राजनीतिमा अहम्

 राजनीतिमा अहम्

प्रकाशित:- माघ २५ २०७५ ( Feb.8 2019 )


सामाजिक जीवनमा मात्र होईन् राजनीतिमा पनि अहम् शब्द लाई अत्यन्त संवेदनशील मानिन्छ |यस्ले  जस्तोसुकै स्वभाव स्तर र अवस्था का मानव (तपस्वी सन्त विद्वान नेता सबै) लाई समय परिस्थिती अनुसार आफ्नो प्रभाव मा पारेरै छोड्छ | कसैले आफु मा अहम् कतिपनि छैन् भन्ने गरेता पनि समयपरिस्थितीवश निज लाई अलिकति पनि शक्ति को महशुस र आफु आम जनता भन्दा भिन्न र उच्च हुँ भन्ने भान पर्ने वित्तिकै अहम् ले निज लाई जकड़न थाल्द्छ | अहम् ले विकृति र विसंगति  को अवस्था सृजना गर्दछ | वेथिति र चौपट नेता को अवस्था मा त अहम् ले झनै सशक्त  रूप धारण गर्दछ र लथालिङ् लाई भताभुङ को अवस्था मा पुर्याइ छाड्छ |सीधा अर्थ मा अहम् ले नेता र शासक लाई विकृत,दमन र जननिर्वाचित तानाशाह को अवस्थामा पुर्याउदछ | यही त भईरहेको छ सानो सुन्दर आकर्षक एवं रणनीतिक अवस्थितियुक्त हाम्रो देश नेपाल मा |

इतिहास को अवहेलना मात्र होईन् उपहास गर्ने, थुतुनो समृद्धीमुखी तर व्यवहार घातमुखी, मुट्ठीभर

को पाउ समाउने आमजनताको टुप्पी समाउने,धर्म प्रचारक लाई देश निकाला गरेको इतिहास साक्षी रहेको हाम्रो मुलुकमा सनातन धर्म संस्कृति र परम्परा लाई अजिगंरले कुप्लुक्क निले जस्तै निल्न विभिन्न रंग रूपमा लागी परेकाहरूको दासत्व स्वीकार गर्ने, अंग्रेज़ (इष्ट ईन्डिया कम्पनी )संग को युद्ध र सन्धि को कारण कतिपय भूमी त्याग्न परेतापनि एकीकरण को परिणामस्वरूप स्वतन्त्रता दीवस नमनाउने १,४७,१८१ वर्ग कि.मी. क्षेत्रफल रहेको स्वतन्त्र सार्वभौम राष्ट्र नेपाल का स्वाभिमानी नेपाली का रूपमा हामी आज रहेका छौं रहनपाएका छौं | एकीकरण को दौरान धार्नी का धार्नी  नाक काटिएको र पूर्व मा लडन नसकी वडामहाराज पृथिवी नारायण शाह उपत्यका भागेका थिए भन्ने नकारात्मक कुराहरू केही ढोङी नेताहरूले सार्वजनिक रूपमा  व्यक्त गरेकै हो | पृथिवी जयन्ति र राष्ट्रीय एकता दिवस मनाउने क्रममा सत्तासिन दल को एउटा खेमा सहभागी भईरहेको र अर्को खेमा त्यो क्षण भूमिगत भएको दृश्य हामी जनता ले हेर्न पायौं | वर्तमान को गणतन्त्र ,संघीयता र समावेशी को श्रेय् मूलरूपमा ने.का. र तत्कालीन माओवादी, ऐमाले लाई जान्छ यो सबै लाई ज्ञात भएकै यथार्थ हो | यदि जनयुद्ध ताका माओवादीहरूले स्कूले वालबालिकाहरू लाई अपहरण गरी दोहोरो भिड़न्त हुदा मानव ढाल को रूपमा प्रयोग गरेको,देशै भरी नागरिक हत्या गरी सार्वजनिक स्थलहरूमा सुरक्षा जवानहरू को टाउको काटि मनोवैज्ञानिक त्रास फैलाएको,वित्तीय संस्थाहरूमा लूटपाट गरी नगद र गरगहना कुम्ल्याई रातारात आफ्ना कार्यकर्ता र समर्थकहरू लाई  सम्पन्न बनाएको आदीइत्त्यादी युद्ध अपराध लाई मात्र चर्चा मा ल्याइ राख्ने हो भने पक्कैपनि वेमौसमी जस्तो लाग्ला |यस्तो वेमौसमी राग अलाप्नेहरू सबै अहम् को छाउराहरू हुन् |यीनिहरू लाई हात जोडेर अनुनय विनय गरेर हुदैंन् | छाउराहरू लाई आफ्नो शरीर बाट धपाउन कुचोले झार्नु पर्दछ |यस्का लागी आगोमा हिड्न सक्ने क्षमता र शक्ति चाहिन्छ |यदि धर भित्र आरोप र प्रत्यारोप को स्थिती छ भने अाआफ्नो तर्फ बाट भएगरेका गल्ती र कमीकमजोरीहरू को  अन्तस्करणदेखी   आत्मालोचना गर्दै एकजुट भई सशक्त रूपमा छाउराहरू विरूद्ध लाग्नु पर्दछ | छाउरा भनेको प्रवृत्ति हो | यस्को स्रोत अहम् हो र अहम् को मूल शक्ति हो | भनिएकै छ नि ( शक्तिले शक्तिको र  अत्यधिक शक्तिले अत्यधिक शोषण गर्दछ ) |

जो वहुमतमा छ त्यो बलियो छदैछ नि | राजनीतिक पहलवानी देखाउनै पर्दैन् |तर पनि देखाइ छाडे्| त्यसो गर्नु भनेको अहम् हो | अहम् को अन्त्य भस्मासुर हो |चौपट नेताहरूको कारण राजनीति, आर्थिक ,सामाजिक ,शिक्षा स्वास्थ्य ,धर्म संस्कृति सबै क्षेत्र मा ( जल थल मात्र होईन् आकाश पनि) दलाल घूसखोर माफियाहरू को जगजगी भईसक्यो | अब देश को छाती चिरेर माफिया भक्ति देखाउन् मात्र बांकी छ |

भेनेजुयला बिषयमा सत्तासिन दल ले प्रेस विज्ञप्ति जारी गरी यु स लाई साम्राज्यवादी को दर्जा मा राखी विरोध जनायो | प्रवक्त्ता महोदय ले उक्त विज्ञप्ति लाई सही ठहर गर्दै संचार माध्यम मा फलाक्दै गरेको जनताले देख्न सुन्न् पाए | नेपाल सरकार परराष्ट्र मन्त्रालय ले पनि विज्ञप्ति जारी गर्‍यो | सत्तासिन दल ले सच्यायर फेरी अर्कों विज्ञप्ति जारी गर्‍यो| बिषय एक विज्ञप्ति अनेक |नगरि भएन् गर्नै पर्‍यो | यू स महाशक्ति को अगाडी लुरुक्क परेर पुच्छर टाङ्मुनी छिराउनै पर्‍यो | चिकित्सा शिक्षा सम्बन्धि मांगहरू शतप्रतिसत् अक्षरस भावनानुरूप पुरा गर्ने सहमतिमा पन्ध्रौ अनशन तोडेका जनताको छोरो फेरी सोह्रौ पटक वाध्य् भएर अनशन बसे | चिकित्सा शिक्षा सम्बन्धि राखीएका मांगहरू शतप्रतिसत्  होईन् अधिकांश मांगहरू समावेश गरिएको चिकित्सा शिक्षा विधयक राजनीतिक पहलवानी देखाउंदै दुबै सदन बाट पारित गराएरै छाडे् | सहमति भएको तर विधयकमा समावेश नगरिएको वांकी मांगहरू लाई पनि पुरा गरिने प्रतिवद्धता जनाउदै सरकार ले अनशनरत संग वार्ता गरेको भए प्रजातांत्रिक संस्कार मूल्य् र मान्यता अझै जिउदै रहेछ भन्ने आभास जनता लाई हुने थियो | महाशक्ति यू स सामू इमान्दार हुनै पर्‍यो | अनशनरत सामान्य नागरिक त हो नि | पार्टी एकता अन्तिम चरंणमा पुगेको वखत सहयात्रीहरूको कुरा नसुनि तिनीहरू को स्वार्थ पुरा नगरि के का लागी जनता प्रति इमान्दार  हुनु | प्रजातंत्र को सबै भन्दा खराब पक्ष भनेकै वहुमत को तानाशाही हो | यस्को ज्वलन्त उदाहरण हामीहरूले हाम्रै देश को दुवै सदन मा देख्यौं | वहुमत को अत्याचार कै कारण सोह्रौ  अनशन तोडन पर्‍यो |

कस्ता कस्ता कति आए कति गए ,मुसो को छोरो दरबार | राजनीतिमा अहम् को परिणाम के हुन्छ इतिहास साक्षी छ | यतिकै मा हात खुट्टा छोडनु पर्ने नतमस्तक हुनु पर्ने अवस्था आई सक्या छैन् ।

जनता झोले,वोके,भरिया,निरिह र लाचार भएर होईन् प्रजा प्रजा कै हैसियत मा रहन पर्‍यो | जनताको मत पाएर वहुमतको अवस्थामा रहदा वहुमत को तानाशाहीको ताण्डव मच्चाउनेहरू जनता बाट नै धराशायी हुने छन् | किनकी राजनीतिको प्रारम्भ र अन्त्य जनता बाट नै हुन्छ  |

———————महेन्द्र बहादुर सिंह

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार