विषाणु सङ्क्रमित राजनीति

 विषाणु सङ्क्रमित राजनीति

प्रकाशित:- चैत्र २७,२०७६ ( April 9, 2020 )


बेलाबखत मानव ले भोग्नु परेको अनेकन प्रकारका जिवाणु, विषाणु सङ्क्रमित महामारी विश्व इतिहास को पानाहरूमा स्पष्ट उल्लेख छ।जनावर बाट मानिसमा सर्ने सरूवा रोग को विषाणु (zoonotic Virus) अन्य प्राणी को दॉजो स्तनपायी प्राणी चमेरामा अत्यधिक भेटिन्छ।चमेरा बाट नै कोरोना भाइरस फैलिएको भन्ने सम्बन्धमा बलियो प्रमाण नभएको होईन् तैपनि निश्चित  स्रोत (exact source) वास्तवमा हालसम्म अज्ञात नै छ। वर्तमान को विषाणु सङ्क्रमणको महामारी जैविक तेस्रो विश्वयुद्ध को एउटा सानो नमुना परिक्षण ( पूर्वावलोकन ) त होईन् भन्ने आशंका मानव मस्तिष्कमा पलाउन सक्छ, पलाउदै छ पनि।यस्तो आशंका  स्वाभाविक,अस्वाभाविक,   आवश्यक,अनावश्यक, मन को बाघ जे जस्तो भएतापनि सङ्क्रमणको अवस्था समाप्त भए पछि हुने गरिने व्यापक अध्ययन अनुसन्धान बाट स्पष्ट हुने नै छ, हुनु पनि पर्दछ ।

महामारी बाट बचाउन चीन बाट नेपालीहरू लाई जे जसरी सरकारले विशेष वायुयान द्वारा स्वदेश ल्याए,व्यवस्थित एवं सुरक्षित क्वाराइन्टाइन (Quarantine) मा राखे र स्वस्थ अवस्थामा सबैलाई आ-आफनो धर परिवार प्रस्थान गराए।जनउत्तरदायी सरकारको यो कार्यको सबैले निकै प्रशंसा गरे।संसद मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित सर्वदलीय बैठक को बेलैमा आयोजना गरेर  सरकार को कार्य प्रति ती दलहरूको सहयोग समर्थन रहने प्रतिवद्धता सरकार ले प्राप्त गर्‍यो । 

सरकारले चौतर्फी सक्दो प्रयास गर्‍या गर्‍यै छ तैपनि समस्या बल्झ्या बल्झ्यै छ।रोकथाम,परिक्षण, उपचार लगायत चिकित्सा सुरक्षा सामग्रीहरू ल्याइयो तर के गर्नु ,निम्न गुणस्तर,गुनौ गुना वढी मूल्य,म्याद गुज्र्या ले त भ्रष्टाचार उदाङ्गो भयो नि त l रकम झ्याप्प कुम्ल्याउन हतार गर्दा यस्तो भा को हो की न।यस्तो कुकृत्य को एकदमै कुप्रभाव चिकित्सक,स्वास्थकर्मी,उपचार तथा परिक्षणमा रहेकाहरू लगाएत आमजनताको मन मस्तिष्कमा पर्ने नै भयो।सरकार,मन्त्रिहरू,पदाधिकारीहरू ,  उच्चस्तरिय समिति र तिनीहरू को कार्य प्रति को जन विश्वास र भरोसा मा उच्च रेक्टर को भूकम्प आउने नै भयो। अब उपरान्त जतिसुकै उच्च गुणस्तरीय चिकित्सा स्वास्थ सम्बन्धी उपकरण तथा सामग्रीहरू जुनसुकै प्रक्रिया द्वारा खरिद गर्ने ज़िम्मा जोसुकै लाई दिइएता पनि विश्वसनियता र भरोसा माथिको प्रश्नचिन्ह को गाढा दाग मेटन मेटाउन समय त लाग्ने नै छ।मन्त्रीहरू को राजीनामा पनि त मागि हाले ।सेना लाई व्यारेक बाट बाहीर ल्याये।G टु G को प्रक्रिया  द्वारा सामग्री मगाउन ज़िम्मा दिइ हाले।सरकार को कार्य प्रति सहयोग र समर्थन रहने प्रतिवद्धता जनाउने दलहरू विरोध जनाउन वाद्य भय। बेमौसमी बाजा भन्न् सरकार प्रमुख चुकेनन्।महामारी को संकट समाधान र व्यवस्थापनमा सरकार कता कता वल्झियको अल्झियको फितलो भयको सर्वत्र कुरो उठ्या उठ्यै छ।

महामारी को संत्रास ले ग्रस्त हतार हतार जिउँ तिउँ सिमाना मा आईपुग्या नेपालीहरू को बिजोग छ,बिचल्ली छ।सजिलै स्वदेश प्रवेश नपाउदा नारावाजी,ढुङ्गामुडा,लाठी चार्ज त भयो नै।महाकाली नदीमा पौडीएर स्वदेश प्रवेश गरेका कट्टु मात्र लगाएका नाङ्गो  नेपाली लाई नेपाली सुरक्षा कर्मीहरूले पक्राउ गरी लैजादै गरेको विद्दुतीय संचार माध्यम बाट प्रसारण त भएकै हो।हाल सम्म भएका गरिएका सरकारको सम्पूर्ण कार्य एवं उपलब्धि,बेलाबखत व्यक्त मन्त्रिहरूको अभिव्यक्ति माथि तेर्स्याइएका प्रश्नहरू लगाएत वर्तमान स्थिती,भावी नीति कार्यशैली  को विषय  आक्रामक एवं आरोपित ढंग मा घुमाउरो पारा ले होईन् सर्वसाधारण ले बुझ्ने गरी सिधा ढंगमा प्रस्तुत गर्नु जनउत्तरदायी सरकार को परम कर्तव्य हो l 

 विषाणु संक्रमण को माहामारी को कारण आज समस्त विश्व संकटावस्थामा छ।वर्तमान को प्रमुख विश्व प्राथमिकता भन्या महामारी को संकटावस्था बाट त्राण पाउनु हो।यो सरकार को मात्र कार्य होईन्।सरकार,राजनीतिक दल र हामी सबै जनताको साझा दायित्व हो।सरकार ले राज्य  संयन्त्र को ( चिकित्सा स्वास्थ सम्बन्धित प्रहरी,सेना समेत )र सत्तासीन दल लगाएतअन्य सम्पूर्ण दलहरू त्राण को एउटै छाता मुनि रहेर सामाजिक दुरी को अनिवार्यता पालन गर्दै संगठित रूपमा आआफ्नो सांगठनिक संयन्त्र को शतप्रतिशत प्रयोग गर्नु पर्दछ।संसदमा प्रतिनिधित्व गर्ने नगर्ने लगाएत दलको मान्यता पाएका सबै दलहरू सम्मिलित एउटा वृहत राष्ट्रीय समिति को गठन सरकारले अविलम्ब गर्नु पर्दछ।त्यो समितिले सात प्रदेशको तल्लो तह सम्म उपसमिति तथा  प्रसमितिहरूको गठन गर्नु पर्दछ। COVID-19 को रोकथाम र नियन्त्रण का लागी गठित उच्च स्तरिय समन्वय समितिमा उक्त समिति लाई सहभागी गराइनु पर्दछ।यसो गरिएमा टुप्पो देखी फेदसम्म सशक्त समन्वय कायम हुनेछ।महामारी नियन्त्रण,रोकथामको सम्पूर्ण प्रयासअझ बढी प्रभावकारी,पारदर्शी हुनेछ।धमिलो पानीमा माछा मार्न पल्केका भ्रष्टाचारीहरू दुलो भित्र छिर्ने छन्।संकटावस्थामा अधिकार दुरूपयोग गर्नेहरू झस्किने छन्।चिकित्सा स्वास्थ सामग्री आपूर्ति को जिम्मा दिइएको सेना व्यारेक फर्किने छन्।सिमा नाकाहरूमा आईपुग्या नेपालीहरूको स्वदेश प्रवेश को सन्दर्भमा उब्जियका जटिल समस्याहरूको सहजीकरणमा सहयोग पुग्ने छ।मुलत: नियन्त्रण र सन्तुलन( Check and Balance ) को अवस्था पैदा हुनेछ र महामारी नियन्त्रण को सरकारको प्रयास एेक्यवद्ध ढंगमा सफलता को विन्दुमा पुग्ने छ ।

—————————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

हिँड्न छाडि दौडिदा यस्तै हुन्छ