पार्टी एकीकरण
पार्टी एकीकरण
प्रकाशित:- पौष १३,२०७४ ( Dec. 28, 2017 )
स्थानिय तह, प्रतिनिधिसभा र प्रदेशसभा को निर्वाचन ताका तालमेल र गठबन्धनले नेपाली राजनीतिलाई निकै ततायो ।त्यस्मा पनि पार्टी एकीकरणको कुराले त झन तरंग पैदा गर्यो ।तीन ठुला दलहरू एक्ला एक्लै निर्वाचन लड्न र जित हात पार्न नसक्ने भएकै कारणले तालमेल र गठबन्धन गर्नुनै पर्ने वाध्य भएर हो वा तिन दलहरू मध्यको एउटा दलको रणनीतिको रूपमा राजनीतिमा तालमेल र गठबन्धन भित्र्याइएको हो।यस्तो कुरा उठाउनु पर्ने र सोच्नु पर्ने आवश्यकता छ।
तिन ठुला दलहरू मध्ये को एउटा दल नेकपा माओवादी(केन्द्र )को तिनवटै निर्वाचन अघि र पछिको अवस्था र उचाईमा निकै फरक देखिएको छ।राष्ट्रिय राजनीतिमा त्यो दलको स्थिति क्रमश: पातलीदैं गएको सबैको वुझाईमा रहेकै तथ्य हो।आफ्नो स्थिती सुदृढ़ गरि राष्ट्रीय राजनीतिमा आफ्नो प्रभाव यथावत कायम गर्न लागी परेकै हो।
आफ्नो नेतृत्वमा कांग्रेस संग सत्ता साझेदारी, कांग्रेसको नेतृत्वमा सत्ता साझेदारीको निरन्तरता, स्थानिय तहको निर्वाचन मा केही निर्वाचन क्षेत्रहरूमा मात्र तालमेल, मतपत्र च्यातेर भएपनि (कांग्रेस को मौनता ) कांग्रेस लाई राजनीतिक घोडा बनाई सवार भएर आफ्नो राजनितिक स्थिती केही हद सम्म सुदृढ़ गर्न नेकपा माओवादी(केन्द्र ) सफल भएकै हो।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मा माओवादीको रणनीति ले U TURN लियो।एकाएक ऐमाले संग गठवन्धन गरी आफ्नो स्थिति लाई अझवढी सुदृढ गरी उचाईमा पुर्याउन माओवादी झनै सफल रहयो।यो दल ले कांग्रेस संग लियो। एमाले बाट पनि सक्दो लियो।
कांग्रेस सधैं एमाले विरूद्ध लागि पर्ने र एमाले पनि वार्है महीना कांग्रेस विरूद्ध हान्निने अनि माओवादी वीचमा बसेर दुवै बाट लिने।यस्तो देखियो मुलुक को राजनीतिमा।हाम्रो तराई गांउधर मा ठट्यौली पारा मा एउटा भनाई छ नि “ लड्डू लडे चिनी झरे “।
एमाले आफैमा सशक्त छ।स्थानिय निर्वाचन ले स्पष्ट पारी सकेको छ।प्रतिनिधि सभा र प्रदेश सभा को निर्वाचन ले त झनै प्रस्ट पारेको छ एमाले को लोकप्रियता र सशक्तता।गठबन्धन माओवादी को आवश्यकता हो तर एमाले को आवश्यकता नहुनु पर्ने हो।
पार्टी एकीकरणको ऐजेन्डाले कम्युनिस्टहरू को टूटने, जुटने अनि फुटने स्वभाव बाट दिक़्क़ भएर निष्क्रिय रहेका विशुद्ध कम्युनिस्टहरूमा पनि एकाएक राजनीतिक रक्त संचार तिब्र हुन थाल्यो ।
मुलुकमा कम्युनिस्टहरूको बाहुल्य भएर उनीहरूकै पकडमा राज्यसत्ता संचालन हुने भएतापनि आखिरमा मुलुकमा आउन सक्ने कम्युनिस्टहरू को शासन मोडालिटी भनेकै “ प्रजातान्त्र्ीक साम्यवाद “ त हो नि।यस्तो मोडालिटीको शासन पद्ध ति को पनि अभ्यास भएमा राज्य र जनता को सम्मृद्धी र स्थायित्वमा जनअपेक्षित प्रगती हुन पनि सक्दछ्।त्य्सकारण ले पनि तटस्थ मतदाताहरू लगाएतअन्य दलका असन्तुषट र आक्रोशित मतदाताहरू सबै को मत गठबन्धन को मतपेटीमा खस्यो परिणाम आम जनता सामु छर्लङग छ।
अब बॉकी रह्यो गठबन्धन को चुरो अर्थात पार्टी एकिकरण। गठबन्धन का शिर्ष नेताद्वय प्रधानमन्त्र्ी भईसक्नु भएको , पार्टी अध्यक्ष त हुनुनै हुन्छ अब रह्यो एकिकरण पछि को पहिलो पार्टी अध्यक्ष र प्रथम प्रधानमंत्री ।पहिलो अध्यक्ष र प्रथम प्रधानमन्त्री को सोंच भन्दा माथी उठेर एकिकरण लाई मुर्त रूप दिन अगाडी बढन पनि सक्दछ।तरपनि एकिकरणको लागी दुबै दलले निकै लामों राजनीतिक छलाङग लगाउनु पर्ने नै हुन्छ। त्यो छलाङ्ग सम्भव छ वा छैन भोलिको राजनीति ले देखाउने नै छ।
—————————-एम बी सिंह
Comments
Post a Comment