धर्म र राजनीति
धर्म र राजनीति
प्रकाशित:- पौष १७,२०७५ ( January 1 2019)
धर्म र राजनीति दुई पृथक बिषय हो तापनि धर्म मा राजनीति होईन् राजनीतिमा धर्म अत्यावश्यक हुन्छ ।धर्म सर्वत्र व्याप्त छ।धर्म बाट कोही पनि अछुतो छैन् ।प्रकट अप्रकट दृश्य अदृश्य जुनसुकै रूपमा भएपनि मानव मनमस्तिष्क को एउटा कुनामा धर्म ले वास गरेकै हुन्छ । यो ध्रुवसत्य हो ।आस्था र विश्वास नै धर्म हो ।यो अटल हुन्छ तर राजनीति भनेको आशा र भरोसा मात्र हो ।यो निश्चित हुदैन् ।धर्म सर्वोच्च धुरी हो जसको चारैतिर सम्पूर्ण ब्रह्मांड घुम्द छ ।यति भनिसकेपछी धर्म बाट राजनीति कसरी अछुतो रहन सकछ ।यस अर्थ मा राजनीति धर्म बाट संचालित ,निर्देशित र नियन्त्रित हुनु पर्दछ भन्नु सरासर ग़लत हुनेछ ।राजनीति त जनता बाट नै संचालित, निर्देशित र नियन्त्रित हुनु पर्दछ ।
राजनीतिको मूल लक्ष्य धर्म संग प्रत्यक्ष परोक्ष सम्बन्धित छ | सर्व जन हिताय् : सर्व जनसुखाय् : यही नै हो धर्मको मूल मन्त्र | हरेक तह ,तप्का र स्तरका जनताले न्याय पाउने,अनुभूत गर्न सक्ने र विना जन दवाव सरकारले तत्काल न्याय दिन सक्ने न्यायपूर्ण लोक कल्याणकारी राज्यसमाज को स्थापना नै राजनीतिको मूल लक्ष्य हो | न्यायपूर्ण लोक कल्याणकारी राज्यसमाज भनेकै ”ॐ सर्वे भवन्तु सुखिन | सर्वे सन्तु निरामया | सर्वे भद्राणि पस्यन्तु | मा कस्चित दु:ख भाग्भवेत को अवस्था हो|
विश्वको मात्र होईन् नेपालकै राजनीतिक घटनाक्रम बाट पनि छर्लङ्ग हुन्छ की कम्युनिस्टहरू मूलत आक्रामक एवं हिंसक हुन्छन् | आमूल परिवर्तन को घोक्रो फुलाउदै आफुहरू बाहेक अरू सबैलाई सामन्ती शोषक भन्न औधी रूचाउंदछन् |तिनीहरूले निर्माण गरेका ऐतिहासिक महत्व का धार्मिक सामाजिक सांस्कृतिक धरोहरहरू लगायत जनमानसको रक्तसंचार एवं श्वासप्रश्वास को रूपमा स्थापित धर्म संस्कृति परम्परा एवं रीतिरिवाज लाई भस्मासुर शैलीमा निमित्त्यान्न पार्न लागीपर्दछन कम्युनिस्टहरू | धर्म संस्कृति परम्परा एवं रीतिरिवाज जनता लाई भुलाउन,राज्यसत्ता बाट टाढा राख्न सामन्ती शोषकहरूले रचेको स्वार्थपूर्ण षडयन्त्र ठान्दछन् कम्युनिस्टहरू |
प्रजातन्त्रवादीहरू आक्रामक र हिंसक हुदैनन् भन्नु सरासर ग़लत हुनेछ| तिनीहरू अन्तिम हतियारको रूपमा आक्रामक र हिंसक हुन्छन् |
अधिकतम समय शान्ति र समझदारी ,परस्पर हित र सहअस्त्तित्व,छलफल र शान्तिपूर्ण विरोध एवं संधर्ष लाई प्राथमिकता दिन्छन् प्रजातन्त्रवादीहरू |जनताको श्वासप्रश्वास र रक्तसंचारको रूपमा स्थापित सनातन धर्म संस्कृति र परम्परा लाई राष्ट्रीय मौलिकता
को रूपमा संरक्षण दिन लागी पर्दछन् | कम्युनिष्ट प्रजातांत्रिकरण हुदै गरेको आज को अवस्थामा पनि कतिपय वामपंथी नेताहरू सनातन धर्म संस्कृति र परम्परा विरुध्द विषारोपण गर्दै निमित्यान्न पार्न प्रत्यक्ष परोक्ष एवं भुमिगत रूपमा लागि परेकै छन्|राष्ट्रीय मौलिकता र पहिचान को रूपमा स्थापित सनातन धर्म संस्कृति र परम्परा को सम्बन्धमा कुनै संवेदनशील निर्णय लींदा वा गर्दा जनताको राय अपरिहार्य हुन्छ भन्ने प्रजातांत्रिक मान्यता लाई लत्याउदैं धार्मिक व्यवसायीकरण को माध्यम द्वारा ईसाइ धर्म को प्रचार र विस्तार लाई सहज पार्न धार्मिक स्वतन्त्रता को निहुंमा धर्मनिरपेक्ष को घोषणा द्वारा सनातन धर्म संस्कृति र परम्परा लाई च्वाटट् छिनाउन नेपाली भुमिमा विषाक्त वृक्ष रोपण गरीहाले | गणतन्त्र को आन्दोलनमा धर्म निरपेक्ष घोषित लक्ष्य नै थिएन् | जनता लाई थाहा नै थिएन् | थाहा नै दिईएन् अन्यथा आन्दोलन को गति र स्वरूपमा फरक पर्ने नै थियो| गणतन्त्र धोषणा तयारी बैठकमा पछाडीको ढोका बाट धर्मनिरपेक्ष को एजेन्डाले प्रवेश गर्यो |पछाडी को ढोका बाट प्रवेश गरी धमिलो पानीमा माछा मार्न पल्किएकाहरुको ग़ुलामी गर्नमा त्यस वखत का हाम्रा सक्रिय नेताहरू शतप्रतिशत सफल रहे|
धर्म भनेको ज्ञान फैलाउने हो,प्रचार गर्ने होईन् | प्रचार गर्नु को तात्पर्य व्यवसाय हो | धर्म को प्रचार भनेको धर्म को व्यवसायीकरण हो| विश्वब्यापिरुपमा धर्म को व्यवसायीकरण द्वारा धर्म को प्रचार र विस्तार भईनै रहेको छ| नेपाल लाई तिनीहरूले मुख्य निशानामा राखेको छ | सोहीअनुरूप तिनीहरू विभिन्न ढंगमा (धरदैलो देखी संध संस्था को रूपमा) परिचालीत छन्| तिनीहरू धरदैलोमा आक्रामक शैलीमा लागिपरेका छन् | घरवालाको अनुमति विना धरदैलोमा प्रवेश गरी धर्म प्रचार गरिरहेको संचार माध्यमहरू बाट बेलावखतमा सार्वजनिक भईनै रहेको छ| सबैले सुनिरहेकै छन् तर येस्तो आक्रामक गतिविधि विरूद्ध कोही कतै जागरूक र तत्पर रहेको कसैलाई पनि अनुभूत छैन्|एकै छिन् चर्को विरोध हुन्छ संचार माध्यमहरू बाट अन्तर्वाता र छलफल कार्यक्रम संचालन र प्रसारण हुन्छ अनि मत्थर हुन्छ | काग कराउंदै गर्छ पिना सुक्दै गर्छ भनेझै ईसाइहरूको प्रचार र विस्तार चलिनै रहन्छ | यस्तै त भईरहेको छ हाम्रो मुलुकमा |
सहिष्णुता सनातन धर्म र संस्कृतिको मूल आदर्श र मान्यता हो |वसुदैव कुटुम्बकम सहिष्णुताको मूल सार हो | येस्को अर्थ कसैले अतिक्रमण र हस्तक्षेप गर्दा ,अाइलाग्दा पनि वसुदैव कुटुम्बकम को जप गदै वस्नु पक्कै होईन् | समस्त लोक को सुख शान्ति समृद्धी र सदाचार का लागी हामीहरू सनातन धर्म संस्कृति को ज्ञान फैलाउद छौ |अन्य धर्म र धर्मावलम्बिहरूको सम्मान गर्दछौ तर प्रचार ,अतिक्रमण ,हस्तक्षेप गर्दैनौ यतिमात्र होईन् धर्मको व्यवसायीकरण गर्दैगर्दैनौ तर ईसाइहरू विश्व लाई ईसाइकरण गर्न चाहन्छन | धार्मिक साम्राज्य खडा गर्न लागी परेका छन् | धार्मिक स्वतन्त्रता अनिवार्य छ तर अन्य धर्म र धर्मावलम्बिहरूमा घुसपैठ गर्नु, धर्मको प्रचार र विस्तार को साथै धर्म परिवर्तन गराउनु धार्मिक स्वतन्त्रता को गलत प्रयोग हो | अनेकौं धर्म संस्कृति र परम्परा क़ायम रहेको विश्वमा” एक धर्म “क़ायम गर्न खोज्नु र लागी पर्नु नवसाम्राज्यवादी सोंच हो | कतै व्यापार गर्न ,कतै हातमा बाइबल
लिएर बिभिन्न देश छिरेर कालान्तरमा ती देशहरू लाई उपनिवेश वनाउदै विश्व साम्राज्य खडा गर्न लागीपरेका ती साम्राज्यवादीहरू धराशायी भए किनकी तिनीहरू को साम्राज्यमा कहिले पनि सुख शान्ति समृद्धी र परस्पर भ्रातृत्व कायम हुन सकेन् र अन्तत्वगत्वा उपनिवेश बनाईएका देशहरू क्रमश: स्वतन्त्रत हुदै गए र साम्राज्यवाद र साम्राज्यवादीहरूको पतन भएरै छाड्यो | यो तथ्य विश्व राजनीति को इतिहास बाट छर्लङ्ग भईसकेपछि पनि आज को विश्व मा धार्मिक साम्राज्य को कुरा गर्नु र लागी पर्नु धर्मयुद्ध निम्त्याउनु हो | धार्मिक साम्राज्य को एकोहोरो रट लगाई राख्ने र त्यो कार्य मा लागि रहने हो भने कम्युनिस्टहरूले “ धर्म अफ़ीम हो “ भन्ने गरेको कुरो सत्य हुने छ|किनकि धार्मिक साम्राज्य को अवधारणा नव साम्राज्यवादीहरूको विषाक्त मानसिकता बाट उब्जीएको विष वृक्ष हो | येस्ले विश्वमा अफ़ीम फैलाउने छ |अब प्रश्न उठछ “ हाम्रा केही वामपंथी नेता एवं वरिष्ठ नेताहरू “ किन धार्मिक साम्राज्यवादीहरूको ग़ुलामी गरिरहेका छन् ? कम्युनिस्टहरू सामन्तहरू लाई समाप्त पार्न सफल छन् तर विश्वस्तरमा नवसाम्राज्यवादीहरू संग टक्कर लिन असफल छन् | आज पनि नवसाम्राज्यवादीहरूको पहुँच विश्वब्यापी छ | तसर्थ नवसाम्राज्यवादीहरूको आशीर्वाद प्राप्त गर्न र मुलुकमा आफ्नो राजनीतिक स्वार्थ को जरा बलियो र दरिलो बनाउन को लागि तिनीहरू ले नवसाम्राज्यवादीहरूको ग़ुलामी गर्दै आईरहेका छन् |
सनातन धर्मावलम्बिहरू आफ्नो धर्म संस्कृति र परम्परा को संरक्षण र रक्षार्थ रक्षात्मक रणनीति अवलम्बन गरी संगठित रूपमा प्रभावकारी ढंगमा बार्है महीना कृयाशिल रहनु ज़रूरी छ | धर्म प्रचारकहरूको आक्रामक प्रचार शैली प्रति सजग र सचेत रहन र आवश्यकतानुसार सम्बन्धित सरकारी निकायमा तत्काल सूचना प्रवाह् गर्न सनातन धर्म संग सम्बन्धित केन्द्रीय निकायले आव्हान गरेमा हिमाल पहाड तराई सबै तिर बाट सनातन धर्मावलम्बिहरू स्वतस्फुर्त सागर उर्लिय् झै उर्लियर आउने छन् सहभागि हुने छन् |यो कार्य अत्यन्त सुझबुझ र सहिष्णुतापुर्वक व्यवस्थित एवं अखण्ड रूपमा गरिनु पर्दछ | देशभरिका सनातन धर्मावलम्बिहरू लाई संगठित व्यवस्थित र अनुशासित एवं प्रशिक्षित गराईनु पर्दछ | यो कार्य का लागी स्थानीय धार्मिक समूहहरू लाई सशक्तरूपमा परिचालित हुन् उत्प्रेरित गर्नु पर्दछ | यति कार्य सनातन धर्म संग सम्बन्धित संघ संस्थाहरू बाट केन्द्र देखि स्थानीय तह सम्म तत्काल थालनी भएमा सरकार को मुख ताक्नु पर्ने अवस्था आउदैन् साथै धर्म प्रचारकहरू स्वच्न वाध्य् हुनेछन् | धार्मिक साम्राज्य खडा गर्न लागी परेका नव साम्राज्यवादीहरूको ग़ुलामी गरेका र गरिरहेका हाम्रा नेता एवं वरिष्ठ नेताहरू लाई आगामी निर्वाचनमा आफनो मत को प्रयोग द्वारा थाङ्नामा सुताउन र भावी नेताहरू समेत लाई खवरदारी गर्न आमजनताले आजै देखी तयारी प्रारम्भ गर्नु अत्यावश्यक छ |
—————————महेन्द्र बहादुर सिंह
Comments
Post a Comment