राजनीति भ्रमित हुंदा

राजनीति भ्रमित हुंदा 

प्रकाशित:- माघ ९,२०७४ ( Jan.23,2018 )


राजनीति भ्रमित हुंदा यत्रतत्र अन्योल,अनिश्चितता र वाक्य विचलनको अवस्था सृजना हुन्छ ।कतिखेर कहाँ के हुने हो,कस्ले कहॉ के बोल्ने हो,के गर्ने हो यस्तै यस्तै अवस्था बाट देश र जनता गुज्री न वाध्य हुन्छ ।देशको समग्र विषयमा जस्ले जे जस्तो बोले पनि सुन्न वाध्य हुनु पर्ने,मुलुक को इतिहास,परम्परा,स्वाभिमान,गौरव र विविधता को मर्यादा र मान्यता नरहने नराख्ने,जो कोहीले जथाभावी क़लम चलाय पनि हुने,न्युन स्तरमा उत्रेर बडबडाए पनि हुने,कुनै विषेश कार्य गरि चर्चामा कोही आए भने निजले गरेको कार्यको बिषयमा बहस,छलफल,मूल्याँकन नै नगरी निजको खेदो खन्न मा मात्र जोडतोडका साथ लागि पर्ने,यस्तै यस्तै अन्योल र भ्रम को खेती गर्ने हरू ले ढुक्क भएर आफ्नो त्यस्ता कार्य लाई निरन्तरता दिंदै जाने,राज्य सरकार र राजनीतिक दलका शिर्ष नेताहरू आफ्नै खेल खेल्न मा व्यस्त रहने,दलका अन्य नेता लगायत कार्यकर्ताहरू आआफ्नो दल र नेताहरू को भजन गाउनमा व्यस्त रहने र आमजनता अक्क न बक्क को अवस्था मा रहनु पर्ने ।यो हो हाम्रो मुलुकको वर्तमान अवस्था ।

यस्तो अवस्थाको जिम्मेवार को ?राजनीति लाई स्वच्छ र स्वस्थ बनाउनुको साटो भ्रमित बनाई धमिलो पानीमा माछा मार्न रूचाउने र सहज मान्ने हरू नै ज़िम्मेवार हुन्।ती को हुन त।जान्न गाह्रो छैन।संघीय प्रजातांत्रिक गणतन्त्र नेपाल को प्रारम्भ देखि हालसम्म कस्ले कहाँ के बोले,के गरे,कसो गरे,कसरी के भनेर बडबडाए छरलङग छ।सुनौलो र तेजिलो नेपाल को साटो दिउंसै चन्द्रमा उदाय पछि उल्लु कराउन थाले पछि,आफ्नो मत र विश्वास को घात गरेपछि लगभग लाचारको अवस्थामा पुर्याईएका जनताले के गर्ने ।

जनता लकुवा भएका हुन् त।सरसरती हेर्दा त्यस्तो अनुभूति जो कसै लाई पनि हुन सक्छ ।तर यथार्थ त्यो होइन्।पेट को चिन्ता नभएको,परिवार नातागोता छरछिमेक इष्टमित्र भएका तर तिनीहरू प्रती लीन नभएका,देश को भूराजनीतिक अवस्थिति लाई वाध्यता होईन वरदान को रूपमा लिन सक्ने,समुन्द्र मन्थन बाट निस्किएको विष लाई पान गरि नीलकण्ठ कहलाउन सक्ने,अमृत लाई दानव र दानवीय स्वभाव भएकाहरू बाट जोगाई आमजनता लाई पान गराउन सक्ने,देश, जनता र मुलुकको इतिहास,गौरव,स्वाभिमान, विविधता र मर्यादा प्रती मात्र लीन भएका नेताको अभाव नै यथार्थ हो।

——————————एम बी सिहं

Comments

Popular posts from this blog

नेताकृत राजनीति

वैकल्पिक राजनीतिक शक्ति

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार