निर्वाचनमा जित हार हुन्छ नै

 निर्वाचनमा जित हार हुन्छ नै  

प्रकाशित:- पौष ४,२०७४ ( Dec.19,2017 )


निर्वाचनमा जित हार हुन्छ नै।यो स्वाभाविक हो।कहिलेकांही निर्वाचनको परिणाम अस्वाभाविक जस्तो भईदिन्छ ।यस्तो अवस्थामा दल भीत्र एकाएक असामान्य स्थिती पैदा हुने गर्दछ ।दल आन्तरिक आक्रोश र दोषारोपण को असहज क्षण बाट गुज्रिनुपर्ने हुन्छ ।दलको नेता र निर्वाचन प्रयोजनको लागी गठित निकायका नेतृत्व लाई ज़िम्मेवार ठहर गर्ने प्रयत्न क्षणिकरूपमा भएपनि हुने गर्दछ ।आक्रोस कै क्रम मा नेतृत्व बाट तत्काल हटनु पर्ने आवाज़ पनि उठन थाल्द्छ ।प्रजातान्त्री क पद्धती कै कुरा गर्ने हो भने यस्तो कृयाकलापहरू मा सही थाप्न मिल्दैन ।

राजनितीक दल ले कुनै निश्चित प्रकृया द्वारा मात्र निणर्य गर्दछ ।नेतृत्व को ठाडो आदेशमा प्रजातान्त्री क दल परिचालन हुदैन।दलको सम्बन्धित निकायले वृहत छलफल द्वारा गरेको निर्णय र लिएको नीति,योजना,कार्यक्रम र रणनीति अनुरूप दल अगाडी वढद्छ।त्यस प्रति सम्वन्धित निकायका नेता र सम्पूर्ण सदस्य नेताहरू सामुहिकरूपमा ज़िम्मेवार रहने हुदा निर्वाचन परिणामका लागी सिङ्गो दल लाई नै ज़िम्मेवार मानिन्छ ।

मुलुकमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा को निर्वाचन परिणाम ले नेपाली कांग्रेस लाई भाउन्न को स्थिती मा पुर्यायो ।स्थानीय निकायको निर्वाचन परिणामले पनि उस्तै स्थिती पैदा गर्यो ।नेपाली कांग्रेस कहां चुक्यो।कस्को षड्यन्त्रमा फस्यो ।कस्को फकाइमा फकीयो।नेपाली कांग्रेस जनता को पार्टी MASS PRTY हो भन्ने नेतागण ले विर्से जस्तो देखियो।दलको निर्वाचन नीति र रणनीति नै गलत।स्थानिय निकाय निर्वाचन मा दलको तालमेल र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन को प्रजातान्त्री क गठवन्धन नै गलत।तालमेल र गठवन्धन लाई भस्मासुरे रणनीति भन्नुमा कुनै गल्ती नहोला।

मुलत:प्रजातन्त्र मा जित हार भन्नेनै हुदैन।अंकगणितीय हिसाबले मात्र जित हार हुने हो। जनताको प्रतिनिधित्व को हिसाब ले हार जित हुदैन।जित्ने र हार्ने सबैले जनताको  मत पाएका हुन्छ न।जित र हार चुनावी प्रकृया को एउटा क्रम मात्र हो।प्रजातन्त्र को चुरो भने कै जनताको प्रतीनिधित्व हो।त्यसैले प्रजातन्त्र मा जनता को प्रतिनिधित्व को दृषटि ले सबैले जितेका हुन्छ न्।यो नै प्रजातान्त्री क मान्यता र आदर्श हो।त्यस्कारण पारस्परिक सम्मान र समझदारीका साथ राजनीतिक स्थिरता क़ायम गर्दै “समृद्द नेपाल को निर्माण सबैको साझा अभियान”लाई मुख्य ए्जेन्डा का रूपमा आत्मसात गरि अगाडी बढाईनु पर्द्छ ।


———————————————एम वी सिंह

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार