Posts

विश्वास र आशंकाको सँघारमा दुई तिहाईको सरकार

निश्चय नै राष्ट्रिय राजनीतिको तीन मुख्य सारथीहरू ओली, देउवा र दाहालको आ-आफ्नै विचित्रता छ।त्यसैले त तिनीहरू बाट वेलाबखत विचित्र विचित्रको गतिविधिहरू प्रदर्शन हुने गर्दछ।खास गरी  २०७९ पुस १० गते देखी त्यतिखेरको प्रधानमन्त्री पी के दाहालले पाँचौ पटक विश्वासको मत लिन संसदमा मतदान हुदाको वखत २०८१ असार २८ गते सम्म ती शिर्ष नेताहरूको त्रिकोणात्मक राजनीतिक जालझेल राष्टिय  राजनीतिमा निरन्तर मञ्चन भईरह्यो।त्यो अवधि अस्थिर राजनीतिको चरमसीमा नै थियो।    त्यो अवधिभर त्री नेताहरूको ध्यान  Push & Pull को राजनीतिमा अधिक केन्द्रीत रह्यो।मूलत: ओली र देउवा  दाहाल माछो लाई आफ्नो कोक्रोमा पार्न ढोक्सो थाप्नमा व्यस्त रहे।माछो जबरजस्त रहेकोले कहिले ओलीकोमा त कहिले देउवाको कोक्रोमा पर्ने र सजिलै फुत्किने हुदा दाहालकै प्रधानमन्त्रीत्वमा ननस्टप तीन पटक सरकार बन्यो र उनी विश्वासको मतको खातिर पाँच पटक संसदको रोस्टममा उभिन पुगे।त्रय नेता परस्पर बेइमान,धोखेबाज,मूल्य चुकाउनु पर्ने, जवाफ दिईने आदी ईत्यादी भद्दा शब्दवाण प्रहार गर्ने र सांसदहरू संसदमा ठेलठाल गर्ने हुदा राजनीति अत्यन्त ...

नेताकृत राजनीति

हो निश्चय पनि राजनीतिले नेता जन्माउद छ।यो स्वाभाविक हो।तर नेताले राजनीति जन्माउनु सर्वथा अस्वाभाविक हो।प्रजातान्त्रिक शासन पद्धतिमा यस्तो हुदैन्।त्यसो हुनु भनेको संविधान ऐन जिउँदो रहेतापनि नेतृत्वले त्यस  मा टेकेर होईन् त्यस्लाई कुल्चेर शासन गर्दछन्।जस्को कुपरिणामस्वरूप सभ्य तथा सुशासनको सिद्धान्त मूल्य मान्यता संस्कार र परम्परामा विचलन पैदा हुन्छ।जताततै एक पछि अर्को केन्द्र कनेक्टेड आर्थिक अपचलन ठगी भ्रष्टाचार मौलाउदछ।कुकृत्य टुप्पो बाट पलाउ छ।टुप्पो बाट नै मलजल हुदै  तल्लोतह सम्म जरो गाडिन्छ।र भित्र भित्र जनता समाज र देश लाई चुस्दै  खोक्रो बनाई रहेको हुन्छ।अन्तत: देश र समाज यति सम्मको जर्जर र खोक्रो हुन्छ कि जरो उखेल्नु त के हल्लाउन पनि सकिदैन्। शक्ति पृथक्करण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त र त्यसको  मूल्य मान्यता र तत् सम्बन्धी संवैधानिक व्यवस्था,ऐन,नियमावली सबै भाषणमा कागजमा  मात्र सीमित रहन्छ। राजनीतिक संस्कार,नैतिकता,परम्परा,बोली व्यवहारमा अनुशासन र विश्वसनियता यी सबै शून्य अवस्थामा रहन्छ। कार्यपालिका बेलगाम सर्वत्र हाबी हुन्छ।न्यायपालिका स्वतन्त्र रह...

राजनीतिको उँधमुन्टो अवस्था

          शोषित, पिडीत जनताहरू न्याय माग्दै सडकमा, जनप्रतिनिधि सांसदहरू परस्पर संसदमै  घम्साघम्सीमा , ठगहरू फरारको अवस्थामा र आरोपितहरू नेताहरूको टाङ्मुनी ओति रहेको अवस्था छ। बालमन्दिर जग्गा काण्ड छानबिनको क्रममा जारी पक्राउ  पुर्जी राजनीतिक राप बाट लल्याकलुलुक परेको छ। राजनीतिमा ढलीमली गरिरहेका तीन दलका नेताहरू आफ्नाहरू लाई बचाउन बार्गेनिंगको अवस्थामा र जनताको प्रतिनिधित्व गरिरहेका अन्य दलहरू पर्ख र हेरको अवस्थामा छन्।  संविधान प्रदत्त वाक् स्वतन्त्रताको उपयोग गर्दा सामाजिक संजाल बाट हुने थ्रेटको कारण राष्ट्रीय कलाकार द्वयले सार्वजनिकरूपमा माफी मागेको र सहकारी ठग्ने ठुला ठगहरू मूलत: तीन ठुलो दलहरूमा आवद्ध रहेको अवस्था छ।बुढीगण्डकी हाईड्रोपावर प्रोजेक्टमा ओली, देउवा र प्रचण्डले ९ अर्ब बाँडी खाएको र त्यो पुष्टी गर्न आफु तयार रहेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक खुलासा गर्नु भएको बर्षौ बिति सक्यो तापनि हालसम्म चाइँचुइँ केहि  नभएको अवस्था छ।पहिलो पटक विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहाल लाई प्रतिपक्षको वेञ्चमा रहेर प...

ओभरडोजको राजनीति

 हुनत् सत्तापक्ष र प्रतिपक्षका नेताहरू बाट गरिने एकले अर्काको छवि मर्दन लक्षित राजनीति कुनै न कुनै रूपमा निरन्तर चल्दै आएको सर्वविदित बिषय हो।दलगत खिचातानी, आरोप प्रत्यारोप लाई खास अस्वाभाविक मानिदैन्।किनकी दल भित्र अनेक स्वभावका नेता कार्यकर्ताहरू क्रियाशिल रहन्छन्।त्यसैले दलीय मर्यादा, अनुशासन र आचरण संगसंगै नेताहरूको व्यक्तिगत सोच स्वभावको कारण कहिलेकाहीँ दलहरूको खिँचातान र आरोप प्रत्यारोप  घम्साघम्सीको असहज स्थितीमा पुग्दछ।वर्तमानमा यस्तै स्थिति पैदा भएको चालु संसदमा देखिएको घेराउ, अवरोध र ठेलमठेलको दृश्यले पुष्टी गर्दछ।  संसदीय मान्यतानुसार संसदको गतिविधि र सांसदहरूको क्रियाकलाप बिषय केन्द्रित हुनु पर्दछ।नेता केन्द्रित होईन्।तर मामलाको प्रकृति र त्यसमा संलग्नताको आधारमा नेता केन्द्रित हुनु नै पर्ने अनिवार्य अवस्था पनि आईपर्न सक्छ। सहकारी रकम अपचलन  प्रकरणको बिषय चालु संसदमा नेता केन्द्रित हुन पुग्यो।२०८१ जेठ ६ गते संसदमा बोल्दा गृहमन्त्रीले व्यक्ति केन्द्रित हुनु हुदैन् विषय केन्द्रित हुनु पर्दछ भनिरहदा रहदै वहाँ स्वयंले कांग्रेस महामन्त्री गगन माथि निरन्तर व्यक...

पार्टी स्ट्रेंथ र गठबन्धन

मुलुकको राजनीतिमा गठबन्धनको  जे जस्तो प्रभाव रहेतापनि त्यसको आधारमा गठबन्धनमा आवद्ध कुनै अमुक पार्टीको स्ट्रेंथ र हैसियत थाहा लाग्दैन्।किनकी गठबन्धनले पार्टीगत होईन सामूहिक हैसियत इङ्गित गर्दछ।दलहरू एकअर्काको बैसाखी बनेका हुन्छन्।त्यसैले गठबन्धनमा आवद्ध दलहरूको हैसियत भनेको बैसाखी जस्तै हो।गठबन्धन बाट हटेको वा हटाईएको अवस्थामा, बैसाखी छुटेको अवस्थामा लागू पदार्थ सेवन गर्न नपाउदा दुर्व्यसनीहरूमा हुने छटपटी जस्तै दलहरू छटपटीन्छन्।कँन्फिडेंस  गुमेको कन्फ्युजनको अवस्थामा पुग्दछन्।त्यो अवस्था बाट मुक्त हुन् निश्चय पनि समय लाग्दछ।तब सम्ममा धेरै खेप्नु पर्ने हुन्छ।त्यही त हो गठबन्धन को दुष्परिणाम ।नेपाली कांग्रेस अहिले त्यस्तै अवस्था बाट गुज्रिरहेको छ।चारैतिर बाट गठबन्धनको नयाँ पुराना बैसाखीहरू बाट भईरहेको आरोप घोचपेचको सामना गररिरहेको छ।गठबन्धनमा अहिले आबद्ध दलहरूको पनि भोलिको अवस्था त्यस्तै नै हुने निश्चित छ। गठबन्धन टुटेको अवस्थामा वा हटेको अवस्थामा आबद्ध दलहरूमा छटपटी त हुने नै छ।त्यसो हुनु दलहरूको हैसियत क्षीण हुनु हो।संविधान निर्दिष्ट प्रतिस्पर्धात्मक दलिय अवधारणा धरापमा पर्नु ...

युवा नेता भिडाउने द्वन्द उन्मुख राजनीति

  प्रसङ्ग् सक्षम युवा नेताहरू लाई परस्पर भिडाउने द्वन्दात्मक राजनीतिको हो।सत्तामा रहेका नरहेका सबै दलहरूमा सबल युवा नेताहरू क्रियाशील छन्।तैपनि तिनीहरूको सक्षमता, लोकप्रियता लाई लटपटाइ दिने, ओझेलमा  पारिदिने र कसै गरी पनि आफ्नो हात केही नलाग्ने भएमा प्रत्यक्ष परोक्ष आफ्नो हाँक, हैकम, वर्चस्व यथावत रहने गरि तिनीहरू लाई फ्रन्ट लाईनमा ल्याउने कुनीतिको खेलमा शिर्ष नेतृत्व लागि परेका छन्।मूलत: नेपाली कांग्रेसको महामन्त्री द्वय संग नेतृत्वले यस्तै खेल खेलिरहेको पार्टी भित्र बाहिर  सबैलाई थाहा भएको उदाङ्गो बिषय हो।  पार्टी भित्र मात्र होईन् वर्तमान राष्ट्रीय राजनीतिमा पनि तीनटिकट  महाविकट त्रय नेता देउवा, ओली र दाहालको सतरन्जी खेलको भुँवरीमा आशा गर्न योग्य, सक्षम युवा नेताहरू अल्झिएका छन् | तिनीहरू राजनीतिक अजिंगरको तनाईमा परेका छन्।विशेषत: सत्तासीन दलका जनचर्चित युवा नेताहरूलाई विपक्षी दलका बहुचर्चित युवा नेताहरू संग भिडाउने र ती सत्तापक्ष युवा नेताहरू बाट नै विपक्षी दलको खास गरी प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको  सक्दो खेदो गर्ने माहोल पैदा गर्ने राजनीतिमा सत्त...

गठबन्धन होइन संयुक्त सरकार

हामीहरू संग यस्तो प्रधानमन्त्री हुनुहन्छ जस्को बोली, शब्द छनोट र प्रयोग बेलगाम छ।वहाँ भन्नु हुन्छ " प्रतिक्रियावादीहरूले मलाई उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निक्लिन सक्छु।" आफ्नो फेवरबल नरहेको आशंकामा प्रधानमन्त्रीले गठबन्धन लाई लात  हानेर हुर्याइ दिनु भयो।भत्काइ दिनु भयो।तर दोष कांग्रेस माथी थोपर्दै छन्।निरन्तरको राजनीतिक घटनाक्रमले स्पष्ट देखाइ रहेको छ कि  देउवा ,ओली र दाहाल नेपालको राजनीतिमा तीन टिकट महा विकट जस्तै हो।एउटै नेता दाहालले एउटै पदका लागि चौध महीनामा तीन पटक संसदमा विश्वासको मत लिनु पर्ने , प्रतिपक्ष भएर पनि कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने, कहिले कांग्रेसको त कहिले ऐमालेको बुई चढेर लगातार प्रधानमन्त्री बनेका वर्तमान प्रधानमन्त्री दाहाल कांग्रेसको  बुई चढेको बखत ऐमाले विरूद्ध खनिने  र ऐमालेको बुई चढेको बेला कांग्रेस माथी खनिने।संसदमा कांग्रेसलाई थर्काउदै प्रधानमन्त्री बडबडाइ रहेका थिए " डराउछ माओवादी केन्द्र भनठान्नु भाछ ? को राजनीतिक दल कति बेला को संग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्।आफ्नो हिसाबकिताब राख्...