन् त ? भौतिकरूपमा कुनैपनि हालतमा होईनन् तर हामी मानसिकरूपमा अस्वस्थ छौं। विस्तारै सुम्सुमाउदै औंलो पसाली आन्द्रो तान्ने मित्र राष्ट्र भारतको ब्वॉसे नीतिको जालोमा हामी जकड़ीदै गईरहेका छौं।अजिंगरले आफ्नो शिकार लाई निल्नु पूर्व फन्फन्ति बेरेर कस्दै गए जस्तै हामी भारतीय बेराइमा बेरीदैं छौं।संधियता र पहिचानको दौरान क्षेत्रीय र जातीय पहिचान वढ्दो छ।राष्ट्रीय पहिचान अस्टांउदो छ।हामीहरू आआफ्नोपहिचानको रथ हॉक्दै भारतीय ग्राण्डडिजाईन् को ओडार तर्फ बढ़दै छौं।कालापानी,लिम्पियाधुरा र लिपुलेक को राष्ट्रीय समस्या एकाएक पैदा भएको होईन्।विगतमा कालापानीको समस्या लाई राष्ट्रीय राजनीतिको मुख्य् मुद्दा बनाउदैं वर्तमान सत्तासीन दल तत्कालीन ऐमाले ले राजनीति लाई तताउने गरेकै थियो।ऐमाले सम्मिलित नेकपा को पूर्ण वहुमतको सशक्त सरकारको वर्तमान अवस्थामा नेपाली भूमि माथीको भारतीय अतिक्रमण मेंचुयर भयो।भारतले हाम्रो भूमि समेत गाभेर आफ्नो नयॉ राजनीतिक नक्शा सार्वजनिक गर्यो l हामी माथीको भारतीय विस्तारवादी प्रवृत्ति उदाङ्गीयो।सरकार द्वारा आयोजित सर्वपक्षीय वैठकमा उपस्थित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस लगाएत सवै ले भारतीय अतिक्रमण विरूद्ध एकजुट हुने सशक्त राष्ट्रीय एकताको बिगुल फुके।भारत शकुनि चाल चल्न थाल्यो l सरकार प्रमुख वली कै सल्लाह,परामर्श र सहमतिमा नै भारतले नयॉ राजनीतिक नक़्शा सार्वजनिक गरेको हो भनेर भूतपूर्व प्र.म.ने का सभापति ले आरोपित ढंगमा फलाकी हाले।लगत्तै अर्को भूपु प्र म डा.साहेबले पनि राजामहाराजा र सरकार प्रमुख वली दिनभर खोक्रो राष्ट्रवाद रातभर विदेशी संगको सॉठगॉठ भन्न चुकेनन्।कॉंग्रेस सभापतिको भनाईमा सत्यता र ठोस आधारभूत प्रमाण छ भने सरकार प्रमुख माथी राज्य विरूद्ध को अपाधमा मुद्दा चलाईनु पर्ने हो वा महाभियोग को तयारीमा लाग्नु पर्ने हो तर कही कतै कुनै चॉईचुंईनै छैन्।तसर्थ दुईटै भूपु प्रधानमंत्री बाट अकल्पित कुरो सार्वजनिक हुंदा कता कता भारतले औंलो हाल्या हो की?आमजनतामा आशंका पैदा भएको छ।सत्तासीन भित्र अन्तर्विरोधो,सत्तापक्ष र प्रमुख विपक्ष लगाएत का विपक्षहरू बिच टकराउ को अवस्था सृजना गरी त्यो अवस्था लाई धारिलो बनाउन आवश्यकतानुसार मित्र राष्ट्र भारत पर्दा पछाडी बाट लागिपर्ने नै छ।आवश्यक परेमा साम, दाम,दण्ड ,भेद को नीति प्रयोग गर्दै ऐनकेन सरकार ढाल्न पनि पछी हटने छैन्।भारतीय अतिक्रमणमा परेको हाम्रो भूमि अजिंगरले मुखमा हाली सकेको आहार जस्तै भईसक्या छ।
अबको दिनहरूमा दुईटै छिमेकहरू संगको हाम्रो सम्बन्ध स्वावलम्बन प्रकृति को हुनु पर्दछ l यस्का लागि उत्तर को भौगोलिक विकटता लाई चिर्दै समतल सरहको सुविधायुक्त बनाईनु पर्दछ।चीनको सहयोगमा बनाईने भनिएका रेल मार्ग,सुरुङ मार्ग,उधोग स्थापना लगाएतका स्वावलम्बन का लागि अत्यावश्यक महत्वपूर्ण ठुला आयोजनाहरूलाई राष्ट्रीय योजनामा समावेश गरी अविलम्ब कार्यान्वयन गरिनु पर्दछ।मुलुकमा सर्वक्षेत्र माफियाहरूको बिगबिगी छ।तिनीहरू जिराहा भईसके का छन्।तसर्थ तिनीहरू चलबलाउन थाले ठांउको ठांउ ठाडो कारबाही गरिनु पर्दछ।यस कार्यमा रणनीतिक ढंगमा दृढ़ भएर निरन्तर अग्रसर भई नै रहनु पर्दछ।अनि मात्र हामी हाम्रो स्वावलम्बन को शिखरको धेरै माथी पुग्ने छौं र परिणामस्वरूप आगामी दिनहरूमा हाम्रा छिमेक संग को हाम्रो सम्बन्ध स्वावलम्बन को हुनेछ।
————————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment