Posts

सुशासन समृद्धि र भ्रष्टाचार

 सुशासन, समृद्धि र भ्रष्टाचार निवारण सबैको टारगेट हो।तर वर्तमानमा  त्यो टारगेट भ्रष्टाचारी जुकाहरू बाट अवरूद्ध छ।सुशासन, समृद्धि र सबै क्षेत्रको भ्रष्टाचार नियन्त्रण संविधानमा लिपिबद्ध छ।तापनि जुन अनुपातमा सुशासन र समृद्धिको कुरो उठाइन्छ त्यो भन्दा धेरै गुना अनुपातमा भ्रष्टाचार हुने गर्दछ।भ्रष्टाचारको गति ननस्टप छ।क्षेत्र वृहत्तर छ।कनेक्शन माकुरोको जालो जस्तै छ।फेद र टुप्पो पत्ता लगाउन कठिन अनुसन्धान आवश्यक हुन्छ।तर अनुसन्धान टुप्पो सम्म पुग्दा नपुग्दै मार्ग खण्डित गराइन्छ।डाइवर्ट र ब्रेकडाउनको गेम शुरू हुन्छ।नक्कली भुटानी शरणार्थी प्रकरणको गहिराइ सम्म अनुसन्धानरत एआईजी र एसएसपी द्वयको सरूवा लगाएत उक्त प्रकरणमा आरोपितहरू लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने जिल्ला अदालत काठमाण्डूका न्यायाधीशको सरूवाले प्रकरण लाई  डाइवर्ट र ब्रेकडाउन गर्ने गेमको पुष्टि गर्दछ। भ्रष्टाचार न्यूनीकरण मात्र होईन् निर्मूलको गर्जन धेरै पटक धेरै सरकार प्रमुखहरू बाट नभएको होईन्।त्यो गर्जन निरन्तर छ तैपनि वर्तमानमा भ्रष्टाचार सङ्गठित हुदै संस्थागतको अवस्थामा पुगिसक्यो।यस्तो किन र कसरी ? सबैमा...

भ्रष्टाचारवाद

राजनीतिक आस्था, विश्वास र विचारधारामा आधारित अनेकन् वादहरू विश्वव्यापी छ।मुलुकको राजनीतिमा पनि दलहरू विभिन्न वादमा विभक्त छन्।सुशासन र समृद्धि सबैको टारगेट हो।त्यो प्राप्तिको सबैको आ-आफ्नो पृथक तरिका र प्रक्रियाहरू छन्।तथापि वर्तमानमा तिनीहरू बीच अलाइन्स छ।आ-आफ्नो स्वार्थ पूर्ति गर्ने ताकमा गठबन्धन सरकार चलाइ रहेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको पर्दाफास लगत्तै विभिन्न अवसरमा प्रधानमन्त्री पुष्प कमल दाहालले " भ्रष्टाचारीलाई कुनै पनि हालतमा छुट दिन सकिदैन्।अहिले त्यो प्रक्रिया शुरू भएको छ।यो टेलर मात्र हो।हेर्दै जानुस सिङ्गै फिलिम देखिनेवाला छ " भने संगसंगै एक क्विन्टल सुन प्रकरण, ललिता निवास जग्गा प्रकरणको गोताखोरी शैलीमा भटाभट छानविन, पक्राउ र  थुनुवाको प्रक्रिया चलिरहेको छ।" २०४६ को ऐतिहासिक जनआन्दोलन पछीको ठुल ठुला भ्रष्टाचारको काण्ड भनेर जो स्थापित छन् तिनको खोजीनिती गरिन्छ।" भन्ने प्रधानमन्त्रीको उद्घोष लाई सिद्ध गर्न भिन्न भिन्न कालखण्डमा घटित विभिन्न विषयक प्रकरणहरूको फाईल क्रमशः खोलिनु पर्दछ।छानविन, पक्राउ र  थुनुवाको प्रक्रिया दह्रो गरि अघि बढाईनु पर्...

एकला चलो रे

सत्य एक्लो, कठिन र बलिदानी हुन्छ।परिवर्तित नयाँ सोचका साथ अघि बढ्न, विद्यमान परिपाटीमा समय सापेक्ष परिवर्तन ल्याउन, सत्य न्याय र विधि स्थापित गर्न उच्च साहस, धैर्य, मजबुत आत्मवल र कुर्बानी अपरिहार्य हुन्छ।किनकी त्यस क्रममा अनर्गल, तथ्यहीन, आधारहीन, अपमानजनक मिथ्या आरोप खेप्नु पर्ने अवस्था आउन सक्छ। सत्य र न्यायको स्थापना, विधानको भावनानुरूप निरन्तर अक्षरशः पालना र मौजुद  परिपाटीमा समयानुकूल रूपान्तरण सबैको चाहना एवं प्राथमिकताको विषय हो।तथापि शीर्ष पदमा आसिन नेताको सामु घुँडो टेकुवा, परिक्रमी, लालची ,झोलेहरु  खाइपाइ आएको पद, सुविधा, समर्थन र आशीर्वाद गुम्ने डरले रूपान्तरणको बुलन्द आवाजको निर्लज्ज विरोध गर्दछन्।जसको कारण रूपान्तरणकार नेताको करियर  जोखिममा पर्ने, एकलो जस्तै हुने अवस्था पैदा हुन सक्छ। आस्था, विश्वास र भक्तिमा आधारित सत्य,न्याय,परिवर्तन र रूपान्तरणको  अभियान सुरूवातमा सदैव एकलो हुन्छ।जसो जसो परिवर्तन र रूपान्तरणको रंग र दायरा गाढा एवं फराकिलो हुदै जान्छ। तसो तसो समर्थकहरूको लर्को लाग्दै जान्छ।उपनिवेश विरूद्ध भारत स्वतन्त्रताको लागि माहात्मा गांधीले जतिपन...

स्वीकारोक्ति, आत्मालोचना र प्रतिबद्धता

सामाजिक सांस्कृतिक धार्मिक समानता, अत्यधिक आर्थिक निर्भरता र तीन तर्फ भारत बाट घेरिएको हाम्रो देश नेपाल भारतीय प्रभाव बाट कसरी मुक्त रहन सक्छ ? टिपोट गर्न जरूरी छ कि प्रभावमा पर्नु र संरक्षित, निर्देशित, संचालित हुनु फरक बिषय हो।इतिहास साक्षी छ नेपाल कहिल्यै गुलाम अर्थात् उपनिवेश रहेन्।तर विशेषत: वि.सं. २००७ मा प्रजातन्त्र स्थापना पश्चात नेपाल संरक्षित स्टाटसमा रह्यो।त्यो अवस्था क्रमशः क्षीण हुदै समाप्त भयो तापनि निर्देशित र संचालितको अवस्था वर्तमानमा पनि निरन्तर चलिरहेको छ।त्यसैले त हाम्रो राजनीति जनताको आकांक्षा अनुरूप हाम्रा नेताहरू बाट निर्देशित , संचालित छैन्। वि.सं. २००७ देखि २०१७ पूर्व सम्म संरक्षित निर्देशित र संचालितको अवस्था अप्टिमम थियो।वि.सं.२०१७ पछी खुकुलिदै गयो।२०४६ पश्चात त्यो अवस्था उतारचढाव हुदै २०६२/०६३ पछी ह्वाट्टै बढ्यो।भारतीय नेताहरूको ,दूतहरूको चलखेल खुलमखुला हुन थाल्यो ।चीनले पनि खुलेआम सिको गर्न थाल्यो।यसको अनगन्ती उदाहरणहरू छन्।विगतमा दलीय नेताहरू बिच " बेजीङमा पानी पर्दा काठमांडूमा छाता ओढ्ने र दिल्लीमा गर्मि चढ्दा काठमांडूमा छाता ओढ्ने " जस्तो व्यङ्...

ह्विप र फुकफाकमा पारित बजेट

 बजेटको अर्थ र बुझाइ साधन स्रोतको जोहो, बाँडफाँट र आयव्ययको विवरण मात्र होईन।बजेट र विकासको मापदण्ड भनेको सन्तुलन हो।कतै अभाव त कतै डम्पको अवस्था बजेटको मान्यता विपरीत हो।किनकी विकास भनेको समस्त क्षेत्रको विकास हो।त्यसैले उपलब्ध साधन र स्रोतको समानुपातिक ढंगमा सन्तुलित वितरण नै बजेटको प्रमुखता हो। बार्षिक बजेट छलफलका लागि संसदमा प्रस्तुत गर्नु वास्तवमा अपेक्षा, उत्सुकता र सकारात्मकताको अवस्था हो।यसै क्रममा सांसदहरूले  जिज्ञासा राख्नु, सुझाव प्रस्तुत गर्नु स्वभाविक हो।तर आ.व. २०८०/८१ को बजेट माथी छलफलको क्रममा प्रतिनिधि सभामा सौहार्द एवं सकारात्मकता देखिएन।प्रस्तुत बजेट अपरिपक्व,पक्षपातपूर्ण, असन्तुलित रहेको भन्दै प्रतिनिधि सभामा सत्तापक्षीय  सांसदहरू समेत बाट चर्को विरोध हुनु , संशोधन र पुनर्लेखन गरि प्रस्तुत गर्न दवाव सृजना हुनु ले बजेट लेखनमा  खोट र पूर्वाग्रह  रहेको संकेत गर्दछ।त्यसो त विगतमा जस्तै यस पालि पनि अनधिकृत व्यक्ति तथा बिचौलियाहरू बजेट लेखन कक्षमा घुसेको सन्देहात्मक हल्लाखल्ला चलेकै हो। प्रमुख प्रतिपक्ष दल लगाएत संसदमा रहेका तर सत्तासीन नभएका अन्य ...

शोषणमा परेको प्रजातन्त्र

निश्चयत: प्रजातन्त्र सर्वोत्कृष्ट शासन प्रणाली हो।सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित रहने, संविधान सर्वोपरि रहने, शोषणरहित भ्रष्टाचारमुक्त लोक कल्याणकारी राज्य समाजको स्थापना हुने, शक्ति पृथक्करण,नियन्त्रण र  सन्तुलन क्रियाशील रहने, विधिको शासन  चल्ने र जनतालाई सुशासन अनुभूत हुने लोकप्रिय शासन पद्धति प्रजातन्त्र नै हो। त्याग र बलिदानी बाट वि.सं.२००७ मा प्राप्त प्रजातन्त्र थप जनआन्दोलन र कुर्बानीको परिणाम बहुदलीय प्रतिस्पर्धात्मक संघीय प्रजातान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको अवस्थामा आइ पुगेको छ।अहिले सम्ममा प्रजातन्त्र दृढ भइसक्नु पर्नेमा यस्को विपरीत दिनानुदिन प्रदूषित हुदै, दुर्गन्धित हुदै उँधो लागि रहेको जनबुझाइ छ।अनुशासनहीनता, अख्तियार दुरूपयोग, अनियमितता,भ्रष्टाचार,बिचौलिया,माफीया जताततै फिँजिएको छ।जनतामा असन्तुष्टि र आक्रोस बढ्दो छ। समृद्धि र सुशासन भन्दै पटक पटक सत्तारोहण गरेका नेताहरू स्वार्थ र  लालचको घेराबन्दीमा पर्दै गयो।मित्र राष्ट्रहरू विशेषत: भारतले आफ्नो हित संरक्षण र पूर्तिको लागि दिने र देखाउने लोभमा नेताहरू लागि पर्ने हुदा स्वराजको लागि ...

नेपाल भारत सम्बन्ध र भ्रमण

 नेपाल भारत सम्बन्ध र अन्तर छिमेक भ्रमणको ऐतिहासिकताको बिषयमा कोही पनि अनभिज्ञ छैन।सबैमा त्यस बारे ज्ञान छ। भारतीय स्वतन्त्रता संग्रामको बखत नेपालका नेताहरू भारतीय नेताहरू संग संगै स्वतन्त्रता संघर्षमा होमिएका थिए।जेल नेल पनि खाएका थिए।हाम्रा नेताहरू प्रति स्वतन्त्रता सेनानी अर्थात् भारतीय नेताहरू कृतज्ञ थिए।तिनीहरू बीच सहयोगात्मक आत्मीय सम्बन्ध थियो। विस्तृत शान्ति समझौता भारत हुदै नेपाल प्रवेश गर्यो र गणतन्त्र भित्रिए जस्तै दिल्ली समझौता हुदै ०७ सालमा प्रजातन्त्र घोषणा भयो।बामे सर्दै गरेको शिशु प्रजातन्त्र लाई भारतले ताती गराउदै हुर्कनमा सहयोग गर्यो।दुई देश बीच स्थापित विशेष सम्बन्धको कारण नेपालको शासन, प्रशासन, वैदेशिक सम्बन्ध र नीति, सुरक्षा, आर्थिक विकास लगाएत आवश्यक सबै क्षेत्रहरूमा भारतको निर्देशन र संरक्षण हावी रह्यो।हाम्रो राजनीति भारत बाट निर्देशित र संरक्षित Guided & Protected जस्तै थियो। भारतले सुरक्षाको कारण तेर्स्याइ नेपालको घेँचा क्रमशः अँठ्याउदै गयो।सम्बन्ध चिसिने ,भ्रमण पातलिने यस्तो उतारचढाव घेरै पटक घटित भयो।तरपनि नेपालको राजनीति लगाएत सम्पूर्ण क्षेत्रहरूमा भ...