Posts

संघे शक्ति कलौ युगे

जेन जी आन्दोलनको मागहरू सम्बोधन गर्न, व्यवस्थापन गर्न देश अहिले political settlement को चरणमा छ।Settlement त्यति सहज छैन्।भ्रष्टाचार र nepotism को अन्त संगसंगै आन्दोलनको प्रमुख मागहरू मध्ये सुशासन मुख्यतम माग हो।सुशासन भनेको आदेशको शासन होइन्।विधीको शासन हो।प्रक्रिया पुर्याउनु पर्ने हुन्छ।निश्चय नै समय लाग्छ।तथापि जनहत्याराहरू , धुसपैठ गर्नेहरू ,भ्रष्टाचारी,तस्कर,अधिकार दुरूपयोग गर्नेहरू लाई शीघ्र कारबाही गरेको दण्डित गरेको सुन्न हेर्न जनता आतुर छन्।तसर्थ आन्दोलन बाट स्थापित यो सरकार  लाई विचलित हुने , विमुख हुने, लस्याङलुसुङ गर्ने रत्तीभर छुट छैन्।  आन्दोलनको दौरान देश लाई सरकार विहीन अवस्थामा पुर्याएर भागेका, लुकेकाहरू सार्वजनिक हुदै येनकेन जनता माझ राजनीतिमा आफ्नो space र position यथावत कायम गर्ने तरखरमा छन्। राजनीतिक दलहरू जेनजी को माग पुरा गर्नु पर्ने जिकिर गरिरहेका छन्। माओवादी केन्द्र लगाएत अन्य दलहरू सुरक्षा स्थिति मजबुत रहे फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने बताइरहेका छन्। नेपाली कांग्रेसले निर्वाचनको साथसाथै संसद पुनर्स्थापनाको ढोका खुला राख्ने दृष्टिकोण बनाएको ...

GEN Z को ऐतिहासिक आन्दोलन

Gen Z कुनै एउटा दल, संगठन, फोरम, एनजीओ, आईएनजीओ होईन्।न त  कसैको लागि काम गर्ने बिचौलिया, दलाल, ऐजेन्ट, नै हो।जेनेरेशन केटोगरी अन्तर्गत को एउटा वर्ग हो। सन् १९९७ देखि २०१२ को बीच जन्मिएका हरू त्यस केटोगरी मा पर्दछन्।त्यो वर्गको कुनै साझा नेतृत्व पङ्क्ति छैन्।डिजीटल सोसिअल नेटवर्क नै तिनीहरूको लिडरशिप , कनेक्शन, मोटीभेशन र मोविलाइजेशनको मुख्य संयन्त्र हो।त्यो वर्ग अत्यन्त विविध एवं खुला विचारधारा भएका स्वतन्त्र, व्यवहारिक, रचनात्मक, उद्यमी, उच्च प्रवाह र अपेक्षायुक्त पुस्ता हुन्। देश कुशासन नातावाद भ्रष्टाचार बिचौलिया दलाल ठगी आदि अनेकन कुकृत्यको जालोमा जकडिएको र त्यसको विरोध मा राजनीतिक दलहरूले  पटक पटक त्यस विरूद्ध आन्दोलन गर्दा घुसपैठ र झोलेहरू प्रयोग गरी हिंसात्मक बनाउने र राजनीतिक प्रतिशोध साध्ने गरेको प्रति Gen Z पुस्ता पनि साइलेन्टली आक्रोशित थिऐ।संचार माध्यमहरूमा दिनहुँ प्रशारण हुने भ्रष्टाचार नातावाद सम्बन्धी समाचारहरू बाट अशान्त Z युवाहरू मध्ये कुनै ग्रुपले डिजीटल सामाजिक सञ्जाल बाट नेपो वेवी भन्डाफोर अभियान शुरू गरे।त्यो अभियान बाट एकाएक सनसनी फैलियो।सामाजिक सञ्जाल म...

नेपालको भूराजनीति

तीन तिर भारत र उत्तरमा चीनसंग सीमा जोडिएको हाम्रो देश नेपालको भूराजनीति अत्यन्त डेलिकेट छ।क्षत्रिय एवं विश्व राजनीतिमा सामरिक दृष्टिले हाम्रो स्थलाकृति को महत्व अद्वितीय छ।त्यस प्रति सबैको चासो पनि छ।हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तै छ।अत्यन्त नाजुक छ।संवेदनशील छ।त्यसैले भारत र चीन संग सम्बन्धको दौरान हामीले आफ्नो हैसियतको निकै समझ राख्नु पर्दछ। गुमाउनु हुदैन्। ठुलो आकार, थुप्रै जनसंख्या , सैन्यबल  र सम्पन्नताले मात्र हैसियतको निर्धारण गर्दैन्।हैसियत भनेको पहिचान हो । स्वाभिमान हो।सन् १८१४ अक्टोबर ३१ देखि नोभेम्वर ३० सम्म ६०० सैन्यवलको साथ लिएर ब्रिटिस ईष्ट इन्डिया कम्पनीको  ५००० सैन्यबल संग बलभद्र कूँवरले  एक महिना लामो नालापानी युद्ध लडेका थिए।प्रत्यक्ष लडाइ असफल भएपछी अन्ततः ब्रिटिस सेनाले किल्लाको पानी मुहान बन्द गरिदियो।तरपनि बलभद्रले आत्मसमर्पण गरेनन्।यही हो हामी नेपालीको हैसियत पहिचान र स्वाभिमान ।अन्ततः बाँकी बचेका ७० जना सेना साथ लिएर किल्ला बाट बाहिरिए।देशको लागि आफ्नो लडाइ लडे्। स्थलाकृतिको कारण भारत र चीन संगको हाम्रो सम्बन्धको स्वरूप फरक छ।हुनत् विज...

राजनीति वा प्रतिशोध

 प्रजातन्त्रमा प्रतिस्पर्धा अवश्य हुन्छ तर प्रतिशोधको लागि कुनै वैध स्पेश हुदैन्।शकुनि चरित्र रहित प्रतिस्पर्धा बाट प्रजातन्त्र सबल हुन्छ ।सुशासन कायम हुन्छ ।देश समृद्ध र जनता सुखी हुन्छन् ।त्यो हो राजनीति । सर्वसत्तावादमा प्रतिशोध हुन्छ।एक दलीय पद्धतिमा मात्र एकाधिकार हुदैन् ।प्रजातन्त्रमा पनि एकाधिपत्य हुन्छ ।त्यो भनेको बहुमत प्राप्त दलको अतिचार हो ।बहुमतको अतिचार दलीय पद्धतिको अत्यन्त खराब पक्ष हो ।प्रजातन्त्र माथीको दलीय कब्जा हो । प्रजातन्त्रको विकृत पराकाष्ठा भनेको त्यही नै हो।  एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भए पश्चात ३२ सीटको जादुई संख्या भन्दै उत्पात मच्चाइ रहेको पुष्प कमलको बाँदरे राजनीति बाट राष्ट्रीय राजनीति मुक्त त भयो।तर आज प्रतिशोधको राजनीति बाट मुलुक आक्रान्त छ।आरोपित जो सुकै भएता पनि अपराध अनुसारको कारबाही र सजाय हुनु नै पर्दछ।कुनै पनि अर्थमा कम्प्रोमाईज गर्नु हुदैन्।शक्ति, सत्ता साझेदार र समर्थकको आडमा काखी च्याप्नु आत्मघाती हुनेछ।प्रमुख प्रतिपक्ष लगाएत अन्य प्रतिपक्ष दलहरूले संसद र सडक बाट प्रतिशोधको विरोध गरिनै रहेका छन्।तैपनि बहुमतको दम्भमा सत...

जनता कहिल्यै गलत हुदैनन्

                 सुशासनको मखुन्डोमा देश र जनताले चरम भ्रष्टाचार, दलाली , माफियातन्त्र , कमिसनखोर र ठगी निरन्तर झेल्दै आइरहेको छ।विगतमा नेकपा माओवादी { केन्द्र } को बाँदरे राजनीति बाट हायलकायल जनताले तथाकथित होईन् व्यवहारत: सुशासन र त्यसको सुनिश्चितता चाहेका थिऐ ।हुनत हालसम्म पनि त्यो जनचाहना जहाँको तहीँ छ ।त्यसैले स्थिरता र  सुशासनको सुनिश्चितताको लागि संसदमा प्रतिनिधित्व गर्ने दुई ठुलो दल   नेपाली कांग्रेस र नेकपा ऐमाले मिलेर संयुक्त सरकार बनोस भन्ने जनताको चाहना थियो। समयको बहाब सङ्ग सङ्गै आफ्नो मूल धार बाट डिरेल भएका, विगतमा धेरै पटक  शासन गरिसकेका  ती दुई ठुला दल मिलेर सरकार बने पछी " चोर चोर मौसेरे भाई " [ समान स्वभाव भएकाहरूमा छिटो मित्रता हुन्छ ] जस्तो हुने हो कि भन्ने आशंका जनतामा थियो।ऐमाले ले प्रजातन्त्रको जति नै फुर्तीफार्ती गरेतापनि अन्तत: त्यो सर्वसत्तावादी नै हो।एकाधिकार त्यो दलको इरादा हो।त्यसैले वाम एकता गरेर होस् वा कम्युनिस्ट मोडेलको समाजवादी मोर्चा खडा गरेर होस् येनकेन प्रकारेण प्रजातन्त्र माथि कब्जा गर्...

वैकल्पिक राजनीतिक शक्ति

हुनत संधीय संसदमा १४ दलको प्रतिनिधित्व छ।७ दल लाई राष्ट्रिय दलको मान्यता प्राप्त छ।तैपनि सत्ता र राष्ट्रिय राजनीतिमा मूलतः दुई दल नेपाली कांग्रेस र ऐमालेको पकड छ।अन्य दलहरू संसदमा जतिसुकै चर्कियपनि अन्ततः बागडोर ती दुई दल कै पोल्टामा परिहाल्छ।वास्तवमा ती दुई दल सत्ता र राजनीतिको दुई ठुला चुम्बक हुन्।वैकल्पिक शक्तिको रूपमा उदीयमान दल लाई उछित्ताउने र अन्य दलहरू लाई स्वार्थ अनुसार विद्यमान कानुनमा संशोधन गरेर होस् वा अध्यादेश बाट होस् चोइट्याउने क्षमता राख्दछन्।यस्तो समर्थता विगतमा धेरै पटक प्रदर्शन गरिसके र वर्तमान मा पनि देखाउदै छन्। २०४६ पश्चात् सत्ता र राजनीतिमा कांग्रेस एमालेको निरन्तर दबदबा रह्यो।यी दुई दलको विकल्पमा राष्ट्रिय प्रजातन्त्र पार्टीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा राष्ट्रिय राजनीतिमा इन्ट्री त गर्यो।तर त्यो चेष्टा लाई प्रभावशाली बनाउन सकेन्।निरन्तरता दिन सकेन्।उपलब्धिमूलक पनि हुन सकेन्।टुट जुट मै समय खर्चिन थाल्यो।विपथनको अवस्था पैदा भयो।वैकल्पिक शक्ति भनिएको त्यो पार्टीको टुट जुट र विपथनमा कांग्रेस एमालेको राजनीतिक चुम्बकीय सामर्थ्यको थोरबहुत प्रभाव लाई नकार्न सकिदै...

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ

हिँडाइ पछी मात्र दौडाइ हुन्छ।दह्रो टेकाइ र हिँडाइ सफल दौडाइको अभ्यास हो।यो प्रकृतिको नियम हो।महत्त्वाकाङ्क्षी हुनु क्रियाशील रहनु हो।तर अति महत्त्वाकाङ्क्षा र ओभर कन्फिडेन्सले जोखिम निम्तिन सक्छ।विवादमा पर्न सक्छ।विवादले करियरमा प्रश्नचिह्न खडा हुन्छ।भारतको हण्डी खाएर  पढेको र निर्देशित राजनीति गरेको आरोपित डा. बाबुराम प्रकाण्ड विद्वान भएतापनि विवादित राजनीतिक नेताको श्रेणीमा पर्दछन्।Nowhere को अवस्थामा छन्।आरोपितहरू लाई सत्तामा बहाल गराउनु हुदैन्।सत्तासिनहरू विवादमा पर्नु हुदैन्।यो आधारभूत राजनीतिक संहिता हो। यथार्थमा सुशासन, समृद्धी र स्वाभिमानको लागि भ्रष्टाचार, कमिसन , माफिया, बिचौलिया लगाएत सम्पूर्ण बेथितितन्त्र विरूद्ध राजनीतिक महाभियानमा उत्रिएको राष्ट्रीय स्वतन्त्र पार्टी प्रति आम जनता मात्र होईन् विभिन्न दलहरूलाई समर्थनमा भोट हाल्दै आएकाहरू लगाएत आफ्ना दलका नेताहरूको कुहरकत, भित्री साँठगाँठ र काखा पाखाको व्यवहार बाट आजित भएका नेता कार्यकर्ता समर्थकहरू समेतको घोषित अधोषित समर्थन र झुकाब रहेको यत्रतत्र सर्वत्र स्पष्ट देखिन्छ।२०७९ को निर्वाचनमा डङ्का  पिट्न सफल त्यो दल र...