राजनीति - शासन कला
राजनीति - शासन कला
प्रकाशित:- मङ्सिर ६,२०७४ ( Nov.22,2017 )
राजनीति लाई (Art of Rulling) को रुप मा परिभाषित गरिन्छ तापनी भन्ने गरिन्छ “राजनीति एउटा फोहोर खेल “(Politics is a Dirty game)हो।किन यस्तो भन्ने गरिन्छ ।
राजनीति मूल हो।यस्ले मानव समाज लाई संगठित,मर्यादित,अनुशासित,उत्तर दायि र विधिसम्म त वनाउंद छ।यो एउटा धुरी(Axis)हो जस्को चारैतिर सम्पूण प्रकृतिका विभिन्न कार्य योजनाहरू संचालन हुन्छ ।राजनीतिको आफ्नो मूल्य मान्यता संस्कार र नैतिकता हुन्छ ।यस्ले समाज लाई गति प्रदान गर्द्छ।मार्ग निर्दिस्ट गर्द्छ।गन्तव्य मा पुर्याउदं छ।सर्बजन्िहताय सर्व जनसुखाय को मान्यता अनुरूप राज्य समाज को सुसंचालन गर्द्छ।प्रजातन्त्र राजनीति को सर्ब श्रेष्ठ पद्द्ती हो।निर्वाचन यस्को माध्यम हो र प्रतिस्पर्धा एउटा प्र कृया हो।कस्तो प्रतिस्पर्धा।मर्यादित अनुशासित सृजनात्मक र समालोचनात्मक प्रतिस्पर्धा ।
राजनीतिको स्वरुप र संचालन यस्का पात्रहरुमा निर्भर गर्दछ ।पात्रहरु सुपात्र छन भने सकारात्मकता र कुपात्र छन भने राजनीति विकृत र फोहर हुन्छ ।मुलुकमा कुपात्र हरुको विगविगी छ।राजनीति प्रदुषणमुक्त छैन।सुपात्र हरु लाई आफ्नो सुपात्रता को वचाउ गर्न पनि गार्हो छ।निर्वाचन नजिकिदैं गरेको अवस्था मा आफ्नो सुपात्रता को वचाउ गर्दै जाने हो वा जनता लाई आफ्नो र दलको पक्षमा मतदान गर्न आकर्षित र उत्प्रेरित गर्ने हो।अवस्था जटिल छ।
दशैं र तिहारको पावन अवसरमा उपहारको विभिन्न योजनाहरु धमाधम ल्याइए जस्तै निर्वाचनको मुखमा नयां नयां आकर्षक योजनाहरु धमाधम सार्बजनिक गरिदैंछ।दशैं तिहार सकिएपछि उपहारको योजनाहरु समाप्त भए जस्तै निर्वाचन पछि वर्तमान मा सार्वजनिक गरिएका महत्वपुर्ण योजनाहरु निस्क्रीए हुने पो हो कि।विश्वास र भरोसा को संकट त मुलुक मा छदैं छ।
आरोप प्रत्यारोप सिमाविहीन भईसक्यो ।राजनितीमा पटक पटक नाङ्गी सकेका प्रमाणित भईसकेका कुपात्र हरु एकले अर्को लाई नङ्ग्याउने कसरत गरीनै रहेका छन। एउटा नाङ्गो ले अर्को नाङ्गो लाई नङ्ग्याउन खोज्नु को के अर्थ्।यो त खराबहरु मध्ये को श्रेष्ठ (Best among Worst)हुने कसरत मात्र हो ।समय छदैं हामी जनताले आफ्नो ब्रह्मास्त्र मतदान को प्रयोग द्वारा ती कुपात्र हरु लाई चेत् खुवाउन सकेनौं भने हामी जनताको आशाको किरणका रुप मा रहेका सुपात्र हरु कुपात्र हरुको कसरतमा पिल्सिने पो हो कि भन्ने डर छ।
———————————एम बी सिहं
Comments
Post a Comment