बदलियो कांग्रेस
नेपाली कांग्रेस को १५ औं महाधिवेशनमा (२०८३ आश्विन १८-२२ ) बदलियो कांग्रेस घन्कि रह्यो। पार्टी सभापति गगनले भन्दै आएका छन् " कांग्रेस बदल्यौं अब देश बदल्छौं "।निश्चय नै देश बदलाबको बाटोमा अघि बढ्दै छ।तर सरकार प्रमुख Prime Ministerial Behaviour याने आफ्नो पदको गरिमा र जिम्मेवारी अनुसारको व्यवहार र कार्यशैली प्रति गम्भिर नरहेको कारण संसद र सडकमा विपक्षी दलहरू बाट बारम्बार विरोध भई रहेको छ।राष्ट्रिय राजनीतिमा सदैव क्रान्ति आन्दोलन र आँधीबेहरी को मात्र कुरो गर्ने दल र नेताहरूको तगारो त छदैछ।
राजनीति भनेकै बदलाब हो। सही मानेमा बदलाबको लागि राजनीतिमा विद्यमान Generation को खाडल लाई पुस्तान्तरणको क्रममा सन्तुलन गर्दै पुस्ताहरू बीच परस्पर सम्मानको स्थिति कायम गर्नु पर्दछ।अन्यथा पार्टी राजनीतिमा सधैँ विवाद भईरहन्छ।र त्यसको कुप्रभाव बाट राष्ट्रिय राजनीति पनि प्रभावित हुन्छ। अहिले को अवस्थामा लामो समय देखिन् चलि रहेको नेपाली कांग्रेसको आन्तरिक विवाद उदाहरणीय छ। ।नेपाली कांग्रेस निवर्तमान सभापति देउवा टिमले आफ्नो कार्यकालमा पार्टी विधान कब्जा गर्नु याने आफ्नो स्वार्थ अनुरूप विधानको व्याख्या र प्रयोग गर्नु र आफ्नो टिम लाई मात्र नेपाली कांग्रेस मान्नु र तत्कालीन इतर कांग्रेस गगन पक्षधर लाई राजनीतिक दबाबमा पार्ने कुचेष्टा गर्नु नै विवादको जड थियो।
प्रजातन्त्रमा बहुमतको निर्णय सर्वोपरि एवं बाध्यकारी हुन्छ।जनताको बहुमत ले सत्ता मात्र होईन् व्यवस्था बदल्छ । संविधान संशोधन मात्र होईन् संविधान बदल्छ खारेज गर्छ।संविधान, कानून, पार्टी विधान र बहुमतको सर्वोपरिता र बाध्यकारीता समय परिस्थिति र आवश्यकतामा निर्भर रहन्छ।कांग्रेस को विधान अनुसार बोलाईएको र ६० प्रतिशत प्लस महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको विशेष महाधिवेशन( २०८२ पुष २८-२९ ) ले तत्कालको परिस्थिति मा गरेको निर्णय नै सर्वोपरि, बाध्यकारी र वैधानिक हो।फेरि पनि दिग्गज नामुद नेताहरू पार्टी को आन्तरिक विवाद लाई अदालत पुर्याएर आफ्नो कमजोरी सार्वजनिक गरिरहेका छन्।त्यस प्रति ती नेताहरूमा खेद छैन्।पछुटो पनि छैन्।।
गगन नेतृत्वको नेपाली कांग्रेस १५ औं महाधिवेशन सफल एवं भव्यताका साथ सम्पन्न भयो।देउवा टिमले पनि छुट्टै १५ औं महाधिवेशन गर्ने ङ्यारङ्यार गरिरहेको छ।। देउवा टिम हरतरह गगन विरूद्ध राजनीतिक घात गर्ने ताकमा छ।देउवा समूह को केही खास नेताहरू अन्तिम घडीमा एकाएक गगन नेतृत्वमा सामेल हुदै महाधिवेशनमा हुने निर्वाचनमा विभिन्न पदका लागि उम्मेदवार बनेका छन्।ती नेताहरूको रबैया कस्तो रहने हो हुनत वहाँहरूको कार्यसम्पादनले देखाउने छ।पार्टी एकताको लागि सभापति गगनले पटक पटक गरेको एकता प्रयासको धेरै पलहरू गुज्रिसक्यो। महाधिवेशन को दौरान पार्टी सभापति गगनले देखाएको आत्मीयता र दिन खोजेको सम्मान निवर्तमान सभापति देउवाले गुमाउनु भयो।अब त समय पनि धैरै नै घर्कि सक्यो।त्यसैले देउवाको लागि अब उपरान्त विकल्प भनेको २०५९ साल याने ( 22 September 2002 ) को नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) लाई ब्युँताउनु हो। किनकी त्यो पार्टी ब्युँताए पछी केही समयको अन्तरालमा राष्ट्रियता समाजवाद र दरिलो प्रजातन्त्रको लागि मेलमिलाप अपरिहार्य रहेको भन्दै ब्युँताइएको पार्टी नेपाली कांग्रेस ( प्रजातान्त्रिक ) लाई पुन: नेपाली कांग्रेसमा विलय गराउदा देउवा समूह लाई गौरव अनुभूत हुनु को साथै सम्मान पनि मिल्ने छ। १५ औं महाधिवेशनमा सम्पन्न निर्वाचन बाट भारी मत ले गगन थापा सभापति निर्वाचित हुनु भएको मा हार्दिक बधाई एवं शुभकामना ।
Comments
Post a Comment