Posts

शक्ति सन्तुलन र स्थिरताको अस्थिर राजनीति

अनौठो छ वर्तमानको राजनीतिक खिचखिचको अवस्था।एउटा मान्छेको कारण देशमा जहानियाँ राणा शासन चल्यो।एउटा मान्छे कै कारण निर्विकल्प निर्दलीय शासन चल्यो।जनताको कारण बहुदलीय व्यवस्था हुदै संघीय प्रजातान्त्रिक गणतन्त्रको अवस्था सम्म आई पुग्यौं।फेरी पनि एउटा मान्छे कारक रहेको इतिहास दोहोरिने क्रम सृजना हुदैछ।पौष १० गते पश्चात एउटा मान्छेको कारण शक्ति सन्तुलन,स्थिरता र राष्ट्रीय सहमतिको नाममा मुलुकको राजनीति दिनानुदिन अस्थिरतामा जकडिदै  छ।निरन्तर फोगटको राजनीतिक भेटघाट र छलफलले राजनीति अस्थिरताको खाडल तर्फ घचेटिदै छ। राष्ट्रपति ऐमालेको हुने सम्बन्धमा पौष १० गते शिर्ष नेता द्वय ओली र प्रचण्ड बीच भएको भद्र सहमतिको कुरो ऐमाले ले वारवार उठाइ रहेको छ।यदि त्यो बनावटी हो भने दाहालले प्रत्यक्ष कडा खण्डन गर्नु पर्थ्यो।नङ्ग्याउनु पर्थ्यो।उल्टो राष्ट्रपतिको निर्वाचनको लागि राष्ट्रीय सहमति तेर्स्याइ रहेका छन्।विश्वासको मतको चमत्कारी खेल पश्चात बालुवाटार पुगेर पौष १० गतेको खेलखालको आत्मालोचना गर्दै राष्ट्रपतिको लागि नेपाली कांग्रेस प्रचण्डसंग राजनीतिक भलाकुसारी गरेको समाचार छापछाप्ती छ।संसदमा सबै भन्दा ठुलो...

राष्ट्रिय सहमतिको स्वप्निल राजनीति

 मुलुकको राजनीतिमा सत्तापक्ष मूलतः प्रधानमन्त्री प्रचण्ड र विश्वासको मत सहितको प्रमुख विपक्षी दल नेपाली कांग्रेस मूलतः देउवाले जे जस्तो राजनीतिक कर्म गर्दैछन् त्यो देश र जनताको लागि होइन् त्यो त भत्किएको भत्काइएको गठबन्धनको तोड मात्र हो। सरकार प्रमुख आफु हुने प्रचण्डको अडानलाई अन्तिम समयसम्म कांग्रेसले अनिर्णीत राखेर धुकचुकको अवस्थामा पुर्याएको मानसिक चोट प्रचण्डले भुल्ने त कुरो भएन्।अत: राष्ट्रिय सहमतिको राजनीतिक छद्म प्रयोगमा ल्याईयो।राष्ट्रपतिको पत्ता फालेर विश्वासको मत पाउन प्रचण्ड देउवा भेटन पुगे।प्रचण्डको तापले देउवालाई गलायो।फलतः प्रमुख विपक्षी दलको स्वरूपमा थोरै परिवर्तन गरेर एउटा सिङ धारण गर्दै नयाँ रूपमा कांग्रेस प्रस्तुत भयो।अनि देउवा लगाएत शिर्ष नेताहरू भटयाउन थाले [ विश्वासको मत दिन्छौ तर सरकारमा जादैनौं, विपक्षमा बस्छौं ]।सरकारमा नजाने वचनबद्धता बाट कांग्रेसलाई चुकाउन राष्ट्रपति पद कांग्रेसलाई संकेत गर्दै राष्ट्रिय सहमतिको रणनीतिक गोटी चालमा प्रचण्ड हिजोआज  व्यस्त छन्।त्यसै गरि अर्को एउटा सिङ थप्दै राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णयमा कांग्रेस पुग्यो।कांग्रेस...

विश्वासको मत र प्रतिपक्षको राजनीतिक स्टन्ट

 प्रचण्ड नेतृत्वको सरकार लाई विश्वासको मत दिने र  प्रतिपक्षको हैसियतमा पनि संसदमा प्रस्तुत हुने नेपाली कांग्रेसको राजनीतिक स्टन्टले संविधान कानुन र प्रजातान्त्रिक मूल्य,मान्यता एवं नैतिकतामा अवरोधको स्थिति निम्त्याएको छ।   प्रजातान्त्रिक शासन पद्धतिमा प्रतिपक्षरहित संसदको उच्चारण पनि गर्न सकिदैन्।संसदीय प्रणालीमा प्रतिपक्ष अपरिहार्य हुन्छ।प्रतिपक्ष जति सशक्त,क्रियाशील रह्यो सत्तारूढ त्यति नै सजग,सचेत,गतिशील हुन्छ।प्रतिपक्ष फितलो,गतिहीन रह्यो भने  सत्तासीन अत्यन्तै स्वेच्छाचारी,दाम्भिक हुन्छ।मङ्सिर ०४ पूर्वको संसदमा कांग्रेसको (साइलेटं) मौन प्रतिपक्षताको कारण तत्कालीन सत्ता उद्दण्ड तथा  सेखी रहेको नेता जनता सबैले देखेको,भोगेकै हो। प्रतिपक्ष भनेको सुशासनको उर्जावर्धक हो।तसर्थ प्रजातन्त्रमा संसदलाई प्रतिपक्ष विहीन अवस्थामा रहन दिईदैन्।सदैव सशक्त प्रतिपक्षको अपेक्षा गरिन्छ।तर सर्वसत्तावादीहरूले संसदमा प्रतिपक्ष देख्न चाहदैनन्।मटिया मेट होस भन्ने चाहान्छन्।त्यसैले होला १६९ सांसदको मत पाएर सरकार गठन गरेका प्रचण्डलाई विश्वासको मतका लागि कांग्रेस मतको आवश्यकता नै थ...

क्षण पकडको राजनीति

हो क्षण आउछ अनि जान्छ।तर कतिपय परिस्थितिमा क्षण अत्यन्त महत्वपूर्ण हुन्छ।संवेदनशील हुन्छ।निर्णायक हुन्छ।तसर्थ त्यो क्षणको स्टाटस र संवेदनशीलता को पहिचान गर्नु पर्दछ।आफ्नो पकडमा राख्नु पर्दछ।कत्ति पनि समय खेर नफालि तत्काल सदुपयोग गरिहाल्नु पर्दछ।अन्यथा परिणाम प्रतिकूल हुन् सक्छ। समय परिस्थिति अनुसार पैदा हुने क्षणको तात्कालिक महत्व पहिचान र सोही आधारमा सदुपयोगले आफ्नो अनुकूलको नतिजा प्राप्तिमा निकै महत्व राख्दछ।राजनीतिको निर्णायक स्थितिमा क्षणले त झन ठुलो महत्व राख्दछ।किनकी त्यो   क्षणको सही पहिचान भएन वा सही पहिचान भएर पनि सदुपयोगको क्रममा   खिचखिचको कारण समय खेर फालेमा उलटपुलट हुन सक्छ।पासापलट पनि हुन सक्छ।संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने क्रममा २०७९ पुष १० गते यस्तै भएको थियो। पलमा सत्तापलट भयो। २०७९ मंसिर ०४ को निर्वाचन बाट नेपाली कांग्रेस संसदमा ठुलो दल(कूल ८९ सीट) बन्यो।माओवादी ( केन्द्र ) ३२ सीटमा ...

परिवर्तित राजनीतिक परिदृश्यमा गठबन्धन

                  हो निश्चितरूपमा गत मंसिर ०४,२०७९ मा सम्पन्न प्रतिनिधि सभाको आवधिक निर्वाचनमा भागवण्डा गरेर चुनाव लडेका सत्तासीन गठबन्धन लाई मतदाताहरूले फेरि पनि पाँच दलिय गठबन्धनको मात्र सरकार गठन गर्न नसक्ने अवस्थामा पुर्याइ दिएका छन्। निर्वाचनको दौडान मतदाताहरूको ब्रेनवाश गर्न,तिनीहरुको निर्णयमा मनोवैज्ञानिक दबाब दिन गठबन्धनको त्रय मालिक देउवाले दुई तीन निर्वाचन सम्म,प्रचण्डले पन्ध्र बिस बर्ष सम्म र माधवले पाँच बर्षसम्म गठबन्धनलाई लैजाने ठोकुवा गरेका थिए।मतदाताहरूलाई एक्साइट गराउने अनि तिनीहरूको मतको  इमोशनल एक्सप्लाइटेशन गर्न त्रय नेताहरूले  अभिवादन ,जय नेपाल , लाल सलामको आवाज बुलन्द गर्दै गाईजात्रे प्रजातन्त्रको प्रदर्शन गरेका थिए।तैपनि तिनीहरूको मोहनीय अभिनयले मतदाताहरूको निर्णयलाई गठबन्धन अनुकूल बनाउन सकेन्। सत्तारूढ गठबन्धनको पक्षमा जनता छैनन् भन्ने तथ्य ज्ञात भएरपनि एको अहं को सोंच अर्थात् दम्भ लादने प्रवृत्ति कै कारण नसोचेको नतीजा बेहोर्न  पर्यो।प्रत्यक्ष तर्फ नेका ५७, माओवादी केन्द्र १८, एकीकृत समाजवादी १०,लोसपा ४ र...

बहुरङ्गी गठबन्धनको बहुरूपी नेता

 बहुरङ्गी गठबन्धनको बहुरूपी नेता  निश्चयत: सत्ता गठबन्धन बहुरङ्गी गठबन्धन हो।यो भिन्न दर्शन,सिद्धान्त,चिन्तन, दृष्टिकोण, शैली र आचरणको सम्मिश्रण हो।राजनीतिक विचारधारा आचरण र कार्यशैलीको दृष्टिले तिनीहरू बीच सदीऔं देखिन् पुर्न नसकिरहेको ठुलो खाडल छ।यो निश्चित सिद्धान्त नीति र बृहत् उद्देश्य रहित छ।स्वार्थ नै यसको लक्ष्य र  आधार हो। कांग्रेस नेतृत्व आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पूर्तिको एकोहोरो धुनमा छ।नेकपा माओवादी ( केन्द्र ) अध्यक्ष प्रचण्ड आफ्नो पार्टीलाई तेस्रो सकेसम्म दोस्रो ठुलो पार्टी बनाएर ऐमाले अध्यक्ष ओलीलाई टक्कर दिने ताकमा छन्।नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव सकेसम्म आफ्नो पार्टीलाई दुरूस्त बनाउने तन्मयमा छन्।राष्ट्रीय जनमोर्चा पार्टी लाई गठबन्धनको हुलमूलमा सरर्र अगाडी बढनु छ।केही पार्टीको लागि गठबन्धन मुसो खेल्ने दुलो ( लुत्त छिर्नु फुत्त निक्लनु ) जस्तै छ।कुरो मिलेन, चाहे जस्तो स्वार्थ पूर्ति नहुने भयो फुत्त निक्लियो।स्वार्थ पूर्ति हुने भयो लुत्त छिर्यो।लोसपा लुत्त,जसपा फुत्त।सर्वअवगत छ सत्ता गठबन्धनमा पाँच दल सहभागी छन् तापनि नेपाल समाजवादी पार्टी नेक...

भोटको राजनीति भर्सेस समयसापेक्ष परिवर्तन

सामान्यतया जनताको जनताद्वारा जनताकोलागि गरिने शासन नै प्रजातन्त्र हो।तर त्यो शासनमा सत्ता संचालन र ऐन नीति नियम निर्माण कार्यमा जनता प्रत्यक्ष सहभागी हुदैनन् सम्भवनै छैन्।अत:निर्वाचनको दौरान दलिय प्रतिस्पर्धा द्वारा जनता बाट निर्वाचित भई कानून निर्माण गर्ने, सरकार गठन गर्ने थलोमा पुग्ने जनप्रतिनिधिहरूको शासन नै आजको प्रजातन्त्र हो। आज जनताको राजनीतिक स्टाटस भोटको मालिकमा मात्र सीमित रहयो।शासनको मालिक रहेन्।निर्वाचित भएर संसद र सरकारमा पुगे पछी जनप्रतिनिधिहरू जनताको मालिक हुन्छन् र जनताले हरेक कामका लागि तीनिहरूको जीहजुर गर्नु पर्ने बाध्यात्मक अवस्था छ।यस्तो अवस्थाले आकाश छोइ सक्यो।जनता हेर्दा स्मार्ट तर उदासीन,लाचार, लठटिएको, आँट्न नसक्ने झोले मनस्थितिको अवस्थामा छन्।निर्वाचनको वखत मतदाता निर्णायक शक्तिकारूपमा रहन्छन्।तथापि त्यस अवस्थाको महत्व,गाम्भिर्यता,संवेदनशीलतालाई मन मस्तिष्कबाट बुझ्ने चेष्टा नगर्ने, उम्मेदवार नेताहरूको अस्वाभाविक बहुरूपी बहुरङ्गी क्षणिक आत्मीयतामा भावुक हुदै टुपीसमेत नदेखिने गरी चुर्लुम्म डुब्नु बर्षौ देखिको मतदाताहरूको कमजोरीको मूल कारण हो।मतदाताहरू नेताहरूको भ...