सम्पन्न स्थानिय निर्वाचन
सम्पन्न स्थानिय निर्वाचन
प्रकाशित:-कार्तिक २२,२०७४ ( Nov.08,2017 )
सम्पन्न स्थानिय निर्वाचन र हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन को वर्तमान अवस्थामा चुनावी तालमेल र गठबन्धन को राजनीतिक जालो मा दल नेता कार्यकरताहरु जकडिदैगएका छन।तालमेल र गठवन्धन लाई मूल अस्त्र को रूपमा लिईएको छ।दलहरू बीचको दुरी बढ़दै छ।ध्रुविकरण हुदैछ।के सही के गलत।जसरी भएपनि सिट हात पार्नु छ।
एउटै चुनाव चिन्ह को गठवन्धन होईन।चुनाव चिन्ह आ-आफ्नो तर छाता गठवन्धन को।भोली फेरी पानी वारा वार हुने नै होला।तालमेल र गठवन्धन को स्वरूप र गतिविघि हेर्दा भोलिको राजनीति कस्तो हुने हो किटान गर्न गार्हो छ।राजनीतिक बृत्त मा शंका र डर पलाएको छ।
राजनीति वामपंन्थी र प्रजातन्त्रवादी दुई धार वीचको टक्कर को अवस्था मा पुगेको छ।दुई धार वीच रस्सा कस्सी (Tug of War)चल्दै छ।यसै क्रम मा दुवै तर्फ का राजनीतिक पहलवानहरु थकितभएर ज्वरोले निस्लोट हुने र रस्सी चुडिंएर उठनै नसकिने गरी पछारिने सम्भावना लाई नकार्न गार्हो छ।
तालमेल र गठवन्धन समयको आवस्यकता होईन।यो आकस्मिक र वाध्यात्मक हो।
वास्तव मा यो गठवन्धन कसैको रणनीति हो।
कस्तो रणनीति -
”फड्को मार्ने रणनीति”(Stepping Stone Strategy )
-MBSingh
Comments
Post a Comment