Posts

गठबन्धन होइन संयुक्त सरकार

हामीहरू संग यस्तो प्रधानमन्त्री हुनुहन्छ जस्को बोली, शब्द छनोट र प्रयोग बेलगाम छ।वहाँ भन्नु हुन्छ " प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निक्लिन सक्छु।" आफ्नो फेवरबल नरहेको आशंकामा प्रधानमन्त्रीले गठबन्धन लाई लात  हानेर हुर्याइ दिनु भयो।भत्काइ दिनु भयो।तर दोष कांग्रेस माथी थोपर्दै छन्।निरन्तरको राजनीतिक घटनाक्रमले स्पष्ट देखाइ रहेको छ कि  देउवा ,ओली र दाहाल नेपालको राजनीतिमा तीन टिकट महा विकट जस्तै हो।एउटै नेता दाहालले एउटै पदका लागि चौध महीनामा तीन पटक संसदमा विश्वासको मत लिनु पर्ने , प्रतिपक्ष भएर पनि कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने, कहिले कांग्रेसको त कहिले ऐमालेको बुई चढेर लगातार प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री दाहाल कांग्रेसको  बुई चढेको बखत ऐमाले विरूद्ध खनिने  र ऐमालेको बुई चढेको बेला कांग्रेस माथी खनिने।संसदमा कांग्रेसलाई थर्काउदै प्रधानमन्त्री बडबडाइ रहेका थिए " डराउछ माओवादी केन्द्र भनठान्नु भाछ ? को राजनीतिक दल कति बेला को संग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्।आफ्नो हिसाबकिताब राख्...

जनता कमजोर हुदा यस्तै हुन्छ

प्रजातन्त्र लाई तब मात्र  जनताको,जनताद्वारा,जनताको लागि परिभाषित गर्न औचित्यपूर्ण हुन्छ जब जनताको स्टाटस निर्णायक हुन्छ।वर्तमानमा जनताको स्थिति त्यस्तो छैन्।त्यसो त अहिले पनि जनताको स्थिति निर्णायक नै छ तर देशको स्वाभिमान,प्रतिष्ठा र समृद्धिको निम्ति होईन् आफ्नो, आफ्ना परिवार र सिमीत समूह वर्गको स्वार्थको खातिर मात्र ।धेरै भन्दा धेरै प्रतिशत जनता त्यस्तै त्यस्तै स्वार्थमा सक्रिय छन्।देशको स्वाभिमान,प्रतिष्ठा र समृद्धिको लागि मरिमेट्न तयार विशुद्ध जनताको प्रतिशत निकै कम छ।समग्रमा मुलुकको राजनीतिमा बहुसंख्यक जनताले छातीमा हात राखेर मुटुको धड्कन अनुभूत गर्दै निर्णय गर्दैनन्।गोजीमा हात घुसारेर पैसालाई सम्झेर स्वार्थ र लोभमा  निर्णय गर्दछन्।त्यसैले त आज जताततै स्वाहाको अवस्था छ। परिस्थिति उल्टीएको छ।राजनीति देश र जनताको सेवा होईन् लाभ र स्वार्थको विषय बनेको छ।राजनीति सबैका लागि फल झार्ने झटारो जस्तै भएको छ। त्यसैले त उद्योगपति, व्यापारी, कर्मचारी, शिक्षक, कानून व्यवसायी, मजदुर किसान , विचौलिया, माफिया सबै राजनीतिक अखाडामा उत्रियका छन्।पैसाको बलमा, धम्की,जोरजुलुम,हुलहुज्जत,ठेलठाल,भ्...

शक्ति र राजनीतिक भ्रष्टीकरण

 शासनतन्त्रमा शक्ति र राजनीतिको ठुलो चलखेल हुन्छ।शक्तिबिना राजनीति सम्भव हुदैन्।राजनीतिबिना शक्ति प्राप्त हुदैन्।सामान्यतः अर्काको व्यवहार र  घटनाक्रम लाई निर्देशित र प्रभावित गर्न सक्ने क्षमता र योग्यता नै शक्ति हो।शक्ति त्यो केन्द्रबिन्दु हो जसबाट संयन्त्रहरूको परिक्रमण हुन्छ।शक्ति सत्तारोहण र अवरोहणको दुई धारे तरबार जस्तै हो। काट्छ र काटिइन्छ पनि। अधिकांशतः शक्तिको स्वभाव कठोर र शोषण उन्मुख हुन्छ।शक्ति नै उत्थान र पतनको प्रमुख कारक हो। सर्वेक्षणहरू बाट देखिएको छ कि जब व्यक्तिमा शक्ति बढ्छ उसको Sense of Morality घट्दै जान्छ। शक्ति र सत्तामा रहेकाहरूको बोली र भाषण जनताको चाहना र आवश्यकतामा केन्द्रित रहन्छ तर वास्तवमा तिनीहरूको मन मस्तिष्कमा जनताको उपयोग र शोषण बाहेक जनताको आकांक्षा र आवश्यकताको कुनै स्थान हुदैन्। शक्तिको स्वभाव सम्बन्धी एउटा चर्चित भनाई छ-" Power tends to Corrupt.Absolute power corrupts absolutely". जनयुद्ध र सडक आन्दोलनको संयुक्त शक्ति बाट राजगद्दी र तन्त्र धराशायी भयो।तापनि संधीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था क्रियाशील रहेको आजको अवस्थामा "...

गठबन्धन - सबैभन्दा ठुलो दल

हो राजनीतिक दलको परिभाषा र सिद्धान्त विपरीत प्रजातान्त्रिक मूल्य मान्यता लाई अँठ्याउदै वर्तमानमा गठबन्धन मुलुकको सबैभन्दा ठुलो दलमा परिणत हुदै गरेको अवस्था छ।यस्तो दल जसको आफ्नो सिद्धान्त, झण्डा, चिन्ह, घोषणापत्र केही हुदैन्।मान्यताको हकमा साझा कार्यक्रम मात्र हुन्छ।तर सम्बद्ध दलहरूको आ-आफ्नो सिद्धान्त, मान्यता, घोषणापत्र, चिन्ह, झण्डा, सांगठनिक संरचना सबथोक हुन्छ।राजनीति र राजनीतिक दलहरू प्रतिको परिवर्तित जनदृष्टिकोणको कारण विशेषतः पुराना ठुला दलहरू लाई आफ्नो दलीय अस्तित्व बरकरार राख्न निकै कठिन भएको, भुईँ पार्टीको दर्जामा पुग्ने जोखिम रहेको र परिवर्तित अवस्थाको चुनौतीहरू थेग्न सक्ने आफ्नो दलको ल्यागतमा विश्वस्त हुने स्थिति नरहेको आत्मानुभूति कै कारण दलीय हैसियत मेन्टेन गर्न गठबन्धनकारी दलहरू मौजुदा गठबन्धन लाई दलको रूपमा स्थापित गर्ने तरखरमा छन्।हाम्रो लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा यो एउटा अप्राकृतिक अभ्यास हुनेछ। प्रतिस्पर्धात्मक बहुदलीयता क्रेक हुनेछ।  राजनीति भनेको जोखिम उठाउनु हो।तर गठबन्धनकारी दलहरू जोखिमको राजनीति होईन्, आनन्दको राजनीति गर्न चाहन्छन्।गठबन्धनकार...

कुराजनीतिको चरमोत्कर्ष

मूलतः राजनीति भनेको सुशासन र समृद्धि हो।यसको विपरीतको अवस्था कुराजनीति हो।राजनीतिमा देखिएको अकल्पित प्रदूषणको कारण सुशासन र समृद्धिका लागि राजनीतिमा पौडिएका त्यागी, दृढ संकल्पित नेताहरू प्रदुषित परिवेश बाट अछुतो रहेनन्।राजनीतिमा जिन्दगी बिताई सकेका पाका नेताहरू आफ्नो जिवनको उत्तरार्धमा पनि सत्ता र पदको मोह बाट मुक्त रहन सकेनन्।उमेर ढल्किदैमा बुद्धि र विवेकीय क्षमता पनि समाप्त भईहाल्छ भन्ने होईन। तथापि सत्ताको लत त्याग्न नसक्नु ,नयाँ पिढीहरूको सत्तारोहण, नेतृत्वरोहणको वेग विरूद्ध खेलखालमा अनावश्यक उर्जा खर्चिनु वास्तवमा एकाधिपत्य हो।त्यसैले ती पाका नेताहरूको एको अहंको कुमानसिकता बाट  मुलुकको राजनीति ग्रसित छ। मौकापरस्तहरू पेशागतरूपमा राजनीतिमा खनिएका छन्।माफिया, बिचौलिया , दलाल,भ्रष्टाचारीहरूको लागि राजनीति अत्यन्त उर्वरा स्वार्थवर्धक प्लेटफर्म बनेको छ।त्यसैले त राजनीतिमा टुप्पो देखि फेद सम्म ती कुतत्वहरूको वलियो संगठित पकड छ।राजनीतिमा डकार्न सकियो भने संविधान र कानुनको धारा उपधारा, दफा उपदफाहरू लाई राजनीतिक आवरणमा आफ्नो स्वार्थ अनुकूल जसो पनि गर्न गराउन सकिने तिनीहरूको कुसोच र कुमक...

भारत एक असहज मित्र

  नेपाल कतै दुई छिमेकी मित्रहरू भारत र चीनको राजनीतिक खिचातानीको थलो बन्ने त होईन् ? मुलुकको राजनीतिमा दशकौँ देखि यस्तो आशंका थियो।वर्तमानमा त्यो आशंकाको संकेत देखिन थालेको छ।काठमांडू स्थित भारतीय र चीनियाँ महामहिमहरूको हालैको अभिव्यक्ति र ट्विटले त्यो संकेतको पुष्टि गर्दछ।त्यसैले नेपाल भारत विशेष सम्बन्धको युग समाप्ति संगसंगै पञ्चशीलमा आधारित असंलग्न वैदेशिक नीतिको आधारमा सबै राष्ट्रहरू संग सम्बन्ध स्थापित गर्दै विश्व राजनीतिमा आफ्नो पहिचान बनाउने नीति अवलम्बन गर्यो।{ दुई ढुङ्गा बीचको तरूल } नेपालको भूराजनीतिक वास्तविकताको आधारमा समदुरीको सिद्धान्त लाई विशेषत: भारत चीन संगको सम्बन्धको गाइडलाइनको रूपमा स्थापित गर्यो। चीन बाट जतिपनि सहयोग प्राप्त भयो ती सबै नेपालको आत्मनिर्भरता प्रति लक्षित थियो।भारतीय विरोधको बाबजुद काठमांडू लाई चीन संग जोड्ने मेरूदण्डको रूपमा स्थलमार्ग कोदारीको निर्माण संचालन भयो।औद्योगिक विकास द्वारा आत्मनिर्भर र समृद्धिको अवस्थामा पुग्न चीनियाँ सहयोगमा स्थापित विभिन्न उद्योगहरू बाट उत्पादित वस्तुहरूको पर्याप्त आन्तरिक खपत संग संगै निर्यातको अवस्थामा मुलुक पुगेको...

सुशासन समृद्धि र भ्रष्टाचार

 सुशासन, समृद्धि र भ्रष्टाचार निवारण सबैको टारगेट हो।तर वर्तमानमा  त्यो टारगेट भ्रष्टाचारी जुकाहरू बाट अवरूद्ध छ।सुशासन, समृद्धि र सबै क्षेत्रको भ्रष्टाचार नियन्त्रण संविधानमा लिपिबद्ध छ।तापनि जुन अनुपातमा सुशासन र समृद्धिको कुरो उठाइन्छ त्यो भन्दा धेरै गुना अनुपातमा भ्रष्टाचार हुने गर्दछ।भ्रष्टाचारको गति ननस्टप छ।क्षेत्र वृहत्तर छ।कनेक्शन माकुरोको जालो जस्तै छ।फेद र टुप्पो पत्ता लगाउन कठिन अनुसन्धान आवश्यक हुन्छ।तर अनुसन्धान टुप्पो सम्म पुग्दा नपुग्दै मार्ग खण्डित गराइन्छ।डाइवर्ट र ब्रेकडाउनको गेम शुरू हुन्छ।नक्कली भुटानी शरणार्थी प्रकरणको गहिराइ सम्म अनुसन्धानरत एआईजी र एसएसपी द्वयको सरूवा लगाएत उक्त प्रकरणमा आरोपितहरू लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने जिल्ला अदालत काठमाण्डूका न्यायाधीशको सरूवाले प्रकरण लाई  डाइवर्ट र ब्रेकडाउन गर्ने गेमको पुष्टि गर्दछ। भ्रष्टाचार न्यूनीकरण मात्र होईन् निर्मूलको गर्जन धेरै पटक धेरै सरकार प्रमुखहरू बाट नभएको होईन्।त्यो गर्जन निरन्तर छ तैपनि वर्तमानमा भ्रष्टाचार सङ्गठित हुदै संस्थागतको अवस्थामा पुगिसक्यो।यस्तो किन र कसरी ? सबैमा...