जल्दबाजी नगरौं : गगन
उदार एवं कठोर प्रजातन्त्रको दुई महत्वपूर्ण पक्ष हो।उदारताको अभावमा dictatorship र कठोरताको अभावमा अराजकता anarchy पैदा हुन्छ।त्यसकारण प्रजातन्त्र उदार र कठोर समिश्रित प्रणाली हो।
न्यायालय प्रहरी कर्मचारी र प्रेस सम्बद्ध पछिल्लो घटनाहरू तर्फ दलहरूको ध्यान आकर्षित भएको छ।।यसै सन्दर्भमा नेपाली कांग्रेस सभापति गगन थापाले आफ्नो सम्बोधनमा प्रजातन्त्रको दुई महत्वपूर्ण पक्ष उदारता र कठोरता liberal and rigid को framework भित्र रहेर सरकारको प्लस , माइनस, मोनोपलि , समर्थन विरोध र हालसम्म सरकार लाई शंका को सुविधा दिईएको बारे बडो सन्तुलित ढङ्गमा बुँदागत प्रष्ट पार्नु भयो।सभापति गगनको त्यो सम्बोधन श्रवण मनन र अनुशरण योग्य छ।
उक्त सम्बोधन ले वर्तमान सरकार लाई Black Era Of Democracy अर्थात् पंचायत काल संग जोड्न खोजेको याने वर्तमान सरकार Democracy माथी कालो बादल झै मडारिन खोजीरहेको आरोप लगाउदै गरेको प्रतीत हुन्छ।
समझको खाँचो छ कि विगतमा शासन सत्ता सम्हालेका ठुला दलहरूले दीर्घकाल सम्म आफ्नो स्वार्थ पूर्तिको लागि राज्य व्यवस्था को विभिन्न निकायहरू प्रहरी न्यायालय कर्मचारी र प्रेस हरूमा खडा गरेको आफ्नो पृष्ठपोषकहरूको संयन्त्र अझैपनि जिवित छ।क्रियाशील छ । समय परिस्थिति हेरी खैलाबैला मच्चाउने गर्दछ।यस्ता जिवित संयन्त्रहरू लाई defuse गर्नु जरूरी छ।
कांग्रेस ले आफ्नो अगुवाइमा संसदमा , संसद बाहिर विपक्षी दलहरू संग संवाद गर्ने र सडकमा उत्रिने सम्मको निधो गरेको छ।संवाद गर्नु सही हो तर समय परिस्थिति को वास्तविक विश्लेषण गर्ने हो भने सडकमा उत्रिनु उतार्नु जल्दबाजी हुनेछ।किनकी याद गरौं २०८२ भदौ २३ को जेनजी विद्रोह मा गराईएको विभत्स जनहत्याको घटनाले, तत्कालीन सत्तासीन दलहरू लगायत अन्य प्रमुख दल र नेताहरू विरूद्ध , जनताको Mind Set गरिदिएको छ। के हो त्यो Mind Set ? फागुन २१ को निर्वाचन परिणाम ले छर्लङ्ग गरिदियो।
विचौलिया, योजनाकार र सेटिङ्गका नाइकेहरूमा कहिले नाम सुन्नमा नआएको चर्चामा नरहेको एक युवा बाट एकपछी अर्को श्रृङ्खलाबद्ध सनसनिपूर्ण चकित पार्ने रहस्योद्घाटन भईरहेको र त्यसको कारण खलबल को अवस्था सृजना भएको साथसाथै प्रहरी, सर्वोच्च न्यायालय लगाएत विभिन्न क्षेत्रमा कार्यरत एवं सेवा निवृत्त बडे बडे उस्तादहरूको पर्दाफास भएको र ती उस्तादहरू संगको कनेक्शनमा रहेका दल तथा नेताहरूको पनि नाम चर्चामा आएपछी ती नेताहरू र तिनीहरूको दल विरूद्ध भदौ २३ को जनताको त्यो Mind Set झनै कठोर बनेको छ। स्थानीय निर्वाचन पनि नजिकिदै छ।त्यसैले अहिलेको आवश्यकता भनेको सडक तताउनु , सरकार लाई बगाउनु होईन् ।परिस्थिति लाई बुझ्नु र आफु लाई पखाल्नु हो।
नेपाली कांग्रेस बदलीएको छ।।समय सापेक्ष पुस्तान्तरण भएको छ।। देश बदल्ने कांग्रेसको संकल्प छ।यसर्थ विपक्षी दलका नेताहरू संग मात्र होईन् सत्तासीन दलको सभापति र सरकार प्रमुख संग पनि कांग्रेस सभापति ले निरन्तर one to one वा team to team संवाद गर्नु आवश्यक छ।संवादको लागि निमन्त्रणा पर्खिनु पर्दैन्।देश र जनताको हितको सवालमा संवादको लागि आफै प्रस्ताव गर्दा पनि हुन्छ।यस्तै गरि संगठन मजबूत बनाउनु , जनता संगको सामीप्यता बढाउनु ,कांग्रेस प्रति जनताको विश्वास भरोसा लाई पुनर्जागृत गर्दै भदौ २३ को जनताको त्यो Mind Set लाई आफ्नो पक्षमा reset गर्नु नै कांग्रेस को अहिलेको चुनौती हो।
Comments
Post a Comment