राजनीतिमा “ जे पनि सही हुन्छ “
राजनीतिमा “ जे पनि सही हुन्छ “
प्रकाशित:- कार्तिक २८,२०७४ ( Nov.14,2017 )
राजनीतिमा “जे पनि सही हुन्छ| ( Every thing is right in politics ) भन्नु ग़लत हो।यस्तो धारणा हावी रहेमा प्रजातान्त्री क शासन पद्दतीमा पनि जनता शासक होईन शासित अवस्था मा रहिरहन्छ ।यतिमात्र होईन सर्वसत्तावादी अधिनायकवादी सोच र प्रवृत्ती को वोझ मुनी जनता थिचिएर वाच्न वाध्ए हुन्छ न।
जब नेताहरुमा राजनीतिक आदर्श्,संस्कार र नैतिकता न्युन मात्रामा पनि रहदैन त्यस्तो अवस्थामा “राजनीतिमा जे पनि सही हुन्छ “ भन्ने गलत धारणा फस्टाउँद छ ।विडम्ब ना ! यो गलत धारणाले नेपाली राजनीतिमा ज़रा गाड़ेको छ।झाँगिएको छ।हामी जनता यस्तो गलत सोँच र प्रवृत्ती हेर्दै भोग्दै आइरहेका छौ।फेरी पनि भोग्नु पर्ने नै हो कि भन्ने आशंका हामी जनतामा छ।तर सो आशंका लाई निमित्यान्न पार्न हामी जनताले अझै केही तरखर सम्म पनि गरेका छैनौं।अवसर हाम्रो सामु छ।फलाम तातेको छ। मुलुक निर्वाचनमय बनेको छ।
मुलुकको राजनीतिक अवस्था ,गन्तब्य तर्फ उडीसकेको तर कालों वादलभीत्र लगभग हराउने अवस्थामा पुगेको यात्रुवाहक हवाईजहाज ,जस्तै भएको छ।गन्तब्य मा सुरक्षित अवतरण गर्ने छ भन्ने आश रहेको तर हामीजनताको भरोसा डगमगाएको छ।
राजनीतिमा सम्भावना प्रशस्त रहन्छ।यो नै यथार्थ हो।तसर्थ “राजनीतिमा जे पनि सही हुन्छ” भन्ने गलत धारणा लाई ज़रो देखि उखेल्नु राजनीति बाट प्रत्यक्ष परोक्ष प्रभावित हुने हामी सामाजिक प्राणी को राजनीतिक दायित्व हो।
——MBSingh
Comments
Post a Comment