Posts

कुराजनीतिको चरमोत्कर्ष

मूलतः राजनीति भनेको सुशासन र समृद्धि हो।यसको विपरीतको अवस्था कुराजनीति हो।राजनीतिमा देखिएको अकल्पित प्रदूषणको कारण सुशासन र समृद्धिका लागि राजनीतिमा पौडिएका त्यागी, दृढ संकल्पित नेताहरू प्रदुषित परिवेश बाट अछुतो रहेनन्।राजनीतिमा जिन्दगी बिताई सकेका पाका नेताहरू आफ्नो जिवनको उत्तरार्धमा पनि सत्ता र पदको मोह बाट मुक्त रहन सकेनन्।उमेर ढल्किदैमा बुद्धि र विवेकीय क्षमता पनि समाप्त भईहाल्छ भन्ने होईन। तथापि सत्ताको लत त्याग्न नसक्नु ,नयाँ पिढीहरूको सत्तारोहण, नेतृत्वरोहणको वेग विरूद्ध खेलखालमा अनावश्यक उर्जा खर्चिनु वास्तवमा एकाधिपत्य हो।त्यसैले ती पाका नेताहरूको एको अहंको कुमानसिकता बाट  मुलुकको राजनीति ग्रसित छ। मौकापरस्तहरू पेशागतरूपमा राजनीतिमा खनिएका छन्।माफिया, बिचौलिया , दलाल,भ्रष्टाचारीहरूको लागि राजनीति अत्यन्त उर्वरा स्वार्थवर्धक प्लेटफर्म बनेको छ।त्यसैले त राजनीतिमा टुप्पो देखि फेद सम्म ती कुतत्वहरूको वलियो संगठित पकड छ।राजनीतिमा डकार्न सकियो भने संविधान र कानुनको धारा उपधारा, दफा उपदफाहरू लाई राजनीतिक आवरणमा आफ्नो स्वार्थ अनुकूल जसो पनि गर्न गराउन सकिने तिनीहरूको कुसोच र कुमक...

भारत एक असहज मित्र

  नेपाल कतै दुई छिमेकी मित्रहरू भारत र चीनको राजनीतिक खिचातानीको थलो बन्ने त होईन् ? मुलुकको राजनीतिमा दशकौँ देखि यस्तो आशंका थियो।वर्तमानमा त्यो आशंकाको संकेत देखिन थालेको छ।काठमांडू स्थित भारतीय र चीनियाँ महामहिमहरूको हालैको अभिव्यक्ति र ट्विटले त्यो संकेतको पुष्टि गर्दछ।त्यसैले नेपाल भारत विशेष सम्बन्धको युग समाप्ति संगसंगै पञ्चशीलमा आधारित असंलग्न वैदेशिक नीतिको आधारमा सबै राष्ट्रहरू संग सम्बन्ध स्थापित गर्दै विश्व राजनीतिमा आफ्नो पहिचान बनाउने नीति अवलम्बन गर्यो।{ दुई ढुङ्गा बीचको तरूल } नेपालको भूराजनीतिक वास्तविकताको आधारमा समदुरीको सिद्धान्त लाई विशेषत: भारत चीन संगको सम्बन्धको गाइडलाइनको रूपमा स्थापित गर्यो। चीन बाट जतिपनि सहयोग प्राप्त भयो ती सबै नेपालको आत्मनिर्भरता प्रति लक्षित थियो।भारतीय विरोधको बाबजुद काठमांडू लाई चीन संग जोड्ने मेरूदण्डको रूपमा स्थलमार्ग कोदारीको निर्माण संचालन भयो।औद्योगिक विकास द्वारा आत्मनिर्भर र समृद्धिको अवस्थामा पुग्न चीनियाँ सहयोगमा स्थापित विभिन्न उद्योगहरू बाट उत्पादित वस्तुहरूको पर्याप्त आन्तरिक खपत संग संगै निर्यातको अवस्थामा मुलुक पुगेको...

सुशासन समृद्धि र भ्रष्टाचार

 सुशासन, समृद्धि र भ्रष्टाचार निवारण सबैको टारगेट हो।तर वर्तमानमा  त्यो टारगेट भ्रष्टाचारी जुकाहरू बाट अवरूद्ध छ।सुशासन, समृद्धि र सबै क्षेत्रको भ्रष्टाचार नियन्त्रण संविधानमा लिपिबद्ध छ।तापनि जुन अनुपातमा सुशासन र समृद्धिको कुरो उठाइन्छ त्यो भन्दा धेरै गुना अनुपातमा भ्रष्टाचार हुने गर्दछ।भ्रष्टाचारको गति ननस्टप छ।क्षेत्र वृहत्तर छ।कनेक्शन माकुरोको जालो जस्तै छ।फेद र टुप्पो पत्ता लगाउन कठिन अनुसन्धान आवश्यक हुन्छ।तर अनुसन्धान टुप्पो सम्म पुग्दा नपुग्दै मार्ग खण्डित गराइन्छ।डाइवर्ट र ब्रेकडाउनको गेम शुरू हुन्छ।नक्कली भुटानी शरणार्थी प्रकरणको गहिराइ सम्म अनुसन्धानरत एआईजी र एसएसपी द्वयको सरूवा लगाएत उक्त प्रकरणमा आरोपितहरू लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने जिल्ला अदालत काठमाण्डूका न्यायाधीशको सरूवाले प्रकरण लाई  डाइवर्ट र ब्रेकडाउन गर्ने गेमको पुष्टि गर्दछ। भ्रष्टाचार न्यूनीकरण मात्र होईन् निर्मूलको गर्जन धेरै पटक धेरै सरकार प्रमुखहरू बाट नभएको होईन्।त्यो गर्जन निरन्तर छ तैपनि वर्तमानमा भ्रष्टाचार सङ्गठित हुदै संस्थागतको अवस्थामा पुगिसक्यो।यस्तो किन र कसरी ? सबैमा...

भ्रष्टाचारवाद

राजनीतिक आस्था, विश्वास र विचारधारामा आधारित अनेकन् वादहरू विश्वव्यापी छ।मुलुकको राजनीतिमा पनि दलहरू विभिन्न वादमा विभक्त छन्।सुशासन र समृद्धि सबैको टारगेट हो।त्यो प्राप्तिको सबैको आ-आफ्नो पृथक तरिका र प्रक्रियाहरू छन्।तथापि वर्तमानमा तिनीहरू बीच अलाइन्स छ।आ-आफ्नो स्वार्थ पूर्ति गर्ने ताकमा गठबन्धन सरकार चलाइ रहेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास लगत्तै विभिन्न अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहालले " भ्रष्टाचारीलाई कुनै पनि हालतमा छुट दिन सकिदैन्।अहिले त्यो प्रक्रिया शुरू भएको छ।यो टेलर मात्र हो।हेर्दै जानुस सिङ्गै फिलिम देखिनेवाला छ " भने संगसंगै एक क्विन्टल सुन प्रकरण, ललिता निवास जग्गा प्रकरणको गोताखोरी शैलीमा भटाभट छानविन, पक्राउ र  थुनुवाको प्रक्रिया चलिरहेको छ।" २०४६ को ऐतिहासिक जनआन्दोलन पछीको ठुल ठुला भ्रष्टाचारको काण्ड भनेर जो स्थापित छन् तिनको खोजीनिती गरिन्छ।" भन्ने प्रधानमन्त्रीको उद्घोष लाई सिद्ध गर्न भिन्न भिन्न कालखण्डमा घटित विभिन्न विषयक प्रकरणहरूको फाईल क्रमशः खोलिनु पर्दछ।छानविन, पक्राउ र  थुनुवाको प्रक्रिया दह्रो गरि अघि बढाईनु पर्...

एकला चलो रे

सत्य एक्लो, कठिन र बलिदानी हुन्छ।परिवर्तित नयाँ सोचका साथ अघि बढ्न, विद्यमान परिपाटीमा समय सापेक्ष परिवर्तन ल्याउन, सत्य न्याय र विधि स्थापित गर्न उच्च साहस, धैर्य, मजबुत आत्मवल र कुर्बानी अपरिहार्य हुन्छ।किनकी त्यस क्रममा अनर्गल, तथ्यहीन, आधारहीन, अपमानजनक मिथ्या आरोप खेप्नु पर्ने अवस्था आउन सक्छ। सत्य र न्यायको स्थापना, विधानको भावनानुरूप निरन्तर अक्षरशः पालना र मौजुद  परिपाटीमा समयानुकूल रूपान्तरण सबैको चाहना एवं प्राथमिकताको विषय हो।तथापि शीर्ष पदमा आसिन नेताको सामु घुँडो टेकुवा, परिक्रमी, लालची ,झोलेहरु  खाइपाइ आएको पद, सुविधा, समर्थन र आशीर्वाद गुम्ने डरले रूपान्तरणको बुलन्द आवाजको निर्लज्ज विरोध गर्दछन्।जसको कारण रूपान्तरणकार नेताको करियर  जोखिममा पर्ने, एकलो जस्तै हुने अवस्था पैदा हुन सक्छ। आस्था, विश्वास र भक्तिमा आधारित सत्य,न्याय,परिवर्तन र रूपान्तरणको  अभियान सुरूवातमा सदैव एकलो हुन्छ।जसो जसो परिवर्तन र रूपान्तरणको रंग र दायरा गाढा एवं फराकिलो हुदै जान्छ। तसो तसो समर्थकहरूको लर्को लाग्दै जान्छ।उपनिवेश विरूद्ध भारत स्वतन्त्रताको लागि माहात्मा गांधीले जतिपन...

स्वीकारोक्ति, आत्मालोचना र प्रतिबद्धता

सामाजिक सांस्कृतिक धार्मिक समानता, अत्यधिक आर्थिक निर्भरता र तीन तर्फ भारत बाट घेरिएको हाम्रो देश नेपाल भारतीय प्रभाव बाट कसरी मुक्त रहन सक्छ ? टिपोट गर्न जरूरी छ कि प्रभावमा पर्नु र संरक्षित, निर्देशित, संचालित हुनु फरक बिषय हो।इतिहास साक्षी छ नेपाल कहिल्यै गुलाम अर्थात् उपनिवेश रहेन्।तर विशेषत: वि.सं. २००७ मा प्रजातन्त्र स्थापना पश्चात नेपाल संरक्षित स्टाटसमा रह्यो।त्यो अवस्था क्रमशः क्षीण हुदै समाप्त भयो तापनि निर्देशित र संचालितको अवस्था वर्तमानमा पनि निरन्तर चलिरहेको छ।त्यसैले त हाम्रो राजनीति जनताको आकांक्षा अनुरूप हाम्रा नेताहरू बाट निर्देशित , संचालित छैन्। वि.सं. २००७ देखि २०१७ पूर्व सम्म संरक्षित निर्देशित र संचालितको अवस्था अप्टिमम थियो।वि.सं.२०१७ पछी खुकुलिदै गयो।२०४६ पश्चात त्यो अवस्था उतारचढाव हुदै २०६२/०६३ पछी ह्वाट्टै बढ्यो।भारतीय नेताहरूको ,दूतहरूको चलखेल खुलमखुला हुन थाल्यो ।चीनले पनि खुलेआम सिको गर्न थाल्यो।यसको अनगन्ती उदाहरणहरू छन्।विगतमा दलीय नेताहरू बिच " बेजीङमा पानी पर्दा काठमांडूमा छाता ओढ्ने र दिल्लीमा गर्मि चढ्दा काठमांडूमा छाता ओढ्ने " जस्तो व्यङ्...

ह्विप र फुकफाकमा पारित बजेट

 बजेटको अर्थ र बुझाइ साधन स्रोतको जोहो, बाँडफाँट र आयव्ययको विवरण मात्र होईन।बजेट र विकासको मापदण्ड भनेको सन्तुलन हो।कतै अभाव त कतै डम्पको अवस्था बजेटको मान्यता विपरीत हो।किनकी विकास भनेको समस्त क्षेत्रको विकास हो।त्यसैले उपलब्ध साधन र स्रोतको समानुपातिक ढंगमा सन्तुलित वितरण नै बजेटको प्रमुखता हो। बार्षिक बजेट छलफलका लागि संसदमा प्रस्तुत गर्नु वास्तवमा अपेक्षा, उत्सुकता र सकारात्मकताको अवस्था हो।यसै क्रममा सांसदहरूले  जिज्ञासा राख्नु, सुझाव प्रस्तुत गर्नु स्वभाविक हो।तर आ.व. २०८०/८१ को बजेट माथी छलफलको क्रममा प्रतिनिधि सभामा सौहार्द एवं सकारात्मकता देखिएन।प्रस्तुत बजेट अपरिपक्व,पक्षपातपूर्ण, असन्तुलित रहेको भन्दै प्रतिनिधि सभामा सत्तापक्षीय  सांसदहरू समेत बाट चर्को विरोध हुनु , संशोधन र पुनर्लेखन गरि प्रस्तुत गर्न दवाव सृजना हुनु ले बजेट लेखनमा  खोट र पूर्वाग्रह  रहेको संकेत गर्दछ।त्यसो त विगतमा जस्तै यस पालि पनि अनधिकृत व्यक्ति तथा बिचौलियाहरू बजेट लेखन कक्षमा घुसेको सन्देहात्मक हल्लाखल्ला चलेकै हो। प्रमुख प्रतिपक्ष दल लगाएत संसदमा रहेका तर सत्तासीन नभएका अन्य ...