Posts

Showing posts from August, 2025

नेपालको भूराजनीति

तीन तिर भारत र उत्तरमा चीनसंग सीमा जोडिएको हाम्रो देश नेपालको भूराजनीति अत्यन्त डेलिकेट छ।क्षत्रिय एवं विश्व राजनीतिमा सामरिक दृष्टिले हाम्रो स्थलाकृति को महत्व अद्वितीय छ।त्यस प्रति सबैको चासो पनि छ।हाम्रो अवस्थिति दुई ढुङ्गा बीचको तरूल जस्तै छ।अत्यन्त नाजुक छ।संवेदनशील छ।त्यसैले भारत र चीन संग सम्बन्धको दौरान हामीले आफ्नो हैसियतको निकै समझ राख्नु पर्दछ। गुमाउनु हुदैन्। ठुलो आकार, थुप्रै जनसंख्या , सैन्यबल  र सम्पन्नताले मात्र हैसियतको निर्धारण गर्दैन्।हैसियत भनेको पहिचान हो । स्वाभिमान हो।सन् १८१४ अक्टोबर ३१ देखि नोभेम्वर ३० सम्म ६०० सैन्यवलको साथ लिएर ब्रिटिस ईष्ट इन्डिया कम्पनीको  ५००० सैन्यबल संग बलभद्र कूँवरले  एक महिना लामो नालापानी युद्ध लडेका थिए।प्रत्यक्ष लडाइ असफल भएपछी अन्ततः ब्रिटिस सेनाले किल्लाको पानी मुहान बन्द गरिदियो।तरपनि बलभद्रले आत्मसमर्पण गरेनन्।यही हो हामी नेपालीको हैसियत पहिचान र स्वाभिमान ।अन्ततः बाँकी बचेका ७० जना सेना साथ लिएर किल्ला बाट बाहिरिए।देशको लागि आफ्नो लडाइ लडे्। स्थलाकृतिको कारण भारत र चीन संगको हाम्रो सम्बन्धको स्वरूप फरक छ।हुनत् विज...