जेन जी आन्दोलन- एउटा अभियान
अन्तस्करण बाट नै हेक्का राख्न जरूरी छ कि जेन जी आन्दोलन विध्वंस थिएन होइन्।त्यो भ्रष्टाचार, नातावाद कृपावाद विरूद्ध सुशासनको लागि थालिएको एउटा अभियान हो।भदौ २३ को आन्दोलन जेन जी अभियानको प्रथम चरणको शान्तिपूर्ण सडक प्रदर्शन मात्र थियो। जस्लाई तत्कालीन सरकार प्रमुखको सनक र दम्भले हिंसक बनायो।जेन जी अभियान ठप्प भईसकेको छैन्।अझै जारी छ।त्यसैले देश ठप्प पार्ने , सरकार ढाल्ने उदघोष गर्नु सर्वथा राजनीतिक सनकीपन हो।यस्तो सनकले विश्राम लिनु नै पर्दछ।तर एमाले त्यो अवस्था बाट अघि बढिसकेको छ।यस्तो सनक बाट जनता मूलतः नेपाली कांग्रेस लगाएत अन्य राजनीतिक दलहरू सजग रहन जरूरी छ। एमाले माथी छोए मात्र देश ठप्प हुनु पर्दछ, सरकार ढालिने छ । अध्यक्ष ओलीको यस्तो हुङ्कार डरले अत्तालिएको भयभीत विरामी मनःस्थितिको उपज हो। किनकी एमाले लाई छुने कसैको लागि आवश्यक छैन्।तर भदौ २३ गतेको जेन जी आन्दोलनमा १९ युवाहरूको गोली हानि हत्या गर्ने तत्कालीन सरकार प्रमुख एमाले अध्यक्ष ओली लाई ढिलो चाडो हरहालतमा छुन अतिनै आवश्यक छ।तत्कालीन गृहमन्त्रीले त्यसै दिन राजीनामा दिएर नैतिक जिम्मेवारी प्रदर्शन गर्यो।छानबिन आयोग...