राजनीति वा प्रतिशोध
प्रजातन्त्रमा प्रतिस्पर्धा अवश्य हुन्छ तर प्रतिशोधको लागि कुनै वैध स्पेश हुदैन्।शकुनि चरित्र रहित प्रतिस्पर्धा बाट प्रजातन्त्र सबल हुन्छ ।सुशासन कायम हुन्छ ।देश समृद्ध र जनता सुखी हुन्छन् ।त्यो हो राजनीति । सर्वसत्तावादमा प्रतिशोध हुन्छ।एक दलीय पद्धतिमा मात्र एकाधिकार हुदैन् ।प्रजातन्त्रमा पनि एकाधिपत्य हुन्छ ।त्यो भनेको बहुमत प्राप्त दलको अतिचार हो ।बहुमतको अतिचार दलीय पद्धतिको अत्यन्त खराब पक्ष हो ।प्रजातन्त्र माथीको दलीय कब्जा हो । प्रजातन्त्रको विकृत पराकाष्ठा भनेको त्यही नै हो।
एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भए पश्चात ३२ सीटको जादुई संख्या भन्दै उत्पात मच्चाइ रहेको पुष्प कमलको बाँदरे राजनीति बाट राष्ट्रीय राजनीति मुक्त त भयो।तर आज प्रतिशोधको राजनीति बाट मुलुक आक्रान्त छ।आरोपित जो सुकै भएता पनि अपराध अनुसारको कारबाही र सजाय हुनु नै पर्दछ।कुनै पनि अर्थमा कम्प्रोमाईज गर्नु हुदैन्।शक्ति, सत्ता साझेदार र समर्थकको आडमा काखी च्याप्नु आत्मघाती हुनेछ।प्रमुख प्रतिपक्ष लगाएत अन्य प्रतिपक्ष दलहरूले संसद र सडक बाट प्रतिशोधको विरोध गरिनै रहेका छन्।तैपनि बहुमतको दम्भमा सत्तासीन दलका नेताहरू अडिग छन्।हुनत् प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र सत्तासीन मूलतः दुई दलको गोडामा उत्तानो परिसकेको, विरोधको स्वर पातलीएको अवस्था छ।
गालीगलौज ,अमर्यादित गतिछाडा बोली र संस्कारहीन व्यवहारको माहोल बढ्दो छ।यस्तो माहोल कहाँ बाट कसरी आयो होला।हाम्रा सत्तासीन नेताहरू र प्रमुख प्रतिपक्ष दलका नेताले वेला वेलामा ठाउँ ठाउँमा दिएका अभिव्यक्तिहरू सरसर्ती दोहोर्याइ हेर्यौ सुन्यौ भने छर्लङ्ग हुन्छ।गुरू त ति नेताहरू नै रहेछन्।सत्ता र शक्तिको मातमा माथि बाट विकृति शुरू भयो भने त्यो तल्लो तह सम्म जनता सम्म पुग्दछ।जनताले सिको गर्दछन् र सम्हाल्न कठिन हुन्छ।भएको त्यही नै हो।त्यसको जिम्मा ति शिर्ष नेताहरूले लिनु पर्दछ।अचेल झोले शब्दको निकै चर्चा छ।प्रधानमन्त्री ओलीले मार्केटिङ गर्नु भएको झोले शब्दको भिडियोले निकै मार्केट पाईरहेको छ।
प्रतिपक्ष दलका आरोपित तथा टारगेटेड नेताहरू विरूद्ध आरोप माथी आरोप थप्दै जानु ,पुर्पक्षको लागि सकेसम्म थुनामै राख्नु , भएभरको कानूनको बोझले थिचि दिनु ताकि उठन् नसकोस र पुन: राजनीतिमा सक्रिय हुन नसकोस् । यस्तो हरकत लाई राजनीतिक प्रतिशोधात्मक पाखण्ड कहिन्छ। पाखण्डको राजनीतिमा ब्रेक लगाइनु पर्दछ।प्रतिपक्ष दलका सांसदहरू संसदमा उठे्र फ्लोरमा बसेर उच्च स्वरमा बिरोध गरिरहदा पनि संसदीय मर्यादा मान्यता विपरीत बैठक संचालन गर्नु सर्वसत्तावादी जोताई हो।सर्वसत्तावादी जोताईको कुपरिणाम को ज्ञान सत्तासीनहरूमा छ ।किनकी तिनीहरूमा पर्याप्त अक्कल छ ।अनुभव पनि छ।तर तिनीहरू निक्खरा छैनन् । तिनीहरू दागी छन्।त्यसैले मन भित्र डर छ।प्रतिपक्ष दलहरूको विरोधको सशक्त आवाज लाई सहन र पूर्ण नैतिकता तथा इमान्दारी साथ सामना गर्न सकिरहेका छैनन्।हिन्दी भाषामा एउटा मुहावरा छ " मरता क्या न करता "। सरकारको स्थिति त्यस्तै छ।त्यस्तो अवस्थामा बाच्नका लागि जे पनि गर्दछन्।याद रहोस् जे पनि गर्नु प्रजातन्त्रको बर्खिलाप हो।
🙏🙏
ReplyDeleteगज्जब।
ReplyDelete