राजनीतिको घोडा

 राजनीतिको घोडा

प्रकाशित:- साउन ११,२०७६ ( July 27 2019 )


राजनीति घोडा जस्तै हो | मानव विहीन अवस्थामा घोडा को अस्तित्व रहदैन् | त्यो अवस्थामा राजनीति पनि त अस्तित्व हीन हुन्छ | राजनीति को क्रियाशिलताका लागी मानव समाज र नेतृत्व को खाँचों पर्दछ | घोडा दौडिन्छ तर आकर्षक , प्रशंसनीय ,चाल ,ताल र भरोसायुक्त ढंग मा दौडि्न घोडा स्वयं मा पर्याप्त हुदैन् | शिक्षा र खेल मा गुरू र प्रशिक्षक को खॉचो परे जस्तै घोडाको कौशलपूर्ण दौडा्इका लागी सवार को खॉचो पर्दछ | सवार कौशलयुक्त भएमा घोडा घोडाकै हैसियतमा आकर्षक,मनमोहक,प्रशंसनीय एवं भरोसायुक्त ढंगमा दौडिन्छ तर सवार कौशलयुक्त नरहेको अवस्था मा घोडा गधा र खच्चर को दौड दौडीन थाल्द्छ | 

नेतृत्व कौशलयुक्त रहेको अवस्था मा राजनीति आकर्षक,प्रशंसनीय,अनुकरणीय,भरोसायुक्त ढंगमा अगाडी बढद्छ।देश र जनता लाई निर्धारित लक्ष्य् मा पुर्याउदछ l नेतृत्व कुशल नरहेको अवस्थामा राजनीति दुर्गन्धीत हुन्छ र सर्वत्र दुर्गन्ध फैलाउदैं देश र जनता लाई संक्रामक एवं महामारी को अवस्थामा पुर्याउदछ l राष्ट्रीय अन्तराष्ट्रीय राजनीतिमा राष्ट्रीयअन्तराष्ट्रीय क्षेत्रीय एवं दलीय राजनीतिक स्वार्थ पूर्ति का लागी राजनीतिक घोडा वनाउने प्रचलन शदीयौं देखी चल्दै आएको सबैको जानकारीमा रहेकै छ | 

नेपाली कांग्रेस ले राजनीतिक गठवन्धन् मा पंचायत ढालेकै हो | तत्कालिन् ऐमाले ले पनि पंचायत ढाल्न रक्तपातपूर्ण क्रान्ति को असफल प्रयास नगर्या पक्कै होईन्।असफल प्रयास यस कारणले की रक्तपात को त्यो क्रान्ति लाई निरन्तरता दिन् सकेन् | क्रान्ति लाई आन्दोलनमा परिणत गर्दै “ भीत्र पसी विस्फोट गर्ने” रणनीति अबलम्बन गरेको सर्वविदित नै छ|नेताहरू भुमिगत र कार्यकर्ताहरू दरबार निकट नेताहरूको सम्पर्कमा रहदैं धमाधम पंचायती निर्वाचन मा सहभागी हुदै पद भोग गर्दै भुमिगतरूपमा संगठन विस्तार र आन्दोलन लाई निरन्तरता दिएकै हो | पंचायतको निकट रहनु राजनीतिक घात को कार्यनीति त त्यो थियो नै तर ऐमाले एक्लै ले पंचायत ढाल्न सक्ने अवस्था सृजना हुनै सकेन् |

मुलुकमा प्रजातन्त्रको मुली संस्थापक राजनीतिक दल नेपाली कांग्रेस ले पंचायत ढाल्न असफल सशस्त्र आन्दोलन गरेकै हो तर पंचायतको निकट कहिले रहेन् | भीत्र पसेर होईन् वाहीरै बसेर संघर्षरत रह्यो | वामपन्थी संग को सामिप्यता कै आड मा पंचायत रहुन्जेल दरवारले कांग्रेस लाई निशाना बनाएकै हो | राजनीतिक स्वार्थ कै क्रम मा दरवार र वामपन्थी एक अर्का को राजनीतिक घोडा को रूपमा मुलुक को राजनीतिमा प्रयोग भएकै हो | कांग्रेस वामपन्थी र संघर्षरत राजनीतिक शक्ति हरूको संयुक्त संघर्षको अगाडी पंचायत तास को घर जस्तै भयो | कांग्रेस लाई सिद्द्याए पछी वामपन्थी लाई निमोठ्ने दरवारको रणनीति भताभुङ् भयो | 

मुलुक को राजनीतिमा “ ढाल्ने सन्दर्भ मा” नेपाली कांग्रेस अब्बल श्रेणी मा पर्दछ | राणा शासन ढाल्यो | राजनीतिक दलहरू संगको कार्यगत एकता मा पंचायत व्यवस्था ढाल्यो | प्रजातन्त्र पुनर्स्थापना पश्चात वामपन्थी सरकार ढाल्यो | आफ्नै सरकार पनि त ढालेकै हो | वर्तमान को जब्बर सरकार लाई पनि ढालि दिने चेतावनी दिएकै हो | तर अहीले को अवस्था मा सरकार ढालि दिने चेतावनी दिनु  विगत को  स्थानीय निर्वाचनमा नेकपा माओवादी को राजनीतिक घोडा बनेर माओवादी लाई राष्ट्रीय राजनीतिमा खस्किदो आफ्नो उचाइ पुनर्स्थापन गर्न लाभ पुर्याय जस्तै फेरी पनि राजनीतिक घोडा बनेर सत्तासीन नेकपा माओवादीको रणनीति लाई वल पुर्याउन् खोजेको आम प्रजातन्त्रवादीहरूको बुझाई छ | ने का अध्यक्ष र सत्तासीन नेकपा का अर्कों अध्यक्ष वीचको लामो भेटघाट लगत्तै ने का द्वारा दिईएको सरकार ढालि दिने चेतावनी वेमौसमी त हो नै तर यथार्थ मा नेकपा का अर्को अध्यक्ष ले फालेको राजनीतिक पत्ता को एउटा पातोथ थियो त्यो सरकार ढालि दिने चेतावनी | राजनीतिमा त्यो राजनीतिक पत्ता ले केही उखाड्न सकेन् | प्रतिपक्ष संग मीलेर जान सकिने र जे उद्देश्य लिएर सरकार मा आएको हो  त्यो पुरा नगरिए सम्म  

सत्ता मा टिकि रहने सरकार प्रमुख को उदघोष पश्चात त्यो राजनीतिक पत्ता “ नाङ्लो ठटाएर हात्ती तर्साउन्” खोज्या जस्तो देखियो | 

नेपाल को राजनीतिमा प्रजातन्त्र को संस्थापक नेपाली कांग्रेस को नेतृत्व मा  सम्पन्न वि.सं.२००७ को 

जनक्रान्ति बाट स्थापित प्रजातन्त्र को धरातल मा टेकेर नै हामी आजको अवस्था सम्म आई पुग्या छौं | मुलुकमा प्रजातन्त्रको स्थापना ,पुनर्स्थापन ,राजतंत्र को समाप्ति,गणतन्त्र संघीयता को स्थापना का लागी गरिएको क्रान्ति ,आन्दोलन ,जनक्रान्ति लाई संचालन देखी निष्कर्ष मा पुर्याउन् मुलुक को राजनीतिले नेपाली कांग्रेस को निर्णायक नेतृत्व प्राप्त गरेकै हो | राजनीतिमा उतार चढ़ाव भईनै रहन्छ | सामान्य बहुमतको, दुई तिहाईको र मिलीजुलीको सरकार गठन विघटन भईनै रहन्छ | मात्तिनु र आत्तिनु को केही कुनै अर्थ हुदैन् | 

वर्तमान सरकारले प्रारम्भ देखी नै एक पछी अर्कों बखेड़ा खडा गर्दै हल्लिखल्ली मच्चाउदै आएको छ | अहीले बिषादी खाद्य पदार्थ को बखेड़ा खडा गरिएको छ | चौतर्फी हल्लिखल्ली मच्चीएको छ |विषादी खाद्य पदार्थ को धारिलो एवं तिखो तलवार जनताको तालु माथि झुन्ड्याइएको छ |विषादी खाद्य उपभोग गर्न जनता बाध्य हुनु भनेको दोस्रो विश्व युद्ध काल मा ग्यास च्याम्बर भीत्र कोचाकोच हालेर गरिएको सामूहिक मानव हत्या जस्तै हुनेछ कालान्तरमा | [ भारतीय दूतावास बाट पत्र आएको रहेछ | मलाई थाहा भएन् ,थाहा गराईएन् र  कुनै पत्र आएको छैन भनेर मैले भनेकोमा क्षमा प्रार्थी छु ] सरकार प्रमुख को यस्तो स्पष्टिकरण सुन्दा “.............लाई भन्दा देख्ने लाई लाज” भन्या जस्तै भयो | प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आफ्नो दल भीत्र र मुलुक को राजनीतिमा हाल जे जस्तो अवस्था छ त्यस्मा प्रभावकारी   परिवर्तन भएन् गरिएन् र राजनीतिक घोडा बनिनै रहने हो भने वखेडा र हल्लिखल्ली को वर्तमान अवस्था ले निरन्तरता पाई रहने छ।वर्तमान सरकार,सरकार प्रमुख र सरकारको प्रवक्ता को वोली,व्यवहार,भनाई,  गराई ,सुन्दा ,हेर्दा [ निम्छरो,कुण्ठा,दिनभर वि पी रातभर विप्लव ] मुलुकमा एक दलीय शासनपद्धति संचालनमा रहेको हो की भन्ने आशंका,भ्रम र अन्योल आमजनताको मनमस्तिष्क मा पलाउन थालेको छ | 


———————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार