Posts

नेपाल भारत सम्बन्ध र भ्रमण

 नेपाल भारत सम्बन्ध र अन्तर छिमेक भ्रमणको ऐतिहासिकताको बिषयमा कोही पनि अनभिज्ञ छैन।सबैमा त्यस बारे ज्ञान छ। भारतीय स्वतन्त्रता संग्रामको बखत नेपालका नेताहरू भारतीय नेताहरू संग संगै स्वतन्त्रता संघर्षमा होमिएका थिए।जेल नेल पनि खाएका थिए।हाम्रा नेताहरू प्रति स्वतन्त्रता सेनानी अर्थात् भारतीय नेताहरू कृतज्ञ थिए।तिनीहरू बीच सहयोगात्मक आत्मीय सम्बन्ध थियो। विस्तृत शान्ति समझौता भारत हुदै नेपाल प्रवेश गर्यो र गणतन्त्र भित्रिए जस्तै दिल्ली समझौता हुदै ०७ सालमा प्रजातन्त्र घोषणा भयो।बामे सर्दै गरेको शिशु प्रजातन्त्र लाई भारतले ताती गराउदै हुर्कनमा सहयोग गर्यो।दुई देश बीच स्थापित विशेष सम्बन्धको कारण नेपालको शासन, प्रशासन, वैदेशिक सम्बन्ध र नीति, सुरक्षा, आर्थिक विकास लगाएत आवश्यक सबै क्षेत्रहरूमा भारतको निर्देशन र संरक्षण हावी रह्यो।हाम्रो राजनीति भारत बाट निर्देशित र संरक्षित Guided & Protected जस्तै थियो। भारतले सुरक्षाको कारण तेर्स्याइ नेपालको घेँचा क्रमशः अँठ्याउदै गयो।सम्बन्ध चिसिने ,भ्रमण पातलिने यस्तो उतारचढाव घेरै पटक घटित भयो।तरपनि नेपालको राजनीति लगाएत सम्पूर्ण क्षेत्रहरूमा भ...

अवसरको राजनीति

राजनीति अवसरको एउटा सशक्त एवं फराकिलो प्लेटफर्म हो।यस्तो प्लेटफर्म जहाँ बाट सुशासन, समृद्धि र दुर्गतिको यात्रा प्रारम्भ हुन्छ।यात्राको स्वरूप नेतृत्वको आचारविचारमा निर्भर रहन्छ।जे पनि बोल्ने र जे पनि गर्ने नेतृत्वहरू बाट हामीहरू अनवरत शासित छौ।यो त हामी जनताको नियति जस्तै भईसक्यो।जनता भन्छन् नेताहरूमा चेत आएन।तिनीहरू सचिनु पर्थ्यो तर सचिएनन्।यो त यथार्थताको एउटा पाटो मात्र हो।यथार्थताको अर्को अति नै महत्वपूर्ण पाटो त हामी जनाता नै हौ।हामी चेतेनौ।हामी सचिएनौ।किनकी सुशासन र समृद्धिको कबुलमा भ्रष्टाचार र दुर्गतिको नतीजा दिदै आएका तिनै नेताहरू लाई हामी जनताले तामदानमा बसाइ सत्तारोहण गराउदै आएको तथ्य छिपेको छैन्। सुशासन र समृद्धिको पथमा देश नचलेको निश्चय पनि होईन्।नेताहरूले पनि सो   बिषय निरन्तर उठान गर्दै आएका हुन।सरकार आउछ अनेकन विकास योजनाहरू थालनी हुन्छ।तर सरकार गयो संचालित एवं शिलान्यास गरिएका अधिकांश आयोजनाहरू बर्षौ सम्म जहाँको तही जस्ताको तस्तै अड्किन्छ भनौ अड्काइन्छ, बेवास्ता गरिन्छ।नयाँ सरकार संगसंगै नयाँ आयोजनाहरूको थालनी हुन्छ।पुराना अपुरो आयोजनाहरूको कुरो उठछ, उठाइन्छ तर महँ...

ढरियाको राजनीति

  राजनीति आफैमा आदर्श हो।संकट निवारण र मुक्तिको आशा पनि हो।यो सम्भावनाको भण्डार हो तर सीमा रहित होइन।नीति,मान्यता,नैतिकता,धर्म, अनुशासन र संस्कार यसको सीमा हो।सीमा अन्त्य हुनु अराजक एवं अराजनीतिको उदय हुनु हो।देश अँधेर हुनु, नेता चौपट हुनु हो।जनता ठगिनु, असन्तुष्ट हुनु, आक्रोशित हुनु हो।राजनीति छोड्न पनि नहुने र समाल्न पनि नसकिने भालुको कम्पट जस्तै हुनु हो।त्यसो हुनु भनेको देश देशको रूपमा नरहने, नागरिक नागरिकको हैसियतमा नरहने , नागरिक पलायन दिन दुगुना रात चौगुना बढ्दै जाने र आर्थिक, सामाजिक, प्रशासनिक लगाएत ग्रास लेभल देखि टप लेभल सम्मको सम्पूर्ण क्षेत्र लर्खरिनु हो।अफसोस हाम्रो देश, हाम्रो राजनीति र हामी आज ठीक यस्तै अवस्थामा पुगेका छौ। संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भनिए तापनि गठबन्धन एउटा बहाना हो।मिठो बिषको गठरी हो।सर्वसाधारण जनता मतदाताहरू मात्र होईनन् ने.का.को असङ्ख्ये नेता कार्यकर्ताहरू गठबन्धनको विरोधमा छन्।पार्टी भित्र विद्रोह विस्फोट होला, पार्टी टुक्रीएला भन्ने मनोवैज्ञानिक डरको कारण तिनीहरूको विरोध अव्यक्त अघोषित छ।दौरासुरूवालमा चिटिक्क परेर सत्तासीन ...

ह्रासोन्मुख प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली

 हो संविधानमा संघीय लोकतान्त्रिक गणतत्रात्मक शासन व्यवस्था,प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली र लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद स्पष्ट किटान छ।ती वाक्यहरू सरसर्ती पढ्दा प्रयेक नागरिक निश्चयपनि अत्यन्त गौरव महसुस गर्दछन्।उत्साहीत हुन्छन्।सृजनशील ढंगमा प्रस्तुत हुन उत्प्रेरित हुन्छन्।किनकी संविधानको त्यो परिकल्पनाले जनतामा आस्था विश्वास र भरोसा पैदा गर्दछ कि " मुलुकको हरेक क्षेत्रमा जनता समेटिने छन्।लोक कल्याणकारी राज्यको स्थापना हुनेछ।सत्तासीनहरू तथा दलको आडमा आफुहरू लाई श्रेष्ठ एवं विशेष दर्जाको ठान्नेहरू र भुइँ दर्जाकाहरू बीच प्रत्यक्ष परोक्ष वास्तविकरूपमा कुनै पनि मानेमा विभेद हुनेछैन्।राज्यको विभिन्न क्षेत्रमा सेवारत राष्ट्र सेवकहरूबाट पहुँचवालाहरू लाई सलूट र भुइँमान्छे लाई लोप्पाको अवस्था रहने छैन्।नेताहरू जनताले सोचेको भन्दापनि ज्यादा इमान्दार,नैतिकवान,कर्तव्यनिष्ठ,वचनमा बद्धता,     अनुशासित र मन वचन कर्मले दृढ रहनेछन्।"तर अवस्था प्रतिकूल छ।किनकी मूलत: शीर्ष नेताहरू जनताले ठानेको भन्दा अचाक्ली प्रदूषित रहेको जनभोगाइ छ। संघीयताको सवालमा संधीयताको...

त्रिकोणमा अल्झिएको राजनीति

त्रैकोणिक चरम स्वार्थपूर्ण खुराफातको कारण दुई पटक संसद विघटन र परमादेश बाट सरकार गठन संग संगै पटके गठबन्धनको कारण मुलुकमा बहुलट्ठी राजनीति को बिगुल बज्यो।त्यसको ध्वनितरङ्ग आज सम्म पनि गुञ्जी रहेको छ।अझ कहिले सम्म त्यो ध्वनितरङ्ग गुञ्जी रहने हो तुङ्गो छैन्।राजनीतिक अस्थिरताको साइरन रन्कि रहेको छ।तर शीर्ष नेताहरूको कान बाक्लिदै गएको र मस्तिष्कको धमनीहरूमा रक्तसंचार अवरूद्ध भएकोले तिनीहरू एकोहोरोपनको रोगले ग्रसित छन्।त्यसैले तिनीहरूको अवस्था अप साइड डाउन छ।शीर्षासन मुद्रामा छन्।सबकुछ उल्टापुल्टा डामाडोल छ।अर्थ जगत पनि साँगुरो पाइपलाइन बाट सकस ढङ्गमा घिसिरपिसिर चलिरहेको छ। राजनीति त सकिगो।अब बुझाउन मात्र बाँकी छ।प्रजातन्त्रको संस्थापक नेपाली कांग्रेस बाट संसदीय प्रजातन्त्रको मूल्य मान्यता र परम्परा एक पछि अर्को तोडियको छर्लङ्ग छ। परम्परा र मौलिकता भत्काएर नयाँ संस्कृतिको कीर्तिमान स्थापित गरेको शीर्ष नेताहरू बाट बोक्रे दावी हुने गरेको छ।हुनत प्रजातन्त्रवादीहरू सर्वाधिकारवादीको चङ्गुलमा परेसी यस्तै हालत हुने त हो नि। संसद विघटन पश्चात राजनीतिक वृत्तमा सृजित व्यापक उथल-पुथल जनताले देख्दै भोग...

शक्ति सन्तुलन र स्थिरताको अस्थिर राजनीति

अनौठो छ वर्तमानको राजनीतिक खिचखिचको अवस्था।एउटा मान्छेको कारण देशमा जहानियाँ राणा शासन चल्यो।एउटा मान्छे कै कारण निर्विकल्प निर्दलीय शासन चल्यो।जनताको कारण बहुदलीय व्यवस्था हुदै संघीय प्रजातान्त्रिक गणतन्त्रको अवस्था सम्म आई पुग्यौं।फेरी पनि एउटा मान्छे कारक रहेको इतिहास दोहोरिने क्रम सृजना हुदैछ।पौष १० गते पश्चात एउटा मान्छेको कारण शक्ति सन्तुलन,स्थिरता र राष्ट्रीय सहमतिको नाममा मुलुकको राजनीति दिनानुदिन अस्थिरतामा जकडिदै  छ।निरन्तर फोगटको राजनीतिक भेटघाट र छलफलले राजनीति अस्थिरताको खाडल तर्फ घचेटिदै छ। राष्ट्रपति ऐमालेको हुने सम्बन्धमा पौष १० गते शिर्ष नेता द्वय ओली र प्रचण्ड बीच भएको भद्र सहमतिको कुरो ऐमाले ले वारवार उठाइ रहेको छ।यदि त्यो बनावटी हो भने दाहालले प्रत्यक्ष कडा खण्डन गर्नु पर्थ्यो।नङ्ग्याउनु पर्थ्यो।उल्टो राष्ट्रपतिको निर्वाचनको लागि राष्ट्रीय सहमति तेर्स्याइ रहेका छन्।विश्वासको मतको चमत्कारी खेल पश्चात बालुवाटार पुगेर पौष १० गतेको खेलखालको आत्मालोचना गर्दै राष्ट्रपतिको लागि नेपाली कांग्रेस प्रचण्डसंग राजनीतिक भलाकुसारी गरेको समाचार छापछाप्ती छ।संसदमा सबै भन्दा ठुलो...

राष्ट्रिय सहमतिको स्वप्निल राजनीति

 मुलुकको राजनीतिमा सत्तापक्ष मूलतः प्रधानमन्त्री प्रचण्ड र विश्वासको मत सहितको प्रमुख विपक्षी दल नेपाली कांग्रेस मूलतः देउवाले जे जस्तो राजनीतिक कर्म गर्दैछन् त्यो देश र जनताको लागि होइन् त्यो त भत्किएको भत्काइएको गठबन्धनको तोड मात्र हो। सरकार प्रमुख आफु हुने प्रचण्डको अडानलाई अन्तिम समयसम्म कांग्रेसले अनिर्णीत राखेर धुकचुकको अवस्थामा पुर्याएको मानसिक चोट प्रचण्डले भुल्ने त कुरो भएन्।अत: राष्ट्रिय सहमतिको राजनीतिक छद्म प्रयोगमा ल्याईयो।राष्ट्रपतिको पत्ता फालेर विश्वासको मत पाउन प्रचण्ड देउवा भेटन पुगे।प्रचण्डको तापले देउवालाई गलायो।फलतः प्रमुख विपक्षी दलको स्वरूपमा थोरै परिवर्तन गरेर एउटा सिङ धारण गर्दै नयाँ रूपमा कांग्रेस प्रस्तुत भयो।अनि देउवा लगाएत शिर्ष नेताहरू भटयाउन थाले [ विश्वासको मत दिन्छौ तर सरकारमा जादैनौं, विपक्षमा बस्छौं ]।सरकारमा नजाने वचनबद्धता बाट कांग्रेसलाई चुकाउन राष्ट्रपति पद कांग्रेसलाई संकेत गर्दै राष्ट्रिय सहमतिको रणनीतिक गोटी चालमा प्रचण्ड हिजोआज  व्यस्त छन्।त्यसै गरि अर्को एउटा सिङ थप्दै राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णयमा कांग्रेस पुग्यो।कांग्रेस...