राजनीति— व्यावहारिक विज्ञान
राजनीति— व्यावहारिक विज्ञान
प्रकाशित:- साउन १,२०७५ ( July 17 2018 )
राजनीति भन्नु नै व्यावहारिक विज्ञान हो!देशको गौरव बढाउने ,जनतालाई सुखी समृद्ध र स्वाभिमान बनाउने कार्य राजनीतिले गर्दछ!त्यसैले राजनीति लाई विचार र भाषणमा मात्र सिमित गर्नु हुदैन ! ब्यवहारमा नउतारे सम्म त्यस्को कुनै अर्थ हुदैन ! विचार र भाषण ले मात्र देश र जनताको गौरव बढ्दैन,सुख र समृद्धि हासिल एवं अभिबृद्धी हुदैन !विचार नै नभई ब्यवहार हुदैन पक्कै हो!विचार र भाषण ले प्रारम्भमा जनता उत्साहित भएको तिनीहरुमा हौसला बढेको देखिन्छ तर विचार र भाषण मात्र ठोक्ने ब्यवहारमा अलमलिने हो भने गडबड शुरू हुन थाल्द्छ! त्यस्ता नेतृत्व को नाम पछाडि जनताले उपनाम थप्न शुरू गर्दछन!यस्तो स्थिती मुलुकमा विद्यमान रहेको सबैले जानेकै सत्य हो!यदि नेतृत्वमा भाषण धेरै ब्यवहार न्यून भयो भने त्यस्ता नेतृत्व को अवस्था सन्तुलन गुमाएको गाडी जस्तै हुन थाल्दछ!कता ढल्किन्छ,को सित टाढिन्छ, को सित टांसिन्छ,के बोल्छ,के गर्छ केहि निश्चित हुँदैन ! हामीहरुले देखि रहेका छौं !
नेतृत्व शतर्क र सचेत हुनु आवश्यक छ!म त बलियो छु ,बहुमत छ भनेर हेलचक्राई को बोली बोल्नु चरम गल्ती हुनेछ !किनकि त्यो बहुमत को आधार के हो र कुन धरातल मा अडिएको छ सर्व स्पष्ट छ !एउटा दलको मात्र वहुमत हुदा त धराशायी भएको र मुलुकले लामो समयसम्म राजनीतिक अस्थिरता व्यहोर्नुपरेको राजनीतिक घटनाक्रम को अध्ययन बाट छर्लङ्ग हुन्छ!इतिहास पढ्नुपर्छ!त्यस्बाट सिक्नुपर्दछ!यो सत्य हो!धेरैले इतिहास पढद्छन तर कमैले त्यस्वाट सिक्दछन र त्यस्को हेक्का राख्दछन!त्यसैले त इतिहास दोहोरिने गर्दछ!
राजनीतिमा एउटा भनाई छ " राजनीतिक नेतृत्वमा गङगटो को जस्तै गुण हुनुपर्छ " गङगटो जता जानुपर्ने हो त्यतातिर नमोडी अगाडि पछाडि दायाँ बायाँ चारैतिर सहज जान सक्छ ! देशको गौरव र सुरक्षा,जनताको सुख समृद्धि र स्वाभिमान तर्फ उन्मुख रहदै आवश्यकतानुसार नेतृत्व गङगटो जस्तै अगाडि पछाडि दायाँ बायाँ गर्न सक्नुपर्द्छ ! हाम्रा नेताहरूमा गङगटोको जस्तै गुण नभएको होईन पक्कै पनि छ तर आफू आफ्नो दल र आफ्नो खास नेता कार्यकर्ता तर्फ मात्र उन्मुख रहदै आवश्यकतानुसार अगाडि पछाडि दायाँ बायाँ गर्दछन!
बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली मुलुकको शासकीय स्वरुप हो!राष्ट्रपति राष्ट्रप्रमुख र कार्यकारिणी अधिकार मन्त्रीपरिषदमा निहित छ!प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुन्छन् ! जनता बाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी अध्यक्ष को कुरो उठाउनु हालको लागि संविधान विपरीत ठहर्छ !सत्तासिन दलका एक जना अध्यक्ष ले कार्यकारिणी अध्यक्षको कुरो छ्वास्स उठाएकै हो!एकछिन भएपनि पार्टी भित्र बहस चलेकै हो!आममाफी पछि तिनै अध्यक्ष ले हालको अवस्थामा कार्यकारिणी अध्यक्षको बिषयमा अलमलिनु नहुने कुरो छ्वास्स पारेकै हुन् !आफ्नो एकजना जेल परेका नेता संग सम्बन्धित सर्वत्र वाइँ वाइँ भएको हत्या बिषयक राजनीतिक चेक भजाउनु थियो र लेनदेन को नियतले कार्यकारिणी अध्यक्ष को पत्ता फालेका!आममाफी बाट उनको लेनदेन को नियत पुरा भयो ! राजनीतिक चेक भजाउन खोज्ने र आममाफी मार्फत भजाइ दिने बीचको खेलखाल थियो त्यो ! यस्तै यस्तै कारणले गर्दा राजनीति लाई "झुठ लाई सत्य र हत्या लाई सम्मान "को रूपमा अर्थ्याउने पनि गरिन्छ !
लथालिङ्ग देशको भताभुङग चाला त छदैछ त्यस्मा पनि सचेत एवं जागरुक युवाशक्ति र शिक्षित जनसमुदाय समग्रमा विवेकशील जनताहरूमा राजनीति प्रति घृणा पैदा भएको अवस्था छ ! देश विग्रीयो वा विग्रीने अवस्थामा पुग्यो भने त्यो अवस्थाका लागी मुख्यत: ति विवेकशील जनताहरु को योगदान रहेको मानिने छ जस्ले भन्ने गर्दछन् "मलाई राजनीतिमा कुनै चासो वा इच्छा छैन् ,मलाई राजनिती देखि घृणा लाग्दछ "! राजनीतिमा " रुचि छैन भन्नु र पानीमा डुब्न लाग्याले पौडीनु को साटो मलाई पानीमा रुचि छैन " भन्नु एउटै हो!विवेकशील जनता (सचेत एवं जागरुक युवा शक्ति र शिक्षित जनसमुदाय ) ले राजनीतिमा चासो नराख्नु,रुचि नदेखाउनु सर्वथा गलत हो ! विवेकशील जनताले राजनीतिमा चासो राख्नै पर्दछ,रुचि देखाउनै पर्दछ !यो मुलुकको राजनीतिक आवश्यकता हो !
राजनीतिमा चासो र रुचि को अर्थ विद्यमान कुनै एउटा राजनीतिक दलको सदस्यता ग्रहण गर्नु , झोला र झन्डा बोक्नु होईन् ! झन्डा त राष्ट्रिय झन्डा नै बोक्नु पर्दछ !झोला त जनताकै बोक्नु पर्दछ !दल प्रवेश गर्नु भनेकै विवेकमा ताला लगाउनु र दलको भरिया , लठैट , चम्चा कांटा बन्नु हो!बिद्यमान दलहरुमा विवेकशील नेता र कार्यकर्ताहरु नभएकै होइन ,प्रशस्त छन् तर तिनीहरु थिचिएका छन् ,लाचार छन् ,बाध्य छन् !विवेकशील जनताले राजनीतिमा चासो राख्नु र रुचि देखाउनु को अर्थ नयाँ दल खोल्नु ,चुनाव लडनु,सरकार बनाउनु पनि त होईन् नि अहिलेको अवस्थामा !त्यसो गर्नु भनेको विद्यमान राजनीतिक दलदलमा भासिनु हो!राजनीतिक दलदल लाई उर्वरा समथल बनाउनु अत्यावश्यक छ ! यस्का लागी देशभर विवेकशील जनताहरूको संजाल खडा गरिनु पर्दछ !तिनीहरु देशभर सजग,सचेत र क्रियाशील रहनु पर्दछ ! परिणामस्वरूप सत्तासीन राजनीतिक दल लगायत अन्य दलहरू ले केही गर्नु र बोल्नु अगावै धेरैपटक सोच्नै पर्ने वाध्यात्मक राजनीतिक अवस्था को सृजना हुनेछ ! यस्तो अवस्थामा राजनीतिक दलका विवेकशील नेता कार्यकर्ताहरु उत्साहित हुनेछन् !तिनीहरु बाट नेतृत्वमाथी दवाव पर्नेछ र देशभर विवेकशील जनताले सृजना गरेको दवाव र खबरदारी समक्ष नतमस्तक हुँदै समझदारी कायम गर्न दलहरू बाध्य हुनेछन् य गर्दै सजग ,सचेत र क्रियाशील रहेका विवेकशील जनताले पनि दल खोल्ने , दर्ता गर्ने ,चुनाव लडने कार्यमा लागि परेमा देशले कांचुली फेर्ने छ!नयाँ नेपाल को अनुभुति जनताले गर्नेछन् !समय पक्कै पनि लाग्ने नै छ!नयाँ बनाउनु भन्दा बिग्रेको ,भत्किएको लाई सच्याउदै पुनर्निर्माण गर्न कठिन हुन्छ ! सबैलाई ज्ञात भएकै सत्य हो!अन्यथा डेमोक्रेसी " देउ मलाई कुर्सी " मै यथावत रहने छ।
————————एम बी सिंह
Comments
Post a Comment