Posts

Showing posts from October, 2025

संघे शक्ति कलौ युगे

जेन जी आन्दोलनको मागहरू सम्बोधन गर्न, व्यवस्थापन गर्न देश अहिले political settlement को चरणमा छ।Settlement त्यति सहज छैन्।भ्रष्टाचार र nepotism को अन्त संगसंगै आन्दोलनको प्रमुख मागहरू मध्ये सुशासन मुख्यतम माग हो।सुशासन भनेको आदेशको शासन होइन्।विधीको शासन हो।प्रक्रिया पुर्याउनु पर्ने हुन्छ।निश्चय नै समय लाग्छ।तथापि जनहत्याराहरू , धुसपैठ गर्नेहरू ,भ्रष्टाचारी,तस्कर,अधिकार दुरूपयोग गर्नेहरू लाई शीघ्र कारबाही गरेको दण्डित गरेको सुन्न हेर्न जनता आतुर छन्।तसर्थ आन्दोलन बाट स्थापित यो सरकार  लाई विचलित हुने , विमुख हुने, लस्याङलुसुङ गर्ने रत्तीभर छुट छैन्।  आन्दोलनको दौरान देश लाई सरकार विहीन अवस्थामा पुर्याएर भागेका, लुकेकाहरू सार्वजनिक हुदै येनकेन जनता माझ राजनीतिमा आफ्नो space र position यथावत कायम गर्ने तरखरमा छन्। राजनीतिक दलहरू जेनजी को माग पुरा गर्नु पर्ने जिकिर गरिरहेका छन्। माओवादी केन्द्र लगाएत अन्य दलहरू सुरक्षा स्थिति मजबुत रहे फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुने बताइरहेका छन्। नेपाली कांग्रेसले निर्वाचनको साथसाथै संसद पुनर्स्थापनाको ढोका खुला राख्ने दृष्टिकोण बनाएको ...

GEN Z को ऐतिहासिक आन्दोलन

Gen Z कुनै एउटा दल, संगठन, फोरम, एनजीओ, आईएनजीओ होईन्।न त  कसैको लागि काम गर्ने बिचौलिया, दलाल, ऐजेन्ट, नै हो।जेनेरेशन केटोगरी अन्तर्गत को एउटा वर्ग हो। सन् १९९७ देखि २०१२ को बीच जन्मिएका हरू त्यस केटोगरी मा पर्दछन्।त्यो वर्गको कुनै साझा नेतृत्व पङ्क्ति छैन्।डिजीटल सोसिअल नेटवर्क नै तिनीहरूको लिडरशिप , कनेक्शन, मोटीभेशन र मोविलाइजेशनको मुख्य संयन्त्र हो।त्यो वर्ग अत्यन्त विविध एवं खुला विचारधारा भएका स्वतन्त्र, व्यवहारिक, रचनात्मक, उद्यमी, उच्च प्रवाह र अपेक्षायुक्त पुस्ता हुन्। देश कुशासन नातावाद भ्रष्टाचार बिचौलिया दलाल ठगी आदि अनेकन कुकृत्यको जालोमा जकडिएको र त्यसको विरोध मा राजनीतिक दलहरूले  पटक पटक त्यस विरूद्ध आन्दोलन गर्दा घुसपैठ र झोलेहरू प्रयोग गरी हिंसात्मक बनाउने र राजनीतिक प्रतिशोध साध्ने गरेको प्रति Gen Z पुस्ता पनि साइलेन्टली आक्रोशित थिऐ।संचार माध्यमहरूमा दिनहुँ प्रशारण हुने भ्रष्टाचार नातावाद सम्बन्धी समाचारहरू बाट अशान्त Z युवाहरू मध्ये कुनै ग्रुपले डिजीटल सामाजिक सञ्जाल बाट नेपो वेवी भन्डाफोर अभियान शुरू गरे।त्यो अभियान बाट एकाएक सनसनी फैलियो।सामाजिक सञ्जाल म...