राजनीति एउटा धर्म हो
राजनीति एउटा धर्म हो
प्रकाशित:- मङ्सिर २६,२०७४ ( Dec.12,2017 )
राजनीति एउटा धर्म हो।कस्तो धर्म ? राज्य समाज र जनता लाई लोक कल्याणकारी अवस्थामा पुर्याउन धर्म ।
राज्य समाज समग्र मा राजनीतिबाट प्रभावित रहन्छ ।यसले राज्य समाजलाई गति दिन्छ ।यस्का लागी राजनीतिले राजनीतिक संस्कार युक्त नेतृत्व खोज्द्छ ।जसरी धर्मले सदविचार सदाचार मर्यादा सुसंस्कार एवं अनुशासित आचरण द्वारा दुख कष्ट रोग भोक भय असमानता र तनाव बाट मुक्ती दिलाऊँदै स्वर्गको जस्तै आनन्दमयी मानवसमाजको निर्माण तर्फ सबैलाई उन्मुख गराउंदछ त्यसै गरी राजनीति पनि सुसंसस्कृत अनुशासित मर्यादित सुसंगठित एवं समृद्द जनकल्याणकारी राज्य समाजको निर्माण तर्फ उन्मुख रहेको हुन्छ ।स्वर्गसरी देश र समाजको निर्माण गर्न राजनितीले सबैलाई समानअवसर प्रदान गर्दछ।
अनुशासन मर्यादा नैतिकता पारस्परिक सम्मान समझदारी र मेलमिलाप राजनीतिको मूल आधार हो।यस्को अभावमा राजनीति अराजक बन्द्छ ।स्वतन्त्रता स्वच्छन्दता मा परिणत हुन्छ ।राजनिती मर्यादा अनुशासन र संस्कार विहीन हुन्छ ।नेतृत्व गर्नेहरु राजनीतिक मूल्य मान्यता र आदर्श अनुरूप चल्न छोदछन।राजनीति लाई आफ्नो अनुकूल बनाउने प्रयत्न गर्न थाल्द्छन।नेतृत्व तहमा EGO अहं पैदा हुन्छ ।जस्को कारण म भनेको राजनीति हो र राजनीति भनेको म हामी हौ भन्ने प्रबृती देखापर्न थाल्द्छ ।
आफू र आफ्नो दल वाहेक अरूकसैको पनि अस्तित्व लाई सहजढंग मा नस्विकार्ने, प्रतिस्पर्धी दल र शिर्ष नेताहरु विरूद्ध अमर्यादित एवं लज्जास्पद तुच्छ शब्दहरु को प्रयोग गरी आफुलाई राजनीतिक डन देखाउन खोज्ने प्रबृती देखापर्न थाल्दछ।
प्रतिस्पर्धिहरु लाई जरै देखि उखेल्नु पर्दछ भन्ने सर्ब सत्तावादी सोच राख्ने जमातका लागी त्यस्तो प्रबृत्ती मन पर्न सक्दछ तिनीहरु बाट ताली बर्षन सक्द्छ तर राजनीतिमा भिन्न मतराख्नेहरु को उपस्थिती अनिवार्य हुन्छ ,तिनीहरु सशक्त हुनु पर्द्छ र तीनिहरु प्रती मर्यादा राखिनु पर्द्छ अनिमात्र राजनीतिले लोककल्याणकारी प्रजातान्त्री क राज्य समाजको स्थापना तर्फ गति लिन्छ भन्ने प्रजातान्त्री क सोंच र मान्यता राख्नेह्ररुका लागि त्यस्त्ो प्रबृत्ती स्विकार्य्ए हुदैन।
निर्वाचन मा जित हार हुने नै गर्दछ।त्यो स्वाभाविक हो।नेतृत्व लगाए सबैले EGO अहं बाट आफु र आफुहरु लाई मुक्त पार्नु पर्दछ । EGO अहं ले पारस्परिक सम्बन्ध र मर्यादा लाई नष्ट गर्दछ ।सबैले EGO अहं त्याग गर्दै लोक कल्याणकारी प्रजातान्त्रीक राज्य समाज को स्थापनार्थ पारस्परिक सम्मान मर्यादा र मेलमिलाप क़ायम गर्दै स्वच्छ प्रतिस्पर्धा लाई अगाडी बढनदिनु पर्द्छ । अन्तत्वगत्वा उदाहरणीय एवं अनुकरणीय राजनीतिक संस्कार को विकास मात्र होईन त्य स्लाई संस्थागत पनि त गर्नु छ ।
———————————————-एम बी सिहं
Comments
Post a Comment